एजेन्सी- स्पेनले कोरोना भाइरस संक्रमितको परिक्षणको गति बढाउँदै दैनिक ४० हजार पूर्याएको छ। परिक्षणको गति बढाएकाले नयाँ संक्रमितहरुको संख्या बढेको देखाए पनि स्थानीयरुपमा कोरोना संक्रमण बढ्ने गति भने कम भएको स्पेनको स्वास्थ्य हेर्ने निकायले जनाएको सिएनएनले बताएको छ।
हेल्थ इमर्जेन्सी सम्बन्धी राष्ट्रिय निर्देशक फर्नाडो साइमनका अनुसार पछिल्लो समयको परिक्षणमा र्यापिड टेस्टिङ्ग किटको प्रयोग बढाएको हो। परिक्षणको गति बढाएर दैनिक ५० हजार पूर्याउने तयारी गरिएको सरकारी निकायले जनाएका छन्।
पछिल्लो समय स्पेनमा कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुने दर घटेको छ। यसलाई स्पेन सरकारले सकारात्मक रुपमा लिएको देखिन्छ।
स्पेनमा कोरोना संक्रमणबाट १९ हजार एक सय ३० जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट एक लाख ८२ हजार ८ सय १६ जना संक्रमणमा परिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।