नयाँ दिल्ली- छिमेकी भारतमा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि तेहोरो अंकमा भइरहेको छ। बिहीबार २४ घन्टामा मात्र ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा १२ हजार ३ सय ८० जना संक्रमित पुगेको छ भने ४ सय १४ जनाले ज्यान गुमाएका छन्।
बिहीबार ३७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। १ सय ८३ जना उपचारपछि निको भएर घर फर्केका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय २५ जिल्लामा कोरोना भाइरसको संक्रमण फेला नपरेको जनाएको छ। देशभर दुई लाख ९० हजार मानिसको स्याम्पल टेष्ट गरिएको छ।
देशभरमा पाँच लाख र्यापिड टेष्ट गरिएको छ। दुई सिफ्टमा गरेर ७८ हजार मानिसको टेष्ट गर्ने क्षमता निर्माण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर ट्रेन, बस, रेल र अन्य यातायातका साधनमा प्रतिबन्ध कायमै रहने छन्।
शिक्षण संस्था, सपिङ मल, जिम क्लबलगायत सबै सेवा बन्द रहनेछन्। त्यस्तै मन्त्रालयले मास्क लगाउन र सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।