क्यालिफोर्निया- अमेरिकीमा बितेको चार साताभित्र २.१० करोड मानिसले जागिर गुमाएका छन्। यो बेरोजगारीको इतिहासमा नयाँ रेकर्ड हो।
अमेरिकी श्रम विभागका अनुसार देशभर ११ अप्रिलसम्म ५२ लाख मानिस बेरोजगार भएका छन्। यसभन्दा अघिल्लो साता ६६ लाख मानिसले रोजगार गुमाएका थिए।
अमेरिका‚ कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको देश हो। अहिलेसम्म अमेरिकामा ३० हजार ९ सय ८५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा लकडाउन नगरेपनि बन्दाबन्दी नै रहेको छ। अमेरिकामा श्रम विभागले पुरा देशमा २० प्रतिशतका दरले बेरोजार बढ्ने प्रक्षेपण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।