• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सरकार र पार्टीमा किन हस्तक्षेप गर्छिन् राष्ट्रपति?

64x64
वीरेन्द्र ओली शनिबार, चैत २२, २०७६  १९:१९
1140x725

काठमाडौं- 'संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ,' नेपालको संविधान २०७२ को धारा ६१ को उपधारा (४) को व्यवस्था हो, यो। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र उसकै नेतृत्वमा रहेको सरकारका गतिविधिमा निरन्तर हस्तक्षेप गर्दै आएकी छन्। राजनीतिक दलदेखि संविधानविद्‍सम्मले राष्ट्रपतिले सरकारको भूमिकामा हस्तक्षेप गरेको भन्दै आलोचना गर्दै आएका छन्। तर, संविधानले व्यवस्था गरेका सीमितताभन्दा पनि माथि चढेर राष्ट्रपति कार्यकारीको जस्तै भूमिका देखाउँदै आएकी छन्। 

आफैं कार्यकारी प्रमुख भएजस्तै गरी शुक्रबार राष्ट्रपति भण्डारीले कारोना संक्रमणको जोखिम तथा तयारीबारे राष्ट्रका नाममा सम्बोधन गरिन्। कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्नुपर्नेमा राष्ट्रपतिको सम्बोधन आएपछि उनी फेरि एकपटक विवादमा तानिएकी छन्। 

नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारी। तस्बिर : नेपाल टेलिभिजन

प्रधानमन्त्री ओलीले लकडाउनमा घोषणा गर्ने क्रममा राष्ट्रका नाममा सम्बोधन गरेपछि पुनः दोहोर्‍याएका छैनन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने बारबार राष्ट्रका नाममा सम्बोधन गरिराखेका छन्। उता सिंगापुरका प्रधानमन्त्रले त दैनिकजसो आफ्नो 'स्टेटमेन्ट' दिँदै आएका छन्। तर, राष्ट्रपति भण्डारीले कार्यकारी प्रमुखको जस्तै भूमिकामा सरकारले कोरोना निययन्त्रण, रोकथाम र उपचारमा चालेका सम्पूर्ण कदमको समर्थन गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सम्बोधनवाचक शब्द प्रयोग गर्दै जनतालाई आग्रह गरिन्। सरकारले कारोना नियन्त्रणमा प्रभावकारी काम गरेको भन्दै राष्ट्रपति भण्डारीले सरकारको निकै प्रशंसा गरिन्। प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम राष्ट्रपतिले गर्न थालेपछि कार्यकारी भूमिका विषयमा विवाद उत्पन्न भएको छ। 

संविधानविद् विपिन अधिकारी सरकार वा प्रधानमन्त्रीको परामर्श बिना स्टेटमेन्ट दिने अधिकार राष्ट्रपतिलाई नभएको नभएको जिकिर गर्छन्। ‘अहिले राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गरिन्। त्यो विवादित समेत भयो,’ अधिकारीले भने, ‘भित्र राष्ट्रपति र प्रधानमन्त्रीबीच परामर्श भयो वा भएन, त्यो थाहा भएन। तर हामीले बाहिर भयो होला भन्ने बुझ्छौं। यदि प्रधानमन्त्रीले यस्तो होइन, यस्तो हो भने मात्रै सबै स्पष्ट हुन्छ।’ प्रधानमन्त्रीले गर्नुपर्ने काम कार्यकारी जस्तै भएर गर्न राष्ट्रपतिलाई संविधानिक अधिकार नभएको अधिकारीले स्पष्ट पारे। 

पार्टी बैठकमा समेत हस्तक्षेप 
२९ मंसिरदेखि सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चलिरहेकै बेला राष्ट्रपति भण्डारीले नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, प्रदीप ज्ञावली, देव गुरुङ, जनार्दन शर्मा, युवराज खतिवडा, देवेन्द्र पौडेल, शक्ति बस्नेतलाई निवासमै बोलाएर सरकारको प्रभावकारिता र पार्टीको कार्यदिशाका सम्बन्धमा निर्देशन दिइन्। यो पुस ५ गतेको कुरा थियो। बैठक भने ६ गते मात्र समापन भएको थियो। पुस ५ गते बैठक सुरु भएको एक घण्टा ढिला आएपछि अध्यक्ष प्रचण्डसहित नेता भीम रावल, रघुजी पन्त, वेदुराम भुसाललगायतका नेताहरू चकित भए। यति धेरै नेताहरु एकै पटक कहाँबाट आए र  किन ढिलो गरे भनेर मुखामुख भयो। 

