काठमाडौं– साताको पहिलो कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको छ।
सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।
अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो। दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखियो। त्यस्तै फाइनान्स २.४९ प्रतिशत बढ्यो। बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढे।
विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशत घटे। नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशत बढ्यो।
ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८.५८ प्रतिशत घट्यो। सिन्धु विकासको ५.८१, खानीखोला हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य घट्यो।
धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।