काठमाडौं– चीनले कोरोना भाइरस (कोडिभ–१९) विरुद्ध लड्न सहयोग पुर्याउन ६ लाख ५० हजार मेडिकल किट्स भारत पठाएको छ। चीनका लागि भारतीय राजदूत बिक्रमी मिश्रीले बिहीबार ट्विट् गर्दै गोन्जाओ विमानस्थलबाट बिहान भारत पठाएको बताएका हुन्।
उनले आउँदो दुई साताभित्रै २० लाखभन्दा बढी परीक्षण किट खरिद गर्न लागेको पनि बताएका छन्। त्यस्तै मेडिकल किट्सको मुख्य दुई खेप भारतमा पठाउने तयारी चीनले गरिरहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
राजदूत मिश्रीले मंगलबार १० लाख परीक्षण किट्सका अलवा स्वास्थ्यकर्मीका लागि आवश्यक एक करोड ५० लाखकाे सुरक्षा उपकरण खरिद गर्न सरकारले आदेश दिएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।