काठमाडौं- हेल्थ असिस्टेन्ट संघ नेपाल (हान)ले धरान उपमहानगरपालिकास्थित विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई हातपात गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेको छ।
स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा प्रहरीले उनलाई हातपात र लाठीचार्ज गरेको भन्दै हानले दोषी प्रहरीमाथि कडा कारबाहीको माग गरेको हो। बिरामीको उपचारमा खटिएका खनालले आफ्नो परिचय खुलाउँदा पनि प्रहरीले हातपात गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न जो कोहीलाई अविलम्ब कानुनी कारबाही गर्न हेल्थ असिस्टेन्स संघ नेपाल (हान) जिल्ला कार्य समिति सुनसरी जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
हानले स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षालाई प्राथमिकता दिन, स्वास्थ्य प्राविधिकहरुको आवतजावतलाई सहजीकरण गर्न पनि सरकारसँग माग गरेको छ।
यसअघि त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि प्रहरीले हातपात गरेको थियो। सो घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।