अन्तमा प्रदीपकुमार ज्ञावलीले राष्ट्रपतिले लन्चका लागि बोलाउनु भएको आउँदाआउँदै ढिलो भएको जवाफ दिए। लगत्तै बैठकमा सहभागी भीम रावल, रघुजी पन्त, वेदुराम भुसाललगायत नेताहरूले राष्ट्रपतिले आफ्नो संवैधानिक दायराभन्दा बाहिर गई राजनीति गर्ने गरेको भन्दै आलोचना गरे। राष्ट्रपतिलाई राजनीति गर्ने रहर भए फिल्डमा आउन चूनौतीसमेत दिए। बैठक हलभित्र एकछिन सम्हाल्नै नसक्ने गरी होहल्ला भयो।

आफूमाथि प्रश्न गरेपछि ज्ञावलीले क्षमा माग्दै गल्ती भएको भन्दै राष्ट्रपतिलाई भेटेको विषयलाई जोडेर विवादमा नतान्न आग्रह गरे। उताबाट भीम रावललगायत नेताहरू सवालजवाफ गर्न थालेपछि प्रचण्डले सम्हाल्दै यसरी बैठक चल्दाचल्दै राष्ट्रपतिलाई भेट्दा बाहिर सन्देश राम्रो नजाने भन्दै आउने दिन यस्तो नगर्न सुझाएपछि हल शान्त भयो।

Ncell 2
Ncell 2
nimb
nimb

स्थायी कमिटीको बैठक चल्दाचल्दै राष्ट्रपतिले ती नेताहरूलाई बोलाएर संविधानमै समाजवादउन्मुख शब्द भएकाले भएकाले निर्दिष्ट लक्ष्यप्राप्तीको मोडल, पार्टीको कार्यदिशलगायतका विषयमा समेत छलफलमा गरेकी थिइन्। देशमा भएको कृषि, वन, पर्यटनलगायतका स्रोत र साधनबाट कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीसँग जिज्ञासा राखेर छलफल गरेकी थिइन्। 

ओली र प्रचण्ड सहमतिकी साक्षी
१७ असोज २०७४ सालमा एमाले माओवादी ६०/४० प्रतिशतका आधारमा चुनावी तालमेल हुने सहमति भयो। यसरी तालमेलपछि १० र २१ मंसिरमा भएको निर्वाचनबाट नेकपाले झन्डै दुई तिहाई मत प्राप्त गर्‍यो। सरकारको बागडोर अध्यक्ष केपी ओलीले सम्हाल्ने भएपछि अध्यक्ष प्रचण्डको भूमिकालाई लिएर लामो छलफल भयो।

दुई अध्यक्षले लामो समय छलफल गर्दासमेत निष्कर्षमा पुग्न नसकेपछि ३ फागुनमा राष्ट्रपति भण्डारीलाई साक्षी राखेर पाँचवर्षे प्रधानमन्त्री कार्यकालमा अध्यक्ष ओली र प्रचण्डले आधाआधा चलाउने सहमति भयो। सहमति भएपछि ३ फागुन २०७४ सालमा प्रधानमन्त्रीको अध्यक्ष ओलीले राष्ट्रपतिबाट सपथ खाएर मन्त्रिमण्डल गठन गरे। 

राष्ट्रपति विद्यादेवी भण्डारी (दायाँ)का साथमा नेकपा अध्यक्षद्वय ओली (बीच) र प्रचण्ड (बायाँ)।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको सहमतिको समय नजिकिँदै गर्दा प्रचण्डको भूमिकालाई लिएर पूर्वमाओवादी समूह मात्रै होइन, माधव नेपाल पक्षले समेत 'एक पद, एक जिम्मेवारी'को विषय उठाउन थाल्यो। सरकार र पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्डको भूमिका के हुने भन्ने सम्बन्धमा फेरि लामै समय छलफल चल्यो। अध्यक्ष ओली र प्रचण्डबीच लामो समय छलफल बैठकबाट टुंगो लाग्न नसकेपछि ४ मंसिर २०७६ सालमा राष्ट्रपति भण्डारीलाई साक्षी राखेर कार्यविभाजन भयो। अध्यक्ष ओलीले पूरै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने ‍र अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भयो। 

सरकार र पार्टीमा महत्वपूर्ण निर्णय गर्दा अध्यक्ष ओली र प्रचण्डले राष्ट्रपतिसँग परामर्श गरेरै निर्णयमा पुग्ने गरेका छन्। नेकपामा बाहिर प्रचण्ड-ओली-नेपाल समूह मात्रै चर्चा हुने गरेपछि हरेक भागबन्डामा राष्ट्रपति समूहले समेत भाग लिने गरेको छ। पछिल्लो समय माओवादी समूहका नेताहरु समेत राष्ट्रपति समूहले बोलाउने भेलामा सहभागी हुन थालेका छन्।

