• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

उपत्यकाबाट बाहिरिनेबारे सरकारले फैलायो अफवाह‚ यसरी उल्टियो निर्णय

64x64
वीरेन्द्र ओली बिहीबार, चैत २७, २०७६  २१:२०
1140x725

काठमाडौं-  सरकारले उपत्यका बाहिर जान चाहनेका लागि दुई दिन छुट दिने निर्णयलाई दुई घण्टामै फिर्ता लिएको छ। बिनातयारी गरिएको निर्णय कार्यान्वयनमा समस्या आएपछि सरकारले निर्णय नै फिर्ता लियो। तर आफ्नै निर्णयको बचाउमा अफवाह भनेर झुट बोल्यो।  

कोरोना राोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिका संयोजक ईश्वर पोखरेलले विज्ञप्ती जारी गरेर निर्णय नै नभएको भनेर जोगिन खोजेपनि मन्त्रिपरिषद्को आधारिक फेसबुक पेजमै निर्णय राख्दा सरकारको बदमासीको पोल खोलिदियो सरकारी अधिकारीले पहिले गरेको निर्णय अनौपचारिक रुपमा सार्वजनिक गरेर पछि समस्या आएपछि  निर्णय भएको छैन भनेर उम्किने प्रवृत्ति यसपल्ट दोहोरिन पाएन।  

दुई बजे रक्षामन्त्रीले बोलाए बैठक 
उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले आफ्नै कार्यकक्षमा दिउसो २ बजेतिर छलफलमा समितिका केही सदस्य रहेका मन्त्रीलाई बोलाएका थिए। समितिमा सदस्य ९ जना मन्त्री भएपनि  उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यात्रायात मन्त्री बसन्त नेम्वाङ, उद्योग मन्त्री लेखराज भट्ट र कृषि मन्त्री घनश्याम भुसाललाई मात्रै बोलाइएको थियो। 

बाहिर उच्चस्तरीय समितिको बैठक भनिए पनि सिमित मन्त्रीलाई बोलाएरमात्रै छलफल गरियो। समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले भूमिका बाँधे, 'लकडाउनमा एकपछि अर्को गर्दै काठमाडौं छोड्नेको लर्को लाग्न थाल्यो। यसरी बाहिरिँदा कोरोनाको संक्रमण बढ्ने भयो। यसरी सर्वसाधरणलाई बाहिरिन दिनुभन्दा व्यवस्थित रुपमा सम्बन्धित जिल्ला पठाउन सकिन्छ कि भनेर छलफल गर्न खोजेको हो।'

उक्त छलफलमा सहभागी सबै मन्त्रीले सरकार आफैंले समन्वय गरी सम्बन्धित जिल्ला पठाएमा राम्रो हुने सुझाव दिए। छलफलको निष्कर्ष यही भयो। गृह मन्त्रालयलाई मापदण्ड बनाउन निर्देशन दिइयो। बैठक सकिँदा नसकिँदै साढे २ बजेतिर ईश्वर पोखरेलको सचिवालयबाट शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने निर्णय भयो भन्दै सूचना बाहिरियो। पोखरेलको सचिवालयमात्रै होइन, उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ  र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक सञ्चारमाध्यममा उक्त निर्णय भएको जानकारी दिए। 

समाचार सार्वजनिक भएको केही समयमै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाए। उनले निर्णयप्रति आश्चर्य व्यक्त गर्दै फेसबुकमै लेखे, 'काठमाडौं उपत्यकाबाट बाहिरिन पाइने भन्ने समाचार सत्य होइन होला। लकडाउनको अर्थ लकडाउन नै हो।' लकडाउन खुलाउनेभन्दा राहतको व्यवस्था  गर्न  पोखरेलले सुझाए। 

गृह मन्त्रालयमा छलफल चल्दाचल्दै फिर्ता 
संयोजक पोखरेलको कार्यकक्षमा छलफल सकिएपछि पौने ४ बजे गृह मन्त्रालयमा उपत्यका बाहिर जाने यात्रुलाई कसरी सुरक्षित र व्यवस्थित रुपमा लान सकिन्छ भन्ने विषयमा बैठक सुरु भयो। बैठकमा गृह सचिव महेश्वर न्यौपाने, भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिव, महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेल, महानगरीय ट्राफिक महाशाखा प्रमुख भिम ढकाललगायत उच्च पदस्थ प्रहरी अधिकारी बैठकमा सहभागी थिए। 

nimb
nimb

‘उपत्यका छोड्न चाहनेको संख्या धेरै छ‚ सबै जान खोज्छन्। कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेकै थियो,’  बैठकमा सहभागी एक सचिवले भने,  ‘सुरुमा उपत्यकामा दैनिक ज्यालादारी गर्ने, गरिब विपन्न र विद्यार्थीलाई पहिलो प्राथमिकतामा लिएर सुरक्षित तवरले सम्बन्धित जिल्ला पुर्‍याउनुपर्छ भन्ने  कुरा आयो।’ छलफल हुँदै गर्दा उपत्यकाबाट सर्वसाधारणलाई तोकिएको गन्तव्यमा पुर्‍याउने विषयमा चुनौति नै देखिएको ती सचिवले बताए। 

विशेषगरी यातायातको जोहो गर्न मुश्किल पर्ने कुरा भौतिक पूर्वाधार मन्त्रालयबाट आयो। सरकारसँग यातायात नभएको अवस्थामा निजी यातायात व्यवसायीलाई गुहार्नुपर्थ्यो। निजी व्यवसायी वर्तमान अवस्थामा जोखिम मोल्न तयार नभएको कुरा आइरहेको थियो। सो विषयमा यातयात मन्त्री नेम्वाङ र संयोजक पोखरेललाई समेत जानकारी गराइँदै थियो। यता उपत्यका छाड्नेको संख्या धेरै हुने संकेत देखियो। 

निर्णयको  नेकपाभित्र पनि विरोध भइरहेको थियो। यदि यही क्रममा कोरोना भाइरसको संक्रमण फैलियो भने त्यसको दोष सरकारले लिनुपर्ने हुँदा पार्टी बदनाम हुने कुरा केही नेताहरुले उठाइरहेका थिए। प्रदेश र स्थानीय तहका प्रमुखहरु पनि सरकारको निर्णयको विपक्षमा उभिन थाले। 

नेताहरु विरोध र यातायातको साधनको जोहो गर्न नसक्ने संकेत मिलेपछि संयोजक पोखरेलको सचिवालयबाट ६ बजेतिर विज्ञप्ति जारी भयो। भनियो, 'शुक्रबार र शनिबार उपत्यका बाहिरिने निर्णय  सही होइन।' सरकार आफैंले गरेको निर्णय यसरी दुई घण्टा बित्न नपाउँदै  फिर्ता लिइयो। 

 

त्यसपछि गृह मन्त्रालयले पौने ७ बजेतिर एक विज्ञप्ति प्रकाशित गर्दै उपत्यका बाहिर जाने कुनै आधिकारिक निर्णय नभएको बतायो। विज्ञप्तिमा गृह मन्त्रालयले त्यस विषयमा केही सञ्चार माध्यममा सार्वजनिक भएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनायो। तर उक्त सूचना आफ्नो फेसबुकमा राख्ने सरकारी निकायले समेत अपडेट भन्दै निर्णय सच्यायो। तर यो विचमा केही स्थानीय  निकायले सरकारी निर्णयको आधारमा फोकल पोइन्ट समेत तोकिसकेका थिए।

सरकारको अदूरदर्शी निर्णयले जनमानसमा भ्रम सिर्जना गर्‍यो। केही दिनअघिमात्रै स्वास्थ्य सामग्री खरिद प्रक्रिया फिर्ता लिएको सरकार आफ्नै अपरिपक्व निर्णयका कारण आलोचित बनिरहेको छ। एकपछि अर्को निर्णय विवादित हुँदा उपप्रधान तथा रक्षामन्त्री पोखरेल आफैं रक्षात्मक अवस्थामा पुगेका छन्। 

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा बाढी : भारतमा पनि भेटिए शवहरू शुक्रबार, भदौ १२, २०८३
रसुवाको जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार शुक्रबार, भदौ १२, २०८३
साना निजी सवारीमा राहत बोकेर जाँदा ट्राफिक जाम भयो : प्रधानमन्त्री सचिवालय शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी: उद्धार गरिएकाको नामावली कहाँ र कसरी हेर्ने? शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्