• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बालुवाटारको सिंहासनमा मनमगन 'श्री ३'

64x64
तीर्थराज निराैला शुक्रबार, वैशाख ५, २०७७  १२:५२
1140x725

हाम्रो जीबा भन्नुहुन्थ्यो- उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे। लाग्नासाथ घरबेटीले थरीलाई पुकारेछ। थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछिन्- 'भोलि उहाँ आउनेबित्तिकै म भनिदिउँला।'  भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिसचौकीमा पुगेछन्। तर चौकीका हवलदार छुट्टी लिएर हिँडिसकेछन्। घरतिर सिपाहीले सोही बेहोरा बताई भोलि आउने आदेश दियो। भोलिपल्ट चौकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो। ठानाले गोस्वारालाई, गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तातो बिन्ती चढ्यो फलाना ठाउँमा आगो लाग्यो भन्दै । तेह्रओटी नानीसँग जिस्किरहेका श्री ३ ज्यूबाट 'लौ भोलि सम्झाउनू' भन्ने हुकुम भयो। भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ति बिसायो- 'सरकार फलाना ठाउँमा आगोले सिद्धयाएछ।'  काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो- 'लौ भोलि नै निभाउन लगाइदिनू।'

यो भैरव अर्यालको 'जय भोलि' निबन्धको एक अंश हो। सत्ताको भोलिवाद उजागर गर्न उनले सहारा लिएको एक प्रसंग।

राणाकालको अवस्था झल्काउन उनले कथेको प्रसंग गणतन्त्रकालमा पनि उस्तै नै छ। त्यसबेलाका श्री ३ ले आगो निभेपछि निभाउन आदेश दिएका थिए। संवैधानिक अधिकार पाएका, जनताले आफैं भोट हालेर जिताएका, सिंहासनमा विराजमान सर्वहाराका नेता सुनेको नसुन्यै गरिरहेका छन्। 

गणतन्त्रकालका 'श्री ३'ले न मेडिकल सामाग्री खरिदमा भएको भ्रष्टचारा देखे, न लकडाउनको मारमा भोकै मरिने भएपछि भोक मेट्ने लालसाले पैदलै गाउँ फर्किरहेका राजमार्गका ताँती नै देखेका छन्। गणतन्त्रकालका श्री ३ का मुखारी पनि मौन छन्। श्री ३ लकडाउन भनेको मन लागेको ठाउँमा हिड्ने सुविधा हो? घरमा बस्ने दूधभात खाने भन्दै रिसाइ बक्सेला भन्ने ठूलो भय छ।

शासकहरु भने यही बेला विरोध कम हुने भएकाले तानाशाह बन्न उद्यत भएको उनको धारणा छ। उनको धारणा यहाँ पुष्टि भइरहेको छ।

न्युयोर्क टाइम्सकी स्तम्भकार सेलम गेब्रेकिदानले महामारीका बेला थुप्रै देशका शासकले नागरिक अधिकार खोसेर आफूलाई निरंकुश ठड्याएको बारे एक आलेख प्रकाशन गरिसकेकी छन्। कोरोना भाइरसको महामारी फैलिएका बेला चिन्तित नागरिक सरकारबाट काम होस् भन्ने चाहन्छन्। तर शासकहरु भने यही बेला विरोध कम हुने भएकाले तानाशाह बन्न उद्यत भएको उनको धारणा छ। उनको धारणा यहाँ पुष्टि भइरहेको छ।

औषधि किन्ने बहानामा जेट विमान चलाएर भ्रष्टाचारको आवरण बलियो बनाउन साम, दाम, दण्ड र भेद अपनाउन खप्पिस साशक समस्याले चेपेर इन्तु न चिन्नु भएका नागरिकमाथि प्रहरीको लाठी वर्षाउन व्यस्त छ।

