एजेन्सी–कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाको न्युयोकै ँराज्यको शटडाउन मे १५ सम्म लम्ब्याइएको छ। गभर्नर एन्ड्रयु कुओमोले राज्यमा १० दिन यता मृतकको संख्यामा कमी भएको भएपनि उल्लेख्य प्रगति नभएसम्म प्रतिबन्ध हटाउन नसकिने बताएका छन्।
संक्रमणदरमा कमी नआएसम्म शटडाउन नहटाइने कुओमोले बताएका छन्। यसैबीच न्युयोर्क सिटीका अधिकारीहरुले मेका लागि तय भएका सबै कार्यक्रमहरु रद्द गरिएको जनाएका छन्।
सीएनएनका अनुसार न्युयोर्कमा अहिलेसम्म १४ हजार ८ सय ३२ जनाको मृत्यु भइसकेको छ। तीन दिनको औसतमा अस्पताल भर्ना हुने बिरामीहरुको संख्यामा २ प्रतिशतले कमी आएको कुओमोले जनाएका छन्। उनले न्युयोर्कबासीहरुले सामाजिक दूरी कायम गर्न नसक्ने सार्वजनिक स्थलमा अनुहार छोपेरमात्र जानुपर्ने नियमलाई पनि लम्ब्याएका छन् ।
शुक्रबारदेखि लागू हुनेगरी न्युयोर्कका सार्वजनिक यातायात र उबर, ट्याक्सी लगायतमा मास्क वा अनुहार छोप्न अनिवार्य गरिएको छ। चालकले पनि अनिवार्यरुपमा अनुहार छोप्नुपर्ने नियम लागू गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।