काठमाडाैं- भर्चुअल लिटरेचर फेस्टिभल- किताब जात्रा २०२० साेमबारदेखि सुरु भएकाे छ। ‘संकटका साथी कला-साहित्यबारे छलफल गरौं, सुरक्षित रहौं, सिर्जनशील बनौं’ भन्ने मुल नाराका साथ किताब यात्रा फाउन्डेसनको आयोजनामा भर्चुअल लिटरेचर फेस्टिभल सुरु भएकाे हाे।
काेराेना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनिकरणको लागि लकडाउन भएकाले यो समयमा पनि सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यका साथ फेस्टिभल सुरु गरिएको फाउन्डेसनले जनाएको छ।
सोमबार कार्यक्रमकाे पहिलो सेसनमा ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरु युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गरेका थिए। निरुपा प्रसुनले सहजीकरण गरेकी थिइन्। सत्रकाे दिउँसो १ बजे लाइभ गरिएको थियो।
दोस्रो सत्रमा रङ्गकर्मी अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले ‘भर्चुअल मिडियामा रङ्गमञ्च’ शीर्षकमा दिउँसो चार बजे बहस गरका थिए। त्यसको सहजीकरण कला अनुरागीले गरेका थिए।
आज शब्दको सयर गर्ने सहयात्री विषयमा वक्ताहरु सरिता तिवारी, सीमा आभाष र अनुपम रोशीले छलफल गर्ने छन् भने सहजीकरण सकुन्तला जोशीले गर्ने छिन्। कार्यक्रमकाे दिउँसो १ बजे https://www.facebook.com/kitabjatra/ बाट लाइभ हुनेछ। फेस्टिभल एक सातासम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।