हिजो सर्वहाराको मुक्तिको नारामा लोभिएर मतदान मार्फत् सत्ता सुम्पिएका नागरिकले बल्ल बुझिरहेका छन् सर्वाहारा मुक्ति भनेको सर्वहाराको समस्याको मुक्ति होइन रहेछ। सर्वहारालाई जीवनबाट मुक्त गर्ने नीति पो रहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउन सुरु भएको २५ दिन बितिसकेको छ। भोकप्यासले ब्याकुल आमजनता सडकमा भौतारिइरहेका छन्। सर्वहाराको नेतृत्व गरेको सरकार रैतिलाई झै व्यवहार गर्दै 'जहाँ छस्, त्यहीँ बस्' भन्ने आदेश दिइरहेको छ। उनीहरूका लागि जीवन जोगिने आशमा कुम्लो बोकेर राजमार्गका ताता पिचमा पैताला सेकिरहेका मजदुरहरू मान्छे हैनन्, कोरोना भाइरसका ताँती हुन्। जसले सुविधासम्पन्न बालुवाटार दरवारमा बसेका शासकको जीवन र सत्तामा कोरोना सारिदिन सक्छन्।   

मुखारीहरू डिजिटल पर्दामा झुल्किरहन्छन्, हाम्रा श्री ३ महाराज ज्यादै संवेदनशील हुनुहुन्छ, तर दुश्मनहरूले गिद्द र सिनो मात्र देखे भन्न।

त्यसैले भूकम्प नै आएजसरी लगाएको लकडाउनले धेरै दिन खाने गाँसकै टुंगो नभएका मजुदर जहाँ थे त्यहीँ रहे। केही दिन त गुजारा चलाएकै थिए। हाम्रो सरकार छ, उसले हेर्छ नि भन्दाभन्दै चामलका प्लास्टिक रित्तिए।

तर सर्वहारा शासकका प्रतिनिधि आएनन्। पानीका ग्यालिन रित्तिए। गोजीका २-४ दाम टक्टकिए। शासक बेलाबखत रंगिन पर्दामा झुल्कदै आश्वासन दिइरहे। आश जगाए म शासक भएको देशमा कोही भोकले मर्नु पर्दैन। भोक र अभावले श्रमजीवी वर्ग इन्तु न चिन्तुमा पुग्दा पनि काँचको पर्दाका शासक काँचमै रहिरहे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुखारीहरू डिजिटल पर्दामा झुल्किरहन्छन्, हाम्रा श्री ३ महाराज ज्यादै संवेदनशील हुनुहुन्छ, तर दुश्मनहरूले गिद्द र सिनो मात्र देखे भन्न। कोही हाम्रा महाराज शासन चलाउन ध्यानमा मग्न हुनुहुन्छ ध्यान भंग नगर, दुर्घटना होला भनेर तर्साउँछन् पनि। 

राजधानी छोडेर गाउँ फर्कनेको लर्को लाग्न थालेको उहिल्यै हो। ललितपुरको लेलेबाट हुम्लाको लिमी पुग्न बालबच्चा बोकेर गर्भवती ठसठस कन्दै हिँडेको धेरै भयो। कोही शरीरले साथ नदिएर बीचैमा अलपत्र परेका छन्। केही सकिनसकी पुलिसको आँखा छल्दै अघि बढिरहेका छन्। 

कवि लाङ्स्टन ह्युजले 'द रेइजन इन द सन' कवितामा भनेजस्तै सपनाहरू धकेलेको धकेल्यै गरे गह्रुँगो भएर विस्फोट हुन्छ। २००७, २०४६ र २०६२/०६३ यही धकेलेको धकेल्यै गर्नुको परिणाम थियो। त्यही विष्फोटको बलमा सत्तामा पुगेकाहरुले बिर्सिए पनि नागरिकले बिर्सेका छैनन्। धकेलाईले तीव्रता लिइरहेको छ। जब यो विष्फोट हुनेछ, अहिलेका श्री ३ हरू निर्मल निवासमा थन्किएर डिजिटल मैदानमा आफ्नै अस्तित्व खोजिरहेका भूतपूर्व श्री ५ कै हालमा पक्कै पुग्नेछन्।

यो विद्रोहको नियमै हो। त्यो बेला न, यिनका मुखारी जोगाउन आउनेछन् न यिनका चाकरी।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
तीर्थराज निराैला
लेखकबाट थप
रुकुम घटना : को छुटे? को थुनामा गए? [सूचीसहित]
रुकुम घटना : मैले कसैलाई कुटपिट गरेको होइन, कसले मार्‍यो थाहा भएन [वडाध्यक्ष मल्लको बयान]
बालुवाटारको सिंहासनमा मनमगन 'श्री ३'
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्