पार्टी, सरकार र राजनीतिक नियुक्तिमा समेत हस्तक्षेप
माधव नेपाललाई तेस्रो वरीयताबाट चौथो वरीयातामा झार्न र वामदेव गौतमलाई उपाध्यक्ष बनाउन राष्ट्रपति निवासमा धेरै पटक छलफल भयो। अध्यक्षद्वय ओली र प्रचण्डको सल्लाहमा राष्ट्रपतिले झलनाथ खनाल र वामदेव गौतमसँग लामो समय परामर्श गरी ३१ साउनको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाइयो। नेपाललाई तेस्रो वरीयताबाट चौथोमा झारियो भने खनाललाई तेस्रो वरीयतामा उकालियो।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री ओलीले ४ मंसिरमा बालुवाटार बोलाएर राजीनामा दिन आग्रह गरे। तर, राष्ट्रपतिको बलियो साथ पाएकी तुम्बाहाङ्फेले प्रधानमन्त्रीले राजीनामा दिन दिएको आग्रह इन्कार गरिन्।

पदबाट राजीनामा दिन नेकपाले आग्रह गरेपछि नेपाल लाइभसँग कुराकानी गर्दै तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे। तस्बिर : निमेषजंग राई/नेपाल लाइभ

पछि तुम्बाहाङ्फेले संसदको पाँचौ अधिवेशनको अध्यक्षता गरेर बैठक बोलाइन्।

यस्तै ओली सरकार गठन हुँदा राष्ट्रपतिकै जोडबलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी थिइन्, थममाया थापा। थापाले सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीले ४ मंसिरमा हटाएका थिए। 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा भगवान कोइराल पहिलो नम्बरमा र डा धर्मकान्त बाँस्कोटालाई दोस्रो नम्बरमा सिफारिस गरेका थिए। तर, राष्ट्रपतिकै जोडबलमा बास्कोटा १७ कात्तिकमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति भए। बास्कोटा राष्ट्रपतिको पार्टीगत सम्बन्ध मात्र होइन, पारिवारिक नातासमेत भएकाले पहिलो रोजाइमा परेको चर्चा अझसम्म पनि हुने गरेको छ। 

तत्कालीन राष्ट्रपति यादवभन्दा भण्डारी विवादित
तत्कालीन राष्ट्रपति डा रामवरण यादव राष्ट्रपति भण्डारीभन्दा तटस्थ देखिन्थे। आफ्नो कार्यकालमा यादवले केही राजनीतिक मुद्दामा बाहेक पार्टी र सरकारमा हस्तक्षेप गरेका थिएनन्। तर, राष्ट्रपति भण्डारीले सरकार नेकपा पार्टीभित्रै हस्तक्षेप गरेर आफू अनुकुल निर्णय गराउन सफल भएकी छन्। तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रुकमांगत कटुवाल हटाएपछि राष्ट्रपति यादवले थमौती दिएका थिए। यो विषयमा भने तत्कालीन राष्ट्रपति यादव विवादमा तानिएका थिए। विवाद उत्कर्षमा पुगेपनि पछि सामान्यीकरण हुँदै गएको थियो। 

३ असोज २०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान घोषणा गर्ने क्रममा राष्ट्रपति यादवले संविधानमा हस्ताक्षर गर्न मानेका थिएनन्। कोइरालाको दबाब झेल्न नसकेपछि राष्ट्रपति यादवले संविधानमा हस्ताक्षर गरेका थिए। संविधान घोषणा गरेपछि राष्ट्रपति 'मुटुमाथि ढुंगा राखेर संविधानमा हस्ताक्षर गरेँ' भन्दै घुमाउरो पारामा असन्तुष्टि जनाएका थिए। 

तत्कालीन राष्ट्रपति यादवका यिनै विषय अलि विवादित बनेका थिए। तर राष्ट्रपति भण्डारीलाई विलासिताको गाडी प्रयोग गरेको मात्र नभएर निजी प्रयोगका लागि महंगो हेलिकोप्टर खरिद गरेकोदेखि लिएर सवारी जाम गराएर यात्रा गर्ने गरेको भन्दै जनस्तरबाटै व्यापक विरोध हुँदै आएको छ। राष्ट्रपतिले विरोधलाई आफूमाथि कपोलकल्पित आरोप लगाएको जस्तो गरी बेवास्ता गर्दै आएकी छन्। तत्कालीन यादव भने विलासिताको गाडी प्रयोगदेखि अन्य राजनीति गतिविधिमा संलग्न भएको आरोपबाट अछुतै थिए। 

के छ संवैधानिक व्यवस्था?
संविधानको भाग-६, धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ। 'राष्ट्रपतिले यो संविधान वा संघीय कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ,' धारा ६६ उपधारा (१)मा भनिएको छ। 'उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ,' सोही धाराको उपधारा (२)मा उल्लेख छ। यस्तै उपधारा (३)मा 'उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानुनबमोजिम हुनेछ,' भनी उल्लेख छ। 

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १९:१९
  • #rajniti
  • #rastrapati

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्