नयाँ दिल्ली- भारतकाे मध्य प्रदेश सरकारले एक आदेश जारी गर्दै कोरोना भाइरसका कारण मृत्यु भएका मानिसलाई जहाँ मृत्यु भएको हो त्यहीँ अन्त्येष्टि गर्न भनेको छ। यदि मृतक अर्कै सहरको भएमा पनि उसकाे शव लैजाने अनुमति हुने छैन, आदेशमा भनिएकाे छ।
मृतकको शरीरबाट हुन सक्ने संक्रमणलाई ख्यालमा राखेर यस्ताे आदेश भएकाे हाे। मध्य प्रदेशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। हाल मध्य प्रदेशमा काेराेना संक्रमितकाे संख्या ४५७ जना पुगेको छ। कोरोना भाइरसका कारण त्यहाँ हालसम्म ३२ जनाले ज्यान गुमाएका छन्।
डाक्टर र नर्समा पनि संक्रमण
भोपालमा भेटिएका २२ नयाँ बिरामी मध्ये अधिकांश डाक्टर र नर्स रहेकाे पाइएकाे छ। ३ डाक्टर र ८ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखा परेकाे हाे।
पाँच सुरक्षाकर्मीमा पनि कोरोना भाइरस संक्रमण देखिएकाे छ। भोपालमा १२१ कोरोना संक्रमित रहेका छन्। इन्दौरमा पछिल्ला २४ घन्टामा चार जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।