काठमाडौं- ४८ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन्।
मंगलबार २ जनामा कोरोना भाइरस पोजेटिभ देखिए पनि बुधबार र बिहीबार कोरोना संक्रमित बिरामी नभेटिएका हुन्। यसका साथै नेपालमा थप ६९ जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट सुरु भएसमेत उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।