• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘जि–टू–जी खरिद प्रक्रियामा सरकारको प्रतिनिधि सेना हुन सक्दैन’

64x64
रामकुमार डिसी शनिबार, चैत २२, २०७६  ०७:४७
1140x725

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रिया निकै विवादित बनेपछि सरकारले यसको जिम्मा नेपाली सेनालाई दिएको छ। 

नेपाली सेनालाई चीनबाट सामाग्री खरिदको जिम्मा दिने निर्णय गत आइतबार बसको मन्त्री परिषद बैठकले नै गरेको गरेको बिहीबा खुलासा भयो। उक्त निर्णयमा सरकार–सरकार (जि–टू–जी) प्रक्रिया अन्तर्गत स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने उल्लेख छ। 

तर, सुरक्षा मामिलाका जानकारहरु भने सरकार–सरकार (जि–टू–जी) खरिद प्रक्रियामा नेपाली सेनाले सरकारको प्रतिनिधित्व गर्न नसक्ने बताउँछन्। 

‘सरकारले गरेको निर्णय नै विरोधभाष छ, किभने एकातिर मन्त्री परिषद बैठकले जिटूजी गर्ने भनेको छ,’ सुरक्षा मामिलाका विज्ञ गेजा शर्मा वाग्ले भन्छन्, ‘यो भनेको सरकार–सरकारबीचको सम्झौता हो। जस्तो नेपाल सरकारले भारत, चीन सरकारसँग गर्न सक्ने भयो। नेपाल सरकारको प्रतिनिधित्व नेपाली सेनाले गर्दैन। नेपाल सरकारको प्रतिनिधित्व मन्त्रिपरिषदले गर्छ। अथवा मन्त्री वा कुनै मन्त्रालयले गर्छ।’

वाग्ले गैरसैनिक खरिद प्रक्रिया नेपाली सेनाको क्षेत्राधिकारभित्र नपर्ने पनि बताउँछन्। उनी भन्छन, ‘गैरसैनिक खरिद प्रक्रिया नेपाली सेनाको क्षेत्राधिकारभित्र पदैन। नेपाली सेनाको क्षेत्राधिकारभित्र नपर्ने र विवादास्पद हुने भएकाले यो खरिद प्रक्रियामा नेपाली सेना सहभागी नहुनु नेपाली सेना, राष्ट्रिय सुरक्षा र हाम्रो लोकतान्त्रिक प्रणालीका लागि पनि राम्रो हुन्छ।’

अर्का सुरक्षा मामिला विज्ञ डा इन्द्र अधिकारीको पनि त्यस्तै धारणा छ। ‘जिटुजी गर्ने भन्ने छ,’ अधिकारी भन्छिन्, ‘जिजूटी गर्ने नै हो भने त सरकारले गर्नुपर्‍यो। नेपालबाट परराष्ट्र सहभागी हुन्छ, उता चीनको कूटनीतिक मिसनले डिल गर्छ। त्यहाँ सेना किन चाहियो? त्यहाँ सेनाको आवश्यक्तै छैन।’

दुवै सुरक्षा मामिला विज्ञ स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सरकारले नेपाली सेनालाई दिँदा नागरिक सरकार असफल भएको सन्देश गएको र यो लोकतान्त्रिक प्रणालीका लागि खतराको संकेत भएको बताउँछन्। 

० ० ० 
‘राष्ट्रिय सेनाको छवि विवादस्पद हुनु दुःखद’

nimb
nimb

गेजा शर्मा वाग्ले, सुरक्षा मामिला विज्ञ

राष्ट्रिय संकटको घडीमा महामारीको नियन्त्रण गर्न राज्यका सुरक्षा निकायहरुलाई राज्यले प्रयोग गर्नु स्वभाविक हो। किनभने त्यो सबै सुरक्षा निकायको क्षेत्राधिकार पनि हो। विपदको घडीमा सहयोग गर्नु स्वभाविक पनि हो। तर, अहिले जुन विवादास्पद निर्णय गरियो, मेडिकल सामाग्री खरिद प्रकरण नै विवादस्पद भयो। त्यो खरिद प्रक्रिया विवादास्पद भएपछि सम्झौतालाई रद्द गरियो। रद्द गरेर सार्वजनिक संचार माध्यममा समाचार सार्वजनिक भए अनुसार मन्त्रिपरिषदले नै सरकार–सरकार(जिटूजी) अन्तर्गत नेपाली सेनामार्फत खरिद गर्ने निर्णय गर्‍यो भन्ने आएको छ।

