• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
राष्ट्र बैंकको सहायकस्तरदेखि गभर्नरसम्म महाप्रसाद अधिकारीको यात्रा कसरी पछि पारे चिन्तामणि शिवाकोटीलाई?
64x64
अरुण सापकोटा सोमबार, चैत २४, २०७६  १७:११
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरमा केन्द्रीय बैंककै क्याडर महाप्रसाद अधिकारी नियुक्त भएका छन्। राष्ट्र बैंकको ३१ वर्षे सेवा अवधिभरमा डेपुटी गभर्नरसम्म भएका अधिकारीलाई सरकारले अबको ५ वर्ष मुलुकको मौद्रिक नीतिको नेतृत्व गर्ने जिम्मा दिएको हो। 

राष्ट्र बैंकको इतिहासमा पहिलोपटक चार्टर्ड एकाउन्टेन्टलाई गभर्नर बनाइएको छ। अर्थमन्त्री डा युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा बरियतामा पुछारबाट दोस्रो स्थानमा रहेका अधिकारीलाई डेपुटी गभर्नर बनाएका थिए। संयोग नै मान्नुपर्छ, उनै खतिवडाले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेका छन्। 

राष्ट्र बैंकको डेपुटी गभर्नरको कार्यकाल पुरा भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको छनौट समितिले अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी बनाउन सिफारिस गरेको थियो।
लगानी बोर्डको सिइओको रूपमा कार्यकाल पुरा नहुँदै अधिकारीलाई सरकारले अर्को जिम्मेवारी दिएको छ।

लकडाउन भए पनि सोमबार कार्यालयमा नियमित कामका लागि उपस्थित अधिकारीले नेपाल लाइभसँगको सम्पर्कमा गभर्नर पदका लागि आफ्नो दाबेदारी रहेको बताएका थिए। 

अधिकारीलाई राष्ट्र बैंकभित्र 'प्राविधिक' मानिन्थ्यो। नियमनकारी अभ्यासमा कडा स्वभावका अधिकारीलाई यही छविका कारण अर्थमन्त्री खतिवडाले गभर्नरका रूपमा अघि सारेका हुन्। तर, अर्थमन्त्रालयको छाँयाका रूपमा केन्द्रीय बैंक चलेको भन्दै विगतमा भएको आलोचनाबाट मुक्त हुन पनि उनलाई कठिन छ। अर्थमन्त्री खतिवडाकै छाँयाका रूपमा उनले अब पनि काम गर्ने हुन् वा स्वतन्त्र र स्वायत्त केन्द्रीय बैंकका रूपमा अघि बढाउने हुन् हेर्न बाँकी छ। 

को हुन् अधिकारी
अधिकारीले नेपाल राष्ट्र बैंकमा २०४२ सालमा सहायक पदबाट जागिर सुरु गरेका थिए। राष्ट्र बैंकमा जागिरे हुँदै गर्दा उनी भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्न गए। नेपाल राष्ट्र बैंकमा राष्ट्र बैंक विभाग र बैंकिङ विभाग बीचमा ठूलो समस्या थियो। चार्टर्ड एकाउन्टेन्ट सकेर आउने बित्तिकै उनले उक्त समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

त्यसपछि उनी उपनिर्देशक भए। उपनिर्देशक भएपछि उनले अर्थ मन्त्रालयको निजीकरण विभागमा रहेर ४ वर्षभन्दा धेरै समय काम गरे। निर्देशक पदमा बढुवा भएपछि सुपरीवेक्षण विभागमा लामो समय काम गरेका थिए। नेपालमा बासेल ३ लागू गर्ने क्रममा उनको सबैभन्दा ठूलो योगदान रहेको थियो। नेपाल राष्ट्र बैंकको नियमनकारी र सुपरीवेक्षकीय भूमिका बढाउन उनको ठूलो भूमिका थियो। 

कार्यकारी निर्देशकमा बढुवा भएपछि उनले छोटो समय नियमन विभागमा रहेर काम गरेका थिए। त्यसलगत्तै उनलाई तत्कालीन गभर्नर खतिवडाले डेपुटी गभर्नरमा नियुक्ति गरेका थिए। डेपुटी गभर्नर हुँदा उनले खतिवडाका निति कार्यान्वयनमा अग्रपंतिमा बसेर काम गरे। 

खतिवडा गभर्नर हुँदा गोपालप्रसाद काफ्ले वरिष्ठ गभर्नर थिए भने अधिकारी कनिष्ठ। कनिष्ठ गभर्नर भए पनि खतिवडाको नीतिगत तथा कार्यगत सारथी थिए अधिकारी। वित्तीय स्थायित्व, सुशासन, सुरपरिवेक्षण प्रणालीलाई विश्वसनीय बनाउनका लागि उनले राष्ट्र बैंकमा रहेर लामो समय काम गरेका थिए। यस अवधिमा उनले केही बैंकहरूलाई कारबाही समेत गरेका थिए। 

अधिकारीका चुनौती 
नेपालमात्रै नभएर अन्य देशका केन्द्रीय बैंकहरूलाई पनि अबका दिनमा तरलताको व्यवस्थापनमा चुनौती छ। बैंकहरूमा पर्याप्त तरलता कसरी व्यवस्थापन गर्ने भन्ने विषय अधिकारीका लागि सबैभन्दा धेरै चुनौतीपूर्ण रहेको नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी बताउँछन्। 

कोरोनाको कारणले अब धेरै व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन्। अर्कोतर्फ बैंकको ब्याजदर पनि उच्च छ। अहिलेको उच्च ब्याजदरलाई कसरी बान्छित सिमाभित्र राख्ने भन्ने चुनौती अधिकारीसँग रहेको उनले बताए। 

'अर्थतन्त्र घट्दो क्रममा जाने तर ब्याजदर भने माथि नै बसिराख्ने भन्ने कुरा सान्दर्भिक हुँदैन,' अधिकारी भन्छन्, ‘त्यसैले ब्याजदरलाई तल्लो बिन्दूमा कसरी राख्न सकिन्छ ताकी ब्याजदरका कारणले व्यापार व्यवसाय चल्न नसक्ने नहोस्।’

कोरोनाको जोखिम अझै बढे चलिरहेका व्यापार व्यवसाय पनि बन्ने हुने अवस्थामा जान सक्छन्। यसले भइरहेको रोजगारी पनि गुम्ने सम्भावना छ। अर्कोतर्फ वैदेशिक रोजगारमा गएका नेपाली फर्किने क्रम पनि बढ्न सक्छ। 

यस्तो अवस्थामा नेपालमै रोजगारी सिर्जना गर्न सक्ने गरी वित्तीय नीति उनले बनाउनुपर्नेछ। संकटमा रहेको अर्थतन्त्र उकास्ने गरी सरकारले लिने नीतिलाई सहयोग गर्ने गरी केन्द्रिय बैंक अघि बढ्नुपर्नेछ।

कसरी पछि पारे चिन्तामणिलाई?
तत्कालीन गभर्नर डा चिरंजिबी नेपालको अवकाशअघिदेखि नै कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले आफूलाई गभर्नरका रूपमा दाबेदारी प्रस्तुत गर्दै आएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमै कार्यक्रम राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट पुस्तकसमेत विमोचन गराएका थिए।

प्रधानमन्त्री ओली र शिवाकोटीको जन्म तेह्रथुममा भएको थियो। ओली त्यहाँबाट झापा झरे भने शिवाकोटी मोरङ। पूर्वेली शिवाकोटीलाई अर्का पूर्वेली अर्थात् खोटाङका अधिकारीले पछाडि पारेका छन्।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रीक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई सम... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्