एजेन्सी-अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ४० हजार नाघेको छ। कोरोना संक्रमणबाट ३१ हजारको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै अमेरिकाको न्युयोर्क सिटीमा कोरोना संक्रमित छन्। बिहीबार न्युयोर्कमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्या घटेको छ।
अमेरिकामा एकै दिन एक हजार नौ सय जनामा ३ जनामा कोरोना संक्रमण देखिएको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ। एक सय ८ जनाको मृत्यु भएको छ। अमेरिकाको ५० वटै राज्यमा कोरोनाको संक्रमण बढिरहेको छ भने कोरोना संक्रमणका कारण आर्थिक अवस्थामा आएको मन्दीका कारण बेरोजगारीको संख्या समेत बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।