यसले नागरिक सरकार असफल भएको सन्देश गएको छ। लोकतान्त्रिक प्रणालीका लागि यो अत्यन्त दुःखद पक्ष हो। 

नागरिक सरकार असफल भएपछि उक्त क्षेत्राधिकार सेनालाई दिएर सेनाले नै सबै संकटको घडीमा समस्याको समाधान गर्ने रहेछ भन्ने सन्देश गयो। यसले गर्दा सेनाको महत्त्वाकांक्षा बढ्ने भयो। नेपाली सेना भनेको राष्ट्रिय सेना हो। यो कुनै पनि विवादमा मुछिनु राम्रो होइन।

खरिद प्रक्रियामा अहिले जुन खाले विवाद भयो, त्यो भोलि नेपाली सेनामार्फत पनि गरियो भने पनि अर्को विवाद आउन सक्छ। त्यसले गर्दा नेपाली सेना पनि विवादमा आउने भयो। राष्ट्रिय सेना विवादमा आउनु र राष्ट्रिय सेनाको छवि विवादस्पद हुनु यो लोकतान्त्रिक प्रणालीका दृष्टिले पनि राम्रो भएन। राष्ट्रिय सुरक्षाका दृष्टिले पनि राम्रो भएन। राष्ट्रिय सेनाको छविको दृष्टिले पनि राम्रो भएन। 

सरकारले गरेको निर्णय नै विरोधभाष छ, किनभने एकातिर मन्त्री परिषद बैठकले जिटूजी गर्ने भनेको छ। यो भनेको सरकार–सरकारबीचको सम्झौता हो। जस्तो नेपाल सरकारले भारत, चीन सरकारसँग गर्न सक्ने भयो। नेपाल सरकारको प्रतिनिधित्व नेपाली सेनाले त गर्दैन। नेपाल सरकारको प्रतिनिधित्व मन्त्रिपरिषदले गर्छ। अथवा मन्त्री वा कुनै मन्त्रालयले गर्छ। 

नेपाली सेना र चिनियाँ सेनाकाबीचमा लेनदेन र सहकार्य हुनसक्छ। यस्तै नेपाली सेना र भारतीय सेनाकाबीचमा पनि हुनसक्छ। अन्य सेनाहरुसँग पनि हुने भयो। यदि जिटूजी प्रक्रिया अन्तर्गत खरिद गर्न खोजिएको हो भने त नेपाल सरकार र चिनियाँ सरकारका बीचमा हुनुपर्‍यो। समाचारहरुमा भनिए जस्तै जिटूजी मार्फत मेडिकल समान खरिद किन्न जिम्मेवारी दिइएको हो भने मन्त्रिपरिषद् निर्णय नै त्रुटीपूर्ण र बदनियतपूर्ण छ।

गैरसैनिक खरिद प्रक्रिया नेपाली सेनाको क्षेत्राधिकारभित्र पदैन। नेपाली सेनाको क्षेत्राधिकार भित्र नपर्ने र विवादास्पद हुने भएका कारणले गर्दा यो खरिद प्रक्रियामा नेपाली सेना सहभागी नहुनु नेपाली सेना, राष्ट्रिय सुरक्षा र हाम्रो लोकतान्त्रिक प्रणालीका लागि पनि राम्रो हुन्छ। 

