काठमाडौं- पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा आवतजावतको प्रतिबन्धलाई प्रहरीले बिहीबार बिहानदेखि हटाइएको छ। चार दिन अघि ‘ए’ ब्लकमा बस्ने तीन जनाको आरडिटी (र्यापिड टेस्ट) मा कोरोना पोजिटिभ देखिएपछि पूरै अपार्टमेन्टमा आवातजावतमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।
पाटन अस्पतालमा आइसोलेसनमा भर्ना भएका तीन जनामध्ये दुई जनाको पिसिआर टेस्टमा समेत परीक्षणमा कोरोना–१९ पोजिटिभ देखिएको थियो। एक जनामा भने नेगेटिभ नतिजा आएको थियो। नेगेटिभ देखिएकी महिलालाई बुधबार राती अपार्टमा ल्याइएको छ। सोही परिवारमा रहेका दुई कामदारको परीक्षण नतिजा भने आउन बाँकी छ।
‘ए’ ब्लकमा रहेका सबै २ सय ९८ जनाको र्यापिड डाइगोष्टिक टेष्ट बुधबार भएको थियो। परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको थियो। पाँच ब्लक रहेको सनसिटीमा अन्यको भने परीक्षण नहुने भएको छ।
बुधबार गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएपछि प्रहरीले बिहीबार बिहानदेखि आवतजावत हटाएको छ। चार दिन बाहिर निस्कनसमेत नपाएका अपार्टमेन्टका बासिन्दा बिहीबार किनमेलका लागि गेट बाहिर निस्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।