• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कस्तो अवस्थामा अस्पताल जाने?

64x64
डा अभिषेक न्यौपाने बुधबार, चैत २६, २०७६  ०७:३२
1140x725

कोरोना महामारीको यो समयमा सामान्य उपचार ,चिकित्सकीय परामर्श तथा दीर्घ रोगका फलोअप गर्न अस्पताल नजाऔं र अस्पतालबाट हुनसक्ने सम्भावित संक्रमणबाट बचौं भन्ने खालका सूचना हामीले सुनिरहेका हुन्छौं। तसर्थ कस्ता अवस्था सामान्य हो र होइन भन्ने कुरा सबैले बुझ्नुपर्ने हुन्छ। असामान्य अवस्थामा ठीक समयमा अस्पताल पुगिएन भने अवस्था झनै जटिल हुन गई मृत्युसम्म हुन सक्छ।

दीर्घ रोगीहरु जस्तै सुगर/डायबिटिज, प्रेसर/हाइपरटेन्सन, दम/आजमा, मुटुरोग, मृगौला रोग, बाथ लगायत हाडजोर्नी सम्बन्धी समस्याका लागि लामो समय औषधि सेवन गर्नुहुने र नशारोग, स्ट्रोक, स्पाइनल इन्जुरी अर्थात मेरुदण्ड पक्षघात लगायत समस्याबाट पीडित जो कसैले आफूलाई कस्तो अवस्था आइहालेमा तुरुन्त अस्पताल जानुपर्छ वा चिकित्सकीय परामर्श लिन ढिला गर्नुहुँदैन भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। महिला, गर्भवती र बालबालिकामा देखिने स्वास्थ्य समस्याहरुमा पनि सचेत बन्नुपर्छ। ताकि, सामान्य वा घरेलु औषधिले उपचार हुने र अस्पताल नै पुग्नुपर्ने अवस्था छुट्याउन सहज होस्।

शारीरिक अस्वस्थता हुनेबित्तिकै औषधि पसलमा गई लक्षण अनुसारको औषधि किनेर खाने धेरैको बानी हुन्छ। फार्मेसीमा पनि प्रेसक्रिप्सन बिना नै लक्षण अनुसारका औषधि दिइन्छ। तर सबै औषधि पसलहरु भरपर्दा फर्मासिस्ट्ले चलाएका हुँदैनन्। तसर्थ त्यहाँ उचित स्वास्थ्य सल्लाह पाउने सम्भावना न्यून हुन्छ। त्यसकारण अस्पताल पुग्नैपर्ने र विशेषज्ञ चिकित्सकीय परामर्श लिनैपर्ने मुख्य अवस्थाका बारेमा जानकारी हुनु अत्यावश्यक छ।

आज मैले केही त्यस्ता असामान्य अवस्थाहरु प्रष्ट पार्ने प्रयास गरेको छु। जसमा दक्ष चिकित्सकीय परामर्शका साथै उपचारका लागि तुरुन्त अस्पताल पुग्नुपर्ने हुन्छ।

क) स्वासप्रस्वास सम्बन्धी समस्या : यदि तपाईंले लकडाउन र होम क्वारेण्टाइनका नियम ठीकसँग पालना गर्नुभएको छ भने मौसम बदली हुने यस समयमा रुघाखोकी लाग्दैमा आत्तिहाल्नु पर्दैन। हेलचक्र्याइँ नगरी सामाजिक दूरी कायम गर्दै क्वारेन्टाइनका नियम पालन गर्ने र सामान्य फ्लुका लक्षण देखिए फर्मासिस्ट्को सल्लाह बमोजिम लक्षण अनुसारका औषधिहरु प्रयोग गर्न सकिनछ। साथै, घरेलु उपचार (तातो पानी पिउने, वाफ लिने आदि) गर्न सकिन्छ।

स्वासप्रस्वास तथा छातीमा देखिन सक्ने खतराका लक्षण:
१) रुघा खोकिसँगै अत्याधिक ज्वरो बढ्नु
२) सास फेर्न गाह्रो भई ओठ अनुहार तथा हातका औंलाहरु निलो देखिनु/अनुहार हात खुट्टा सुन्निनु   
३) खकारमा रगत/पीपजस्तो देखिनु
४) छाती बेस्सरी दुख्नुका गर्धन, पाखुरामा दुखाई हुनु
५) बच्चाहरुमा स्वासप्रश्वास र धड्कन अत्याधिक भई ज्वरो आउनु, घ्यारघ्यार हुनु र कोखा हान्ने समस्या देखिनु साथै दुध तान्न नसक्नु

जब सामान्य औषधि उपचारका बाबजुत पनि यस्ता लक्षणहरु बढ्दै जान्छन्, तुरुन्त अस्पताल जानुपर्छ।
 