० ० ०

‘सरकारको बैधतामा प्रशन उठ्न सक्छ’
डा इन्द्र अधिकारी, सुरक्षा मामिला विज्ञ

यो–यो कारणले सेनालाई दिनुपर्छ भनेर पारदर्शीरुपमा बाहिर ल्याइएन। अको कुरा, सुरुमै सेनालाई दिने अभ्यास गरिएन। किनभने स्वास्थ्य मन्त्रालय आफैं सुरुमा संलग्न भयो। त्यहाँ धेरै विवाद आए। कतै एउटा यस्तो ठाउँ देखिएन, जहाँ नागरिक संयन्त्रले गरेको कामचाहिँ न्यायसंगत, पारदर्शी र इमान्दारिता रहेको होस्। यो धेरै बदनाम भयो र अहिले साँच्चै भन्ने हो भने सरकरालाई नै संकट भएको छ। यो अवस्थामा सेनालाई दिने भनेको सिभिलियनहरुले सकेनन् भन्ने प्रमाणित गरेको हो। र, सक्ने भनेको हामीसँग भएको एउटै संस्था सेना हो भन्ने कुरा स्थापित गरियो। विशेषज्ञताको हिसाबले यसको क्षेत्राधिकार भनेको स्वास्थ्य मन्त्रालयको हो। 

जिटुजी गर्ने भन्ने छ। जिजूटी गर्ने नै हो भने त सरकारलै गनुपर्‍यो। यहाँ परराष्ट्रले सहभागी हुन्छ, उता चीनको कूटनीतिक मिसनले डिल नेपाली गर्छ। त्यहाँ सेना किन चाहियो? त्यहाँ सेनाको आवश्यक्तै छैन। स्वाथ्यकै जसले गल्ती गर्‍यो त्यसलाई कारबाही गर्न छाडेर, त्यसका ठाउँमा इमान्दार मान्छे ल्याउन छाडेर नागरिक संस्थालाई नै कमजोर बनाउने गरी सेनालाई दिनु राम्रो होइन। यसमा हाम्रो दूरदर्शीताको कुरा पनि जोडिन्छ। 

संकट सधै आउँछ । र, संकट समाधान गर्ने गरी नागरिक संस्थालाई बलियो गराउनुको सट्टा त्यसलाई बेवास्ता गरेर सेनाकै भर पर्न थालिएको छ। यो भनेको एकदमै खतरानाक सन्देश हो। यो भनेको, अब कुनै पनि नागरिक संस्था, नेतृत्वहरु र प्रयासहरु पूर्णत असफल भए। ती भ्रष्ट र असक्षम मात्रै हुन, एउटा मात्रै नेपालमा सक्षम संस्था कुनै छ भने त्यो सेना मात्रै हो भन्ने सन्देश यसले जान्छ। 

सेनालाई चाहिँ नागरिक सरकारभन्दा माथि बनाउने अथवा त्यो खालले स्थापित गर्न खोजिएको जस्तो देखिन्छ। अहिले पनि सेना आऊ, देश बचाऊ भन्ने हरेक पार्टीमा छन्। यस्तो पार्टी छैन्, जसले सेना आऊ, देश बचाऊ नभनोस्। सेनालाई प्रमोट गर्ने खालको डिजाइन अलिकति पहिलेदेखि नै थियो। अहिले चाहिँ सरकारले जानेर, नजानेर फेरी पनि त्यही लाइनलाई समात्ने कोसिस गरिरहेको छ। 

सेनाभित्र भ्रष्टाचार छैन भन्ने पुरानो मान्यता हो। अहिले सेनाभित्रै भ्रष्टाचार छ भनेर स्वयं सेना प्रमुखले नै कारबाही गर्न सिफारिस गरिरहनुभएको छ। 

अझैं पनि सेनालाई यस्ता काम दिनु भनेको सेनाको पनि बचेखुचेको साख गिराउनु हो। र, यसमै सरकारको वैधता र अधिकारमै प्रशन उठाउनेहरुले त्यो उठाउन सक्छन्। त्यो मौकाचाहिँ यसले दिन्छ फेरी पनि।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  ०७:४७
  • #coronaupdate
  • #NepalArmy

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्