एजेन्सी-अमेरिकी राष्ट्रपतिकी छोरी इभान्का ट्रम्पले लकडाउनको नियम उल्लंघन गरेर एक राज्यबाट अर्को राज्य भ्रमण गरेकी छिन्। संघीय सरकारले नै नागरिकलाई घरमा बस्न निर्देशन दिएका बेला उनी भने एक राज्यबाट अर्को राज्यमा गएपछि अहिले उनको आलोचना भइरहेको छ।
गत साता उनी श्रीमान् र बच्चाहरुसहित न्युजर्सीस्थित बाबु ट्रम्पको नेशनल गल्फ क्लबमा पुगेकी थिइन्। उनी बस्ने वासिङ्गटन डिसीका मेयरले जारी गरेको लकडाउनको निर्देशनमा अति आवश्यक काम परेमात्र घरबाट निस्कन भनिएको छ। यो आदेश अप्रिल १ बाट लागू भइसकेको छ।
उनी लकडाउनको नियम उल्लंघन गरेर हिँडेको न्युयोर्क टाइम्सले सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।