• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भर्चुअल छलफलमा संघीय संसदकाे नेतृत्व : प्रदेशको एउटै गुनासो समन्वय भएन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ४, २०७७  १७:४०
1140x725

काठमाडाैं- संघीय संसदकाे नेतृत्वले प्रदेशसभाका सभामुख र उपसभामुखसँग भर्चुअल छलफल गरेकाे छ। केही दिनअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रदेशका सभामुखहरुसँग छलफल गरेका थिए भने हिजो राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफल गरेका थिए।

यस्तै बिहीबार यो क्रमलाई निरन्तरता दिँदै राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले पनि भर्चुअल छलफल गरेकी छन्। दाहालले पनि सातै प्रदेशका उपसभामुखसँग भर्चुअल छलफल गरेकी हुन्।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र दाहालसँगको छलफलमा एउटै गुनासाे आएकाे छ केन्द्रले विपतको समयमामा समन्वय नगरेको। प्रदेशको भूमिकाका लागि संघीय सरकारले समन्वय नगरेको गुनासो प्रदेशसभाका सभामुख र उपसभामुखले गरेका छन्। विपतको समयमा प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकारका बीचमा उचित समन्वय हुन नसकेको उनीहरुको गुनासो थियो।

उनीहरुसँगको छलफलपछि प्रतिवेदन बनाएर प्रधानमन्त्री समक्ष पेश गरिने भएको छ। 

उपाध्यक्षसँग गुनासो ‘समस्या बारेमा सोच्नुपर्‍याे’
राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसँग भर्चुअल छलफल गर्दै प्रदेशसभाका उपसभामुखहरुले आफ्ना गुनासा राखेका छन्। उनीहरुले लकडाउनका कारण समस्यामा परेका मानिसहरुको बारेमा सोच्न केन्द्र सरकारलाई सन्देश पुर्‍याइदिन आग्रह गरेका छन्। प्रदेशसँग समन्वय नभएको गुनासो उनीहरुले उपाध्यक्षलाई पनि गरेका छन्।

भिडियो संवादमा उपाध्यक्ष दाहाल, प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश २ का उपसभामुख उपमा कुमारी देव, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारु, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले आ–आफ्नो धारणा राखेका थिए।

कसले के भने?

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल:
- प्रदेश सरकारसँग समन्वय गरेर कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि योगदान गर्नुहोस्।
- प्रदेश सरकार, प्रदेश माननीय र स्थानीय तहका जनप्रतिनिधिसँग नजिकमा रहेर काम गर्नुहोस्।
- विपत्‌का बेलामा पनि प्रदेश सभा सञ्चालनलगायतका विषयमा दलीय सहमति जुटाएर काम गर्नुहोस्।
- संघीय सरकार र संघीय संसदलाई आगामी नीति तथा कार्यक्रम, बजेट र अन्य नीति निर्माणका लागि पनि कुनै सुझाव, सल्लाह भए दिनुहोस्। 
- विपत्का बेला महिला हिंसाका घटनाहरु बढी हुने गरेका छन्। विशेषगरी महिला भएका नाताले पनि उपसभामुखज्यूहरुले त्यसबारे चासो राख्नुहोस्।
प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेल:
- प्रदेश नम्बर १ को चुनौती भनेको खुला सीमा हो। संक्रमितहरु आउन सक्ने खतरा व्याप्त छ। संघीय सरकारलाई सीमा कडाईमा ध्यान दिनुपर्छ। 
- लकडाउनलाई प्रभावकारी बनाउनुपर्छ। तर, लकडाउनमा समस्या परेकाहरुको विषयमा पनि सोच्नुपर्छ।

nimb
nimb

प्रदेश नम्बर २ का उपसभामुख उपमा कुमारी देव:
- कोरोना संक्रमणविरुद्ध लड्न सवैको साथ बराबर हुनुपर्दछ। तर, समन्वयको अभाव देखिएको छ। 

बागमती प्रदेशका उपसभामुख राधिका तामाङ:
- कोरोना संक्रमणको परीक्षणलाई तीब्रता दिनुपर्छ। अहिलेको अवस्थामा परीक्षण गर्दा लामो समय लाग्न सक्दछ। सम्भावित व्यक्तिको परीक्षण सकिएपछिमात्रै ढुक्क हुने अवस्था आउन सक्छ।
- लकडाउनको आवश्यकता बोध अझै हुन सकेको देखिएको छैन। जनचेतनाको अभाव देखिन्छ।
- संघीय सरकारले बनाएको कार्यविधिअनुसार तीन तहको सरकारबीच समन्वयको अभाव देखिएको छ।
- खाद्यान्न आपूर्ति भइरहेको छ। तर, आपूर्तिका क्रममा सुरक्षा सावधानी अपनाइएको छैन।
- आगामी बजेटमा कृषिमा ध्यान दिनुपर्छ। अहिले सहरबाट र विदेशबाट जनता गाउँ फर्किएका छन्। जनशक्ति पूर्ण छ, तर मल अभाव छ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा:
- लकडाउन पालना गर्नु र गराउनु हाम्रो दायित्व हो। हामी त्यतातिर केन्द्रित हुनुपर्छ।
- भावनामा बगेर हुँदैन। विदेशबाट आउनेलाई अझै कडाई गर्ने र आइसकेकालाई क्वारेन्टाइनमा अनिवार्यरुपमा राख्नुपर्छ।

प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारु:
- प्रदेश नम्बर ५ मा सीमा भए पनि संक्रमण भएको छैन। प्रदेश सरकारले धेरै सजगता अपनाएको छ।
- पूर्वतयारीस्वरुप प्रदेशका चारवटा सुविधासम्पन्न अस्पतालको व्यवस्था गरिएको छ। 
- हामी सरकारलाई सहयोग गर्ने, हौसला प्रदान गर्ने र आवश्यक सुझाव दिइरहेका छौं।

कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट: 
- वडामार्फत राहत वितरणको काम हुँदा प्रभावकारी भइरहेको छ।
- लकडाउनका अवधिमा पनि कोरोना परीक्षणलाई तीब्र बनाउनुपर्छ। र, संक्रमित अब छैनन् भनेर आम सर्वसाधारणलाई ढुक्क बनाउनुपर्छ।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी:
- खुला नाकाका कारण सुदूरपश्चिम प्रदेश ‘जोखिम प्रदेश’कारुपमा रहेको छ।
- भारतबाट जंगलको बाटो हुँदै, नदी हुँदै, लुकेर आउनुभएका नेपालीहरुले जोखिम बढेको छ।
- सुदूरपश्चिमका पहाडी जिल्लामा चिकित्सकको अभाव रहेकाले तत्कालै चिकित्सक पठाउन जरुरी छ।
- मेडिकल सामग्रीको अभाव तत्कालै अन्त्य गर्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्