ख) पेट सम्बन्धी समस्या: हाम्रो परिप्रेक्ष्यमा सामान्यत: पेट दुखाइको प्रमुख कारण ग्यास्ट्राइटिस (माथिल्लो पेट दुख्ने/पोल्ने, वाकवाकी लाग्ने,बान्ता) हो। यसका लागि स्वस्थ खानपानको बानी बसाल्नु नै उपयुक्त उपचार हो। यस रोगलाई सामान्य रुपमा लिइने भए पनि प्रतिदिन अस्पतालको इमर्जेन्सीमा आइपुग्ने लगभग ५० प्रतिशत बिरामी ग्यास्ट्राइटिस/ग्यास्ट्रिक अल्सरका बिरामी हुन्छन् र सुईबाट औषधि नचलाई निको नहुने हुन्छ। कसैमा परफोरेसन (प्वाल पर्ने) सम्म हुन गई सर्जरी नै गर्नुपर्ने अवस्था समेत आउँछ।

अस्पताल पुग्न बाध्य पार्ने यस्ता समस्याबाट बच्नको लागि खालि पेट बस्नु हुँदैन। समस्या भएकाहरुले समयमा नै फर्मासिस्टको सल्लाह बमोजिम एण्टासिड/एण्टिअल्सरेण्ट औषधि नियमित सेवन गरिरहने गर्नु एकदमै बुद्धिमानी हुन्छ। अत्याधिक पेट दुखाईका अन्य मुख्य कारणहरुमा पत्थरी (पित्त थैली, मृगौला, मुत्र थैली र मुत्र नलीको पत्थरी), एप्पेण्डिसाइटिस, कोलिसिस्टाइटिस, इण्टेस्टाइनल अब्स्ट्रक्सन (आन्द्रा बन्द हुनु), पिसाब नलीको संक्रमण, प्रोस्टेटको समस्या, टेस्टिकुलर टोर्सन/इपिडिडाइमिटिस साथै महिलाहरुमा ओभरिअन टोर्सन/इक्टोपिक गर्भ लगायत पर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पेट सम्बन्धी खतराका लक्षण:
१) दुखाइ कम गर्ने चक्की औषधि सेवनपश्चात पनि पेटको कुनै पनि भागको अत्याधिक दुखाई रहने
२) सामान्य औषधि/घरेलु उपचारका बाबजुत अत्याधिक बान्ता/ पखाला हुनु
३) पिसाब बन्द हुनुका साथै पेटमा पानी भरिएझैं थलथल गर्नु/ जन्डिस देखिनु
४) दिशा बन्द भई पेट फुल्नु/ दुख्नु
५) नाइटो वरिपरि वा दायाँतिर तल्लो भागमा अत्याधिक दुखाई हुनुका साथै ज्वरो आउनु
६) अण्डकोष एक्कासी अत्याधिक दुख्नु/ सुन्निनु साथै ज्वरो आउनु
७) महिलाहरुमा एक्कासी सुरु हुने तल्लो पेटको अत्याधिक दुखाइ तथा विवाहित महिलाहरुमा महिनावारी रोकिएपश्चात तल्लो पेट अत्याधिक दुख्नु/ रक्ताश्राव हुनु
८) गर्भावस्थाका खतराका लक्षण जस्तै: अत्याधिक रक्तश्राव हुनु/ पेट दुख्नु/ बच्चा चल्न छोड्नु आदि।
यस्ता लक्षणहरु देखिएमा कोरोना भाइरसबाट हुनसक्ने सम्भावित संक्रमणबाट बच्ने उपाय अबलम्बन गर्दै तत्काल अस्पताल जानुपर्छ। यस्ता अवस्थामा लक्षण अनुसारका औषधि खानु वा चिकित्सकसँग फोन परामर्श मात्र पर्याप्त हुँदैन। विस्तृत स्वास्थ्य जाँचको आवश्यकता रहन्छ भने तत्काल सर्जिकल उपचार नै चाहिने पनि हुनसक्छ।
 
ग) दुर्घटनाजन्य तथा हाडजोर्नी सम्बन्धी निम्न खतराका लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ:
१) लकडाउनको समयमा उद्योग, गाडीहरु बन्द भए पनि भैपरीआउने दुर्घटनाका कारण हुने ठूला घाउचोट, लडेर अर्थात मेसिनरीको प्रयोग गर्दा हड्डी भाँचिएको शंका लागेमा वा जोर्नीहरु चलाउन नसकेमा/ अत्याधिक दुखाई भएमा।
२) टाउकोमा चोट/ ठक्कर लाग्न गई बेहोस भएमा/ बान्ता भएमा।
३) गर्धन वा ढाडको चोटका कारण चोटभन्दा तलको भाग हात/ खुट्टा चलाउन कठिनाइ भएमा वा नचलेमा ठीकसँग इम्मोबिलाइज गरेर अर्थात् कुनै काठ वा बोर्डमा राखेर बाधेर नचल्ने गराई तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ। यसो गर्दा सम्भावित पूर्ण पक्षघातबाट जोगाउन सकिन्छ।
४) बिना कुनै चोटपटक जोर्नीहरू: विशेषगरी हात/ खुट्टा जोर्नीहरु अत्याधिक सुन्निँदै गएमा, रातो भएमा/ अत्याधिक दुखाईका साथै ज्वरो आएमा।
५) बाथ/युरिक एसिड वा जोर्नीहरुको दुखाइको समस्या भएकाहरुले लामो समय यदि चिकित्सक परामर्श बिना दुखाई कम गर्ने औषधिहरु खाइराख्नुभएको छ भने पेट अत्याधिक दुख्ने/बान्ता हुने, पिसाब कम हुने, जीउ सुन्निने, जन्डिस देखिने लगायतका समस्या देखिन सक्छन्। यस्तो अवस्थामा त्यस्ता औषधि तुरुन्त बन्द गरी अस्पताल गएर चिकित्सकीय परामर्श लिनुपर्छ।
 
घ) टाउको/ नशा/ रक्तनली सम्बन्धी समस्या: मुख्यत प्रेसरको औषधि सेवन गरिरहेका अथवा पहिला प्रेसर घटिबढि भइरहने समस्या हुनेहरुमा स्ट्रोक/ हर्ट एट्याक जस्ता गम्भीर समस्याहरु देखिनसक्छ। जसको तत्काल उपचार नभएमा ज्यानै जाने सम्भावना रहन्छ। लकडाउनका कारण हिँडडुलमा कमी हुनु/ शारीरिक व्यायाम कम हुनु र खानपानमा कन्ट्रोल नहुनुले यी समस्यालाई बढावा दिन्छ।

सम्भावित जोखिमको पहिचानाका लागि निम्न खतराका लक्षणहरुको ख्याल गर्नुपर्छ। र, सम्भावित मस्तिष्क पक्षघात (स्ट्रोक)/ प्यारालाइसिस आदिबाट जोगिनका लागि तुरुन्त अस्पताल जानुपर्छ:

१) टाउको अत्याधिक दुख्नु, रिगंटा लाग्नु र बान्ता हुनु
२) हात/ खुट्टा अथवा कुनै एउटा हात वा खुट्टा कमजोर हुनु
३) बोलि लर्बरिनु, मुखको एक भाग झोलिनु, निधार खुम्च्याउन नसक्नु
४) छाती दुख्नु, ढाड वा पाखुरा,गर्धनतिर दुखाइ सर्नु, एक्कासी बेहोस हुनु
५) एक्कासी बेहोस भई जीउ कक्रक्क हुनु, काम्नु/ दाह्रा किट्नु/ फिँज निकाल्नु- औषधि सेवन गरिरहेका छारे रोगका बिरामी हरुले आफ्नो औषधि नियमित खानुपर्छ। कसैलाई अवस्था आइहालेमा खतरनाक कुराहरु जस्तै आगो/ पानी/ धारिलो चिजहरुबाट पर लैजाने, एकतर्फ कोल्टे फर्काउने र नआत्तिई होसमा आउञ्जेलल पर्खनुपर्छ।  यदि लामो समयसम्म बेहोस भइरहने वा एकै दिनमा धेरै पटक यस्तो भइरहेमा बिशेषज्ञ चिकित्सकीय परामर्श लिने/ अस्पताल जाने।
६) स्पाइनल इन्जुरी/ मेरुदण्ड पक्षघातबाट पिडित हुनुभएकाहरुले बिशेष सावधानी अपनाउनुपर्छ। समयमा खानपान/ छालाको हेरविचार (प्रेसर सोरबाट बच्ने) / समयमा सिआइसी गर्ने र सकेसम्म अस्पताल पुग्नुपर्ने अवस्था आउन नदिने गर्नुपर्छ।

यस्ता जटिल परिस्थितिमा हामीले कुन बेला सामान्य औषधि खाँदा हुन्छ र कुनबेला अस्पताल नै पुग्नुपर्छ भन्ने कुरा बुझेर जोखिम न्युनीकरण गर्न सकिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अधिकतम जटिल चिकित्सा विज्ञानको जटिलता दिनप्रतिदिन बढ्दो छ। यस्ता महामारीले हामीलाई बेलाबेला झस्काइरहन्छन्। सकेसम्म घरमै बसौं, सामाजिक/व्यक्तिगत दूरी कायम गरौं, अत्यावश्यक नभई अस्पताल नजाऔं। यस महामारी निम्त्याउने भाइरसको सफलतापूर्वक सामना गरिसकेका दृष्टान्त छन् भने हामी पनि अवश्य सक्छौं।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  ०७:३२
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा अभिषेक न्यौपाने
लेखकबाट थप
कस्तो अवस्थामा अस्पताल जाने?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्