काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग कोरोनाले निम्त्याएको संकटका बारेमा संवाद गरेका छन्। देउवाले पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र खिलराज रेग्मीसँग संवाद गरेका हुन्।
देउवाले टेलिफोनमार्फत् पूर्वप्रधानमन्त्रीहरुसँग संवाद गरेका हुन्। संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको उनले बताएका छन्। पार्टीभन्दा माथि उठेर संकटलाई पार लगाउन सभापतिले पहल गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुसँगको संवादमा वर्तमानमा साझा ढंगले सोचौं। सरकारलाई के गरेर बल पुर्याउन सकिन्छ सोचौं भन्ने सभापतिको पहल हो।’
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।