एजेन्सी- ट्युनिसिया सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको लकडाउनको अनुगमनका लागि रोबोट प्रहरी खटाएको छ। उसले ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको अनुगमनका लागि रोबोट खटाएको हो।
रोबोट प्रहरीले सहरको कुना कुनाको अनुगमन गर्नेछ र यदी कोही सडकमा निस्किएको भेटे किन बाहिर निस्कएको भनेर सोधपुछ समेत गर्नेछ। रोबोटले भेटेको अवस्थामा क्यामरामा आफ्नो परिचय पत्र देखाउनु पर्ने र प्रहरी अधिकारीले छानविन गरेपछि मात्र घर फर्कन दिने बिबिसीले लेखेको छ।
ट्युनिसियामा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएपछि लागेको लकडाउन दोस्रो हप्तामा चलिरहेको छ। ट्युनिसियामा ४३६ जना उपचाररत छन्। लकडाउनमा अतिआवश्यक अवस्