एजेन्सी- कोरोना संक्रमणबाट स्वास्थ्य अवस्था बिग्रिएर आइसीयुमा भर्ना गरिएलगत्तै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न देशका प्रतिनिधि र राजनीतिक दलका नेताले सन्देश पठाउन थालेका छन्।
१० दिन अगाडि कोरोना संक्रमण देखिएका जोन्सन अहिले लण्डनको सेन्ट थोमस अस्पतालको आइसीयुमा छन्। उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आइसीयुमा भर्ना गरिएको हो।
फ्रान्सका राष्ट्रपति इमान्युअल म्याक्रोँले ट्वीट गरेर उनको स्वास्थ्य लाभको कामना गरे। उनले यो कठिन समयमा फ्रान्सका जनता बेलायती प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरिरहेको उल्लेख गर्दै बेलायतको संकटमा फ्रान्स सधैं साथमा रहेको उल्लेख गरेका छन्।
बेलायतकै विभिन्न दलका नेताहरुले समेत प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।