एजेन्सी–कोरोना भाइरस नियन्त्रण गर्न लागू गरिएको ‘लकडाउन’ले युरोपेली देशहरुको प्रदुषणमा ५० प्रतिशतले कमि आएको छ।
युरोपियन स्पेस एजेन्सी (इएसए) का अनुसार क्वारेन्टाइनलगायतका नियम कडाइका साथ लागू गरिएपछि केही सहरमा नाइट्रोजन डाइअक्साइडको तह ५० प्रतिशत घटेको छ।
कैयौं हप्तादेखि लकडाउन गरिएका फ्रान्स, स्पेन, इटालीमा विशेष गरेर वायुको गुणस्तरमा सुधार आएको हो ।
गत वर्ष अप्रिल १३ देखि मार्च १३ र अहिलेको त्यही समयको तुलना गर्दा पेरिसमा नाइट्रोजन डाइअक्साइडमा नाटकीय रुपमा ५४ प्रतिशत कमी आएको छ। मड्रिड, मिलान र रोममा पनि ४५ प्रतिशतले कमी आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।