एजेन्सी- कोरोना संक्रमण बढेसँगै काइली जेनर पनि अहिले हाउस आइसोलेसनमा बसेकी छिन्। उनी हाउस आइसोलेसनमा छोरीसँगै छिन्।
आइसोलेसनमा बस्दा उनको २ वर्षीय छोरीलाई बोर नलागोस् भनेर सबै बन्दोबस्त गरेकी छिन्। हाउस आइसोलेसनको समयमा सानी छोरी रमाउन भनेर उनले भए भरका महंगा खेलौना जम्मा गरेकी छिन्। घरभर मनोरञ्जनका सामान भएर पनि उनी डराइरहन्छिन् कतै सानी छोरीमा आइसोलेसनको नकारात्मक प्रभाव पर्छ कि भनेर।
सेलिब्रिटी न हुन्। उनलाई छोरीसँगै आफ्नो कपालको पनि उत्तिकै माया लागिरहेको छ। उनले इन्स्टाग्राममा लामो कपाल सहितको तस्बिर राख्दै पहिलो पटक सक्कली कपालको तस्बिर राखेको बताएकी छिन्। कपालको हेरचाहका लागि आफ्नो स्वास्थ्य सल्लाहकारसँग छलफल गरिरहेको उनले बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।