नयाँ दिल्ली– भारतकाे दिल्लीस्थित एक सरकारी अस्पतालमा कारोना भाइरस संक्रमित हुनेहरुको संख्या २२ पुगेको छ। दिल्लीस्थित दिल्ल स्टेट क्यान्सर इन्स्टिच्युटमा बुधबार मात्रै ३ जना अस्पतालका कर्मचारीमा कोरनो सक्रमण देखिएको इन्डियन एक्सप्रेसले जनाएको छ।
उक्त अस्पतालमा कोरोना विशेष कुनै वार्ड छैन् भने क्वारेन्टाइनकाे पनि व्यवस्था छैन्। अस्पतालका कर्मचारीलाई समेत कोरोना संक्रमण भएपछि उनीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नदिएको भन्दै अलोचना सुरु भएको छ।
बुधबार कोराेना संक्रमित देखिएका मध्ये एक चिकित्सक, एक नर्स र एक सफाइ कर्मचारी रहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ। तीनै जनाको सोमबार परीक्षण सुरु गरिएकोमा बुधार साँझतिर मात्रै त्यसको नतिजा आएको थियो। उनीहरुलाई राजीव गान्धी विशेष अस्पतालमा पठाइएको बताइएको छ।
कोरोना भाइरस संक्रमित भएकी एक जना ३७ वर्षीया नर्सका श्रीमान् र ५ वर्षका छोरासँगै घरमै बसिरहेकी छन्। कोरोना संक्रमित ३१ वर्षीय एक चिकित्सकले इन्डियन एक्सप्रेससँग फोनामा भनेका छन्, ‘ममा कुनै लक्षण देखिएको छैन र म मार्च ३१ सम्म काममा गहिरहेँ। त्यसपछि म मेरा १० परिवारबाट आफूलाई घरमै आइसोलेसनमा राखेको छु।’
उक्त अस्पतालमा अझैँ पनि १० बिरामी रहेको र अन्य धेरैलाई निजी अस्पतालमा पठाइएको बताइएको छ। अस्पतालको ओपिडी अहिले बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।