काठमाडौं- अब पक्राउ परेका आरोपितहरुलाई कोरोना परिक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ। महान्यायाधीवक्ता कार्यालय,सर्वोच्च अदालत र गृहमन्त्रालय, प्रहरी प्रमुखलगायतसँगको छलफलपछि यस्तो निर्णय गरिएको हो।
महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलको नेतृत्वमा बसेको बैठकले कोरोना भाइरसको महामारीको जोखिमलाई ध्यानमा राख्दै पक्राउ परेका सबै आरोपितहरुको परीक्षण गर्ने र परिक्षणपछिमात्र अदालत उपस्थित गराइने निर्णय गरेको हो।
महान्यायाधीवक्ता कार्यालयमा भएको छलफलमा ११ बुँदे निर्णय गरेको छ। छलफलमा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार नृपध्वज निरौला, गृहसचिव महेश्वर न्यौपाने, महान्यायाधीवक्ता कार्यालयका अधिकृतहरु, आइजिपी ठाकुरप्रसाद ज्ञवाली,कारागार व्यवस्था विभागका प्रदिपराज कडेँल र स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ समेत सहभागी भएका थिए।
बाध्यात्मक अवस्थाबाहेक अन्य अवस्थामा पक्राउ नगर्न र थुनामा नराख्ने काम गर्न पनि निर्देशन दिने निर्णय बैठकले गरेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।