काठमाडौं- कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको बिहीबार २४ दिन पुगेको छ। गत चैत ११ गतेबाट हक हप्ताका लागि जारी गरिएको लकडाउन संक्रमणको जोखिम बढेसँगै पटक पटक थपिँदै आएको छ।
पछिल्लो समय सरकारले एकैपटक १२ दिन लकडाउनको अवधि बढाएर बैशाख १५ गतेसम्म पुर्याएको छ। लक डाउनका कारण उपत्यका सुनसान भएको छ। अत्यावश्यक सवारी र केही पासबाहक सवारी मात्रै सञ्चालनमा आएका छन्।
सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन गरेको छ। सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन्। ठाउँठाउँमा चेकजाँच भइरहेपनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको प्रहरीले जनाएको छ।
लकडाउन हुनुअघि २ जनामा देखिएको कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या १६ पुगेको छ। जिल्ला प्रशासन कार्यालय उपलब्ध गराउँदै आएको पास समेत बुधबारदेखि स्थगित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।