बेइजिङ- चीनमा देश बाहिरबाट आएका मानिसमा कोरोना भाइरसको संक्रमणमा केही कमी देखिएको छ । तर स्थानीय मानिसमा संक्रमणको घटना भने बढेको छ।
तीन संक्रमित राजधानी बेइजिङमा भेटिएका छन्। बाहिरबाट आएका मानिसमा देखिएको कोरोना संक्रमण हुनेको संख्या घटेर ३४ पुगेको छ। मंगलबार ४६ नयाँ संक्रमित देखा परेका थिए।
सोमबार ८९ जना नयाँ संक्रमित फेला परेका थिए। मंगलबार देखिएका ४६ मध्ये ३६ बाहिरबाट आएका थिए। सोमबार आएका ८९ मध्ये ८६ बाहिरबाट आएका मानिस थिए।
बन्द सिमाको असर
चीनले सिमामा कडा प्रवन्ध गरेपछि लगातार तेस्रो दिन बाहिरबाट आउने मानिसमा कोरोना संक्रमण देखिन कमी आएको छ। रुसबाट चीन फर्केका अधिकांश मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको थियो। यसलाई ख्याल गर्दै चीनले २७ मार्चदेखि वैदेशिक यात्रुलाई प्रवेश गर्न रोक लगाएको थियो।
कोरोना भाइरस चुनको वुहानवाट सुरु भएको थियो। अहिले अमेरिका र युरोपका केही देश गम्भीर अवस्थामा रहेका छन्। हालसम्म चीनमा ८३ हजार ४ सय संक्रमित रहेका छन्। ३ हजार ३ सय ४६ जनाले ज्यान गुमाएका छन्। चीनको हुबे प्रान्त‚ जहाँबाट कोरोना संक्रमण सुरु भएको थियो‚ अघिल्लो महिना त्यहाँ नयाँ संक्रमित भेटिन बन्द भएको थियो।
स्थिति नियन्त्रणमा आएपछि चीनले जनवरीदेखि लागू गरेको लकडाउन ८ अप्रिलमा हटाएको थियो। वुहान शहरबाट रेल, विमान र मालवाहक सेवा महिनाको अन्त्यसम्म सुरु गर्ने तयारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।