नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले शनिबार विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियाे कन्फ्रेन्स गरेका छन्। अप्रिल १४ मा लकडाउनकाे अवधि सम्पन्न हुने भएकाले प्रधानमन्त्री मोदीले लकडाउनकाे अवधि बढाउने वा अन्त्य गर्ने विषयमा छलफल गरेका हुन्।
भिडियाे कन्फ्रेन्समा मोदीले मुख्यमन्त्री स्तरीय वार्ता गरिरहेका हुन्। भारत सरकारले आजै लकडाउन बढाउने र अन्त्य गर्ने विषयको टुंगो लगाउने जनाइएको छ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले लकडाउन अवधि अप्रिल ३० सम्म बढाउनु पर्ने सुझाव दिएका छन्। केही राज्यले यसअघि नै लकडाउन अवधि बढाइसकेका छन्।
त्यस्तै पंजावका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिहफे पनि लकडाउन बढाउन माेदीलाई सुझाव दिएका छन्। भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ। त्यहाँ २४९ जनाकाे काेराेनाका कारण मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।