काठमाडौं- सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई गाली गरेको भन्दै प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको ऐंसेलुखर्क-१ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका चुनिखेल बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती नगरपालिका ५ घर भएका ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ छन्।
उनीहरुलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बिहीबार काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरुको फोटो जोडेर गालीगलौज गर्दै सामाजिक सञ्जालमा राखेकाले पक्राउ गरिएको ब्यूरोका एसएसपी नदिन्द्र अर्यालले जानकारी दिए।
उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।