• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

राष्ट्र बैंकको सहायकस्तरदेखि गभर्नरसम्म महाप्रसाद अधिकारीको यात्रा

कसरी पछि पारे चिन्तामणि शिवाकोटीलाई?
64x64
अरुण सापकोटा सोमबार, चैत २४, २०७६  १७:११
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरमा केन्द्रीय बैंककै क्याडर महाप्रसाद अधिकारी नियुक्त भएका छन्। राष्ट्र बैंकको ३१ वर्षे सेवा अवधिभरमा डेपुटी गभर्नरसम्म भएका अधिकारीलाई सरकारले अबको ५ वर्ष मुलुकको मौद्रिक नीतिको नेतृत्व गर्ने जिम्मा दिएको हो। 

राष्ट्र बैंकको इतिहासमा पहिलोपटक चार्टर्ड एकाउन्टेन्टलाई गभर्नर बनाइएको छ। अर्थमन्त्री डा युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा बरियतामा पुछारबाट दोस्रो स्थानमा रहेका अधिकारीलाई डेपुटी गभर्नर बनाएका थिए। संयोग नै मान्नुपर्छ, उनै खतिवडाले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेका छन्। 

राष्ट्र बैंकको डेपुटी गभर्नरको कार्यकाल पुरा भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको छनौट समितिले अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी बनाउन सिफारिस गरेको थियो।
लगानी बोर्डको सिइओको रूपमा कार्यकाल पुरा नहुँदै अधिकारीलाई सरकारले अर्को जिम्मेवारी दिएको छ।

लकडाउन भए पनि सोमबार कार्यालयमा नियमित कामका लागि उपस्थित अधिकारीले नेपाल लाइभसँगको सम्पर्कमा गभर्नर पदका लागि आफ्नो दाबेदारी रहेको बताएका थिए। 

अधिकारीलाई राष्ट्र बैंकभित्र 'प्राविधिक' मानिन्थ्यो। नियमनकारी अभ्यासमा कडा स्वभावका अधिकारीलाई यही छविका कारण अर्थमन्त्री खतिवडाले गभर्नरका रूपमा अघि सारेका हुन्। तर, अर्थमन्त्रालयको छाँयाका रूपमा केन्द्रीय बैंक चलेको भन्दै विगतमा भएको आलोचनाबाट मुक्त हुन पनि उनलाई कठिन छ। अर्थमन्त्री खतिवडाकै छाँयाका रूपमा उनले अब पनि काम गर्ने हुन् वा स्वतन्त्र र स्वायत्त केन्द्रीय बैंकका रूपमा अघि बढाउने हुन् हेर्न बाँकी छ। 

को हुन् अधिकारी
अधिकारीले नेपाल राष्ट्र बैंकमा २०४२ सालमा सहायक पदबाट जागिर सुरु गरेका थिए। राष्ट्र बैंकमा जागिरे हुँदै गर्दा उनी भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्न गए। नेपाल राष्ट्र बैंकमा राष्ट्र बैंक विभाग र बैंकिङ विभाग बीचमा ठूलो समस्या थियो। चार्टर्ड एकाउन्टेन्ट सकेर आउने बित्तिकै उनले उक्त समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

त्यसपछि उनी उपनिर्देशक भए। उपनिर्देशक भएपछि उनले अर्थ मन्त्रालयको निजीकरण विभागमा रहेर ४ वर्षभन्दा धेरै समय काम गरे। निर्देशक पदमा बढुवा भएपछि सुपरीवेक्षण विभागमा लामो समय काम गरेका थिए। नेपालमा बासेल ३ लागू गर्ने क्रममा उनको सबैभन्दा ठूलो योगदान रहेको थियो। नेपाल राष्ट्र बैंकको नियमनकारी र सुपरीवेक्षकीय भूमिका बढाउन उनको ठूलो भूमिका थियो। 

कार्यकारी निर्देशकमा बढुवा भएपछि उनले छोटो समय नियमन विभागमा रहेर काम गरेका थिए। त्यसलगत्तै उनलाई तत्कालीन गभर्नर खतिवडाले डेपुटी गभर्नरमा नियुक्ति गरेका थिए। डेपुटी गभर्नर हुँदा उनले खतिवडाका निति कार्यान्वयनमा अग्रपंतिमा बसेर काम गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

खतिवडा गभर्नर हुँदा गोपालप्रसाद काफ्ले वरिष्ठ गभर्नर थिए भने अधिकारी कनिष्ठ। कनिष्ठ गभर्नर भए पनि खतिवडाको नीतिगत तथा कार्यगत सारथी थिए अधिकारी। वित्तीय स्थायित्व, सुशासन, सुरपरिवेक्षण प्रणालीलाई विश्वसनीय बनाउनका लागि उनले राष्ट्र बैंकमा रहेर लामो समय काम गरेका थिए। यस अवधिमा उनले केही बैंकहरूलाई कारबाही समेत गरेका थिए। 

अधिकारीका चुनौती 
नेपालमात्रै नभएर अन्य देशका केन्द्रीय बैंकहरूलाई पनि अबका दिनमा तरलताको व्यवस्थापनमा चुनौती छ। बैंकहरूमा पर्याप्त तरलता कसरी व्यवस्थापन गर्ने भन्ने विषय अधिकारीका लागि सबैभन्दा धेरै चुनौतीपूर्ण रहेको नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी बताउँछन्। 

कोरोनाको कारणले अब धेरै व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन्। अर्कोतर्फ बैंकको ब्याजदर पनि उच्च छ। अहिलेको उच्च ब्याजदरलाई कसरी बान्छित सिमाभित्र राख्ने भन्ने चुनौती अधिकारीसँग रहेको उनले बताए। 

'अर्थतन्त्र घट्दो क्रममा जाने तर ब्याजदर भने माथि नै बसिराख्ने भन्ने कुरा सान्दर्भिक हुँदैन,' अधिकारी भन्छन्, ‘त्यसैले ब्याजदरलाई तल्लो बिन्दूमा कसरी राख्न सकिन्छ ताकी ब्याजदरका कारणले व्यापार व्यवसाय चल्न नसक्ने नहोस्।’

कोरोनाको जोखिम अझै बढे चलिरहेका व्यापार व्यवसाय पनि बन्ने हुने अवस्थामा जान सक्छन्। यसले भइरहेको रोजगारी पनि गुम्ने सम्भावना छ। अर्कोतर्फ वैदेशिक रोजगारमा गएका नेपाली फर्किने क्रम पनि बढ्न सक्छ। 

यस्तो अवस्थामा नेपालमै रोजगारी सिर्जना गर्न सक्ने गरी वित्तीय नीति उनले बनाउनुपर्नेछ। संकटमा रहेको अर्थतन्त्र उकास्ने गरी सरकारले लिने नीतिलाई सहयोग गर्ने गरी केन्द्रिय बैंक अघि बढ्नुपर्नेछ।

कसरी पछि पारे चिन्तामणिलाई?
तत्कालीन गभर्नर डा चिरंजिबी नेपालको अवकाशअघिदेखि नै कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले आफूलाई गभर्नरका रूपमा दाबेदारी प्रस्तुत गर्दै आएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमै कार्यक्रम राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट पुस्तकसमेत विमोचन गराएका थिए।

प्रधानमन्त्री ओली र शिवाकोटीको जन्म तेह्रथुममा भएको थियो। ओली त्यहाँबाट झापा झरे भने शिवाकोटी मोरङ। पूर्वेली शिवाकोटीलाई अर्का पूर्वेली अर्थात् खोटाङका अधिकारीले पछाडि पारेका छन्।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सेयर बजारमा सामान्य गिरावट आज नेप्से परिसूचक १.२० अङ्कले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ । सोमबार, साउन १८, २०८३
३३ अंकले घट्यो सेयर बजार कारोबार खुलेपछि बढेको बजार १२ : १३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो । कारोबार रकम बढेको छ ।... सोमबार, साउन ११, २०८३
शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव उनले व्यवसायीहरुका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिममा सत्ता परिवर्तनको तयारी, मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने बुधबार, साउन २७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम बुधबार, साउन २७, २०८३
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? बुधबार, साउन २७, २०८३
बालेन सरकारलाई झट्का, एकै दिन दुई सचिवले दिए राजिनामा बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्