काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी, विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि आदेश । (सरकारका नाममा सर्वाेच्चको आदेश )
२) महाराजगंजमा डाक्टरमाथि कुटपिट भएपछि मेट्रो तानिए डिएसपी लम्साल, प्रहरीले लिखित माफी माग्ने, दोषीलाई विभागीय कारबाही, सुनसरीमा पनि प्रहरीले कुट्यो स्वास्थ्यकर्मी । (प्रहरीले लिखित माफी माग्ने)
३) कोरोना महामारीमा परदेशः केही मुलुकको श्रमिकलाई साथ, केहीले दिँदैछन् देश छाड्न दबाब, युएईद्वारा आफ्ना कामदार फिर्ता नलैजाने मुलुकहरुसँगको समझदारी भंग गर्ने तयारी । (कोरोना महामारीमा परदेश)
४) साग पदक विजेताको पुरस्कार रकम बैंक खातामा, ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइयो, प्रशिक्षकको बाँकी । (पुरस्कार रकम बैंक खातामा)
५) र, दक्षिण कोरियामा सत्तारुढ दल मिन्जो भारी मतसहित विजयी, ३ सय सिटमध्ये १ सय ६३ स्थानमा जित, कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारको भूमिकालाई साथ । (सत्तारुढ दल विजयी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।