काठमाडौं- दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकका लागि नयाँ वर्षलक्षित योजना ल्याएको छ। यसअनुसार ग्राहकले विश्वका १५ देशमा सुलभ दरमा कुरा गर्न सक्ने र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथी भाइसँग अझ सुलभ दरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको जनाएको छ।
त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ।
न्यू इयर अफरअन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र प्रतिमिनेट २.४९ रुपैयाँ (करसहित ३.१८ रुपैयाँ)मा गर्न सक्छन्। अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिंगापुर, बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेसिया पर्दछन्।
ग्राहकले १७१०७ डायल गरी यो योजनाअन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी वा अंग्रेजीमा ठूलो ए लेखी १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन्। यो योजना १ महिनाको लागि मान्य रहनेछ।
नयाँ वर्षकै अर्को योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तैः गीत‚ म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियोअन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ।
गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक सांगीतिक एप सेवा हो। जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन्। यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कबाट गीत संगीतको मजा लिन सक्छन्। यो योजनाअन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन्।
त्यस्तै म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। यो म्युजिक स्टेशन सेवाअन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरुमध्ये हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभिआरमार्फत निःशुल्क सुन्न सक्नेछन्। ग्राहकले अंग्रेजी ठूलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन्।
यसैगरी यस नयाँ वर्षको योजनाअन्तर्गत नै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन्। यो सेवाअन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।