काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक क्षेत्रको दिगो बिकासका लागि आगामी मौद्रीक नीति केन्द्रीत हुने बताएका छन्।
आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रीक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई समेट्दै माथि उठाउने गरि आर्थिक क्षेत्रको दिगो बिकासका लागि आगामी मौद्रीक नीति केन्द्रीत हुने बताएका हुन्।
उनले बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न नसकेको उल्लेख गर्दै यस प्रकारका समस्यालाई मौद्रीक नीतिबाट समाधान गरिने स्पष्ट पारेका छन्।
गभर्नर पौडेलले तरलता बढिरहेको अवस्थामा त्यसलाई लगानी क्षेत्र पहिचान गर्दै परिचालन गर्नुपर्ने बताए।
उनले बित्त नीतिसंग समन्वय गर्दै मौद्रीक नीतिलाई अघि बढाउने समेत धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।