Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ११, २०८२ Wed, Mar 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'बाई' गर्दै बस चढे थानकोटमा थुनिएका श्रमिक, परेन पीडादायी पैदल यात्रा

दुर्गा दुलाल/लिलु डुम्रे शनिबार, वैशाख ६, २०७७  २२:४४
1140x725

काठमाडौं- लकडाउन खुल्ला र घर जाऔंला भनेर २५औं दिनसम्म काठमाडौंमा थुनिएका श्रमिकले अन्तिममा अप्रिय निर्णय लिए- राणाकालमा बाजेबराजुले जस्तो हिँडेरै भए पनि गाउँ फर्कने। लकडाउन थप लम्बिने बुझेका उनीहरूका लागि यो निर्णय लिन बाध्यता थियो। खानेकुरा किन्ने सहज अवस्था थिएन, फेरि किन्ने पैसा पनि कहाँ थियो र?

शनिबार बिहान सबेरै यिनै मजदुरको एक हुल सडक नाप्न निस्कियो। काठमाडौंको लकडाउनमा अलपत्र परेका उनीहरु ९ सय किलोमिटरसम्मको पैदल यात्रामा निस्किएका बालबालिका, युवायुवती र गर्भवती पनि थिए। बिहानै घरमा निस्किएका उनीहरुले सोचेको त्यति लामो यात्रामा निर्बाध हिँड्न पाइएला भन्ने सोचेका थिएनन्। जहाँ जे आउँछ त्यही व्यहोरौंला। पुलिसका डन्डा खाऔंला। खुट्टामा ठेला उठाऔंला। पिल्स्याऔंला। जे जसरी भए पनि घरजाने। 

आकाश समानको गन्तव्य नाप्ने सानो हिम्मतले उनीहरुले जुटाएका थिएनन्। सुन्दै कहालीलाग्दो गन्तव्य पैदल यात्रामा जहान छोराछोरी बोकेर नाप्नैपर्ने बाध्यता थियो। गतव्य नाप्ने हिम्मत गर्नेमा धादिङदेखि जोजरकोट र पूर्वदेखि पश्चिमी नेपालको सीमासम्मका थिए होलान्। दाङ र रोल्पाका थुप्रै मजदुर त्यसरी हिँड्दै घर जान बाध्य थिए। तराई  मधेशको बारा पर्सा पुग्ने पनि थिए। 

दैनिक मजदुरी गरी घर सुखीसँग चलाउने सपना बोकेर सहर पसेका उनीहरुको सपना २५ दिनसम्म कोठामै थुनियो। सबै इच्छा मरिसकेका थिए। आस थियो त ज्युँदो शरीर गाउँ पुर्‍याउने। तर जान उनीहरुले पाएका थिएनन्। सरकारले बाधा गरिरहेको थियो लकडाउन लगाएकै लगाएकै गरेर। लकडाउन आफूहरूकै सुरक्षाका लागि भएपनि बाँच्नकै लागि गरिएको एउटा संघर्ष थियो सयौं माइलको पैदल यात्रा। 

सरकारले एक्कासी लकडाउन घोषणा गरेपछि कयौं मजदुरले जसोतजो दैनिक गुजारा चलाए। तर अब नचल्ने र कति समयसम्म यस्तो हुने हो भन्ने एकिन नभएपछि मुटुमाथि ढुंगा राखी उनीहरुले फर्कने हिम्मत जुटाएका थिए। यसरी घर जाने हतारमा उनीहरुको खुशी धेरै समय टिकेन। जब उनीहरु थानकोट पुगे प्रहरीले उनीहरुलाई त्यहाँबाट जान दिएन। 

प्रहरीले जान नदिएपछि उनीहरु झन् अलपत्र भएका थिए। न खाने ठाउँ, न त बस्ने ठाउँ नै। प्रहरीले जान नदिदाँ झन् अलपत्र हुने त्रासले उनीहरु रन्थनिएका थिए। उनीहरुको यो अवस्थामा साथ दिन जोडिन पुगे चन्द्रागिरि नगरपालिकाका स्वयंसेवी युवाहरु। युवाहरुको नेतृत्व लिन आइपुगिन नेकपाकी सांसद अन्जना विशंखे। 

विशंखेले पैदल हिडेका यात्रुलाई खाना खुवाउनेदेखि खाजा र औषधी गर्नेसम्मको कार्यका लागि स्वयमसेवी युवालाई साथ दिइन्। चन्द्रागीरी नगरपालिकाले हेल्थ डेस्क सञ्चालन गर्‍यो। 

Ncell 2
Ncell 2

सरकारले हिजोमात्र लकडाउनमा जाने मानिसलाई सकभर रोक्ने रणनीति लिएको थियो। सरकारले यस्तो निर्णय गर्नुभन्दा केही घन्टाअघि सिंहदरबार आडैको सर्वोच्च अदालतले गाउँ फर्कन चाहेन व्यक्तिलाई निशुल्क लैजाने व्यवस्था गर्नु भन्ने आदेश गरेको थियो। यी दुई थरी आदेशको खासै वास्ता पनि थिएन मजदुरलाई। सरकारले आफूहरूको दुखमा कहिल्यै साथ नदिने र गर्न लागेको काममा खाली अवरोध गर्ने मात्र बुझेका उनीहरूले त्यसलाई चासो दिएर केही हुने ठानेनन्।

थानकोटमै रोकिएपछि दिनभर निराश मजदुरूको एउटै मात्र माग थियो- हामीलाई गाउँ लगिदिनुस्। त्यहाँ हामी सरकारले तोकेकै ठाउँमा तोकेको अवधिभर बस्न तयार छौं। उनीहरुको यस्तो आवाजपछि सांसद विशंखे र स्वयमसेवी युवाले खुवाउनेसँगै उनीहरुलाई गाउँ पठाउने उपायको खोजीमा लागे। मजदुरको जिल्ला र सम्बन्धित स्थानीय तहसँग कुराकानी गरे। उक्त स्थानीय तह र जिल्लामा क्वारेनरटाइन भए नभएको नागरिक जिम्मा लिनेबारे कुरा गरे। उनीहरुले जानका लागि चन्द्रागिरी यातायातलगायत अन्य गरी १० वटा गाडी खोजे। मध्य रात शुरु हुनु अघि राती आठ बजेतिर विभिन्न जिल्लाका ३ सय मजदुर थानकोटबाट गाउँ पठाउन सफल भए। 

थानकोटका डिएसपी घनश्याम श्रेष्ठले श्रमिकहरुले घर पुग्नै ढिपी गरेपछि यातायातको व्यवस्थासहित प्रस्थान गराइएको बताए।  दिनभर अब घर पुग्ने कहिले हो भनेर निराश भएका उनीहरुको खुशी १२ घन्टामै फर्कियो। साना नानीहरु गाडीबाट काठमाडौलाई बाई बाई गरिरहेका थिए। दुख गरेर परिवारका लागि केही सुख दिउँ कि भनेर छिरेको सहरबाट यसरी बाहिरिन पर्दा पनि उनीहरुको मुहारमा हाँसो थियो। 

दिनभर पार्कमा थुनिएपनि साँझ घर जान पाउने भएपछि एक यात्रुले आफ्नो खुशी यसरी साटे, ‘गाउँ पुगे अब आफ्नै बारीको ढिँढो खान पाइन्छ।’ सहरप्रति उनको वितृष्णा त नभनौ तर सहरका सरकारप्रति उनी खुशी थिएनन्। गाउँ जाने खुशी उनी एकै श्वासमा  देखाउँदै यो शव्द भनिरहेका थिए। ‘निकै खुशी लागेको छ,’ उनको टोलीमा बारा र पर्साका १५ जना मानिस थिए। 

यसरी साथीहरु हिँडेपछि शनिबार बिहानदेखि आफखुसी बाटो तय गर्न बर्जित भएपनि तयार भएको एक टोली थियो नेपालगञ्जका मजदुरहरुको। शनिबार बिहानै झिसमिसेमा उनीहरु थानकोट नाका पार गर्ने लक्ष्य राखेर चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन पार्क हुँदै पैदलयात्रा गर्दै थिए। सुरक्षाकर्मीले रोके। त्रिभुवन पार्कमा प्रवेश गराए। नेपालगन्ज जाने उक्त टोलीमा छ जना थिए। पैदलयात्रा गरि घर पाइला बढाउनेहरुको संख्या क्रमशः बढ्दै गयो। अपरान्हसम्म तीनसयभन्दा बढी श्रमिक त्रिभुवन पार्कमा  जम्मा भइसकेका थिए।

त्रिभुवन पार्कमा श्रमिकहरु एकत्रित गराउनुको आधार थियो,प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार साँझको निर्देशन। प्रधानमन्त्रीले शहर छोड्न पैदलयात्रीलाई काठमाडौंमा रोक्न निर्देशन दिएका थिए। 

अर्को टोली थियो सतुङ्गलमा इट्टाभट्टामा काम गर्ने मजदुरको। दाङ, बारा, पर्सा र अन्य जिल्लाका उनीहरु काम लकडाउनको २५ दिनसम्म काठमाडौं बसेका थिए। तर आफूसँग भएको पैसा सकियो। साउँ पनि हराएपछि उनीहरु बाध्य भएर परिवारसहित झिटीगुन्टा बोकेर गाउँ फर्कन लागेका थिए। 

दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई निरन्तरको लकडाउनले हात मुख जोड्न नसक्ने अवस्था आएपछि लामो यात्रा तय गर्ने निधो गरेका थिए। बालबालिका, वृद्ध, महिला हिँडेरै घर जानका लागेका थिए। नेपालगन्जका जाने तयारीले निस्केको २७ जनाको टोली मध्येका एकले भने, ‘इट्टा भट्टामा काम छैन। खाना साहुले दिए,पैसा लिन्छ।पैसा काम नभएपछि पैसा कसरी दिनु।’ उक्त समूहमा बच्चा मात्रै आठ जना थिए। 

काभ्रे, सिन्धुपाल्चोकदेखि कर्णाली प्रदेशका जिल्लामा पुग्ने गरी श्रमिकहरु अघि बढेका थिए। प्रशासनले जाने व्यवस्था नगरिदिए हिँडेरै पुग्ने उनीहरुको लक्ष्य थियो। तर उनीहरु भाग्यले बसमा यात्रा गर्न पाएका छन्। इट्टाभट्टाबाट निस्किएका अर्को समूहमा दाङका टेक बहादुर गिरी पनि भेटिए। उनी ज्यामी काम गर्न काठमाडौं आएका थिए। तर अब शहरको रहर उनलाई पुगिसकेको छ। आफ्नै गाउँघरमा दुख गरेर खाने लक्ष्य राखेर उनी हिडेरै भएपनि पुग्ने लक्ष्य बोकेर बिहान निस्केका थिए। ‘हामीलाई पठाउने व्यवस्था गरिदिए हुन्छ भन्ने एक मात्र आवाज थियो गिरीको। साँझसम्ममा उनका लागि व्यवस्था पनि भयो। 

दिउँसो नेपाल लाइभको टोली त्रिभूवन पार्कमा मजदुरहरूको अवस्थाबारे जानकारी लिन पुगेको थियो। मैदानमा नै भेटिइन् सांसद् अञ्जना विशंखे। ‘यथास्थानमा नबसेर निस्किएर गल्ति गरेपछि लुरुलुरु जान दिनु त भएन नि,’ मजदुरहरुको व्यवस्थापन गरिरहेकी विशंखेले भनेकी थिइन्। 'प्रवेश गराउन अघि हेल्प डेस्कले नाम टिपाउने व्यवस्था गरिएको छ। सबैको नाम सहित सम्पर्क नम्बरको समेत दर्ता गरिएको छ। टहरोको  क्षमता हेरि बस्न मिल्ने गरि एक समूहलाई एक टहरोको व्यवस्था गरिएको छ। टहरोलाई पालले बेरिएको छ। पिकनिक स्पटका लागि तयार भएका टहरोलाई नै आश्रय स्थल बनाइएको छ।' 

बढी समस्यामा परेकालाई केन्द्रीय र स्थानीय सरकारको समन्वयमा घर पठाउने पहल बिहानैबाट सुरु भएको हो। त्रिभुवन पार्कमा पुगेपछि घर जान पाइने आशाले थेग्नै नसकिने संख्या हुने डर पनि व्यवस्थापकहरुलाई छ। जिल्लामा क्वारेन्टाइन व्यवस्था भए मात्रै पठाउने विशंखेले बताइन्। १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने गरी केहीलाई पठाउन पठाइएको उनले साँझमा बताइन्। शनिबारदेखि सुरु भएको कार्य विरोध हुन अघि किन नगरिएको प्रतिउत्तरमा विशखें भन्छिन्, ‘जतिबेला हाम्रो क्षमताले भ्यायौं। बुद्धिले भ्यायौं। त्यतिबेला नै सुरुवात गरिएको हो।’

घरमा गएर पनि क्वारेन्टाइन बस्नुपर्ने भए किन जानु भनी त्रिभुवन पार्कबाट आफ्नै कोठामा फर्केनेसमेत छन्। बारा जान लागेको ६ जनाको टोली पुनः सिनामंगल फर्किएको छ। टेलरमा काम गर्ने मजदुर टोलीमध्येका एकले भने, ‘क्वारेन्टाइनमा बस्नैपर्ने भए किन घर जानु? डेरामै बसे भयो।’

तर सबै जिल्लाका मजदुरलाई घर पठाइएको छैन। सबैले जान पाउँदैनन्। स्थानीय तहमा क्वारेन्टाइन राख्ने सुविधका भएका ठाउँका मजदुर मात्र बसबाट गएका हुन्। धेरैजना अझै पनि त्रिभूवन पार्कमा नै छन्। खाना पकाउन र खुवाउनैका लागि आधा दर्जन युवा खटिएका छन्। युवाहरुको समन्वय नेकपा निकट भ्रातृ संस्था युवा संघले गरेको छ। कतिपय बेखर्ची श्रमिकहरु समेत छन्। सुर्खेतबाट आएको छ जनाको टोली कामका लागि काठमाडौं आएको तेश्रो दिनबाट नै लकडाउन सुरु भएको पिडा सुनाए। 

पेट भर्न नपाएका मजदुरलाई सरसफाई, भौतिक दुरी, मास्कको चिन्ता छैन। घर पुग्ने उत्कट चाहना बोकेका उनीहरुलाई कोरोनाको कहर भन्दा पेटकै कहर ठूलो छ। 

लामो दुरी पार गर्न बाबु आमासँगै निस्किएका बालबच्चाहरु भने त्रिभुवन पार्कको स्केटिङमा रमाएका देखिन्थे दिउँसोतिर।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  २२:४४
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार, चैत ११, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने मंगलबार, चैत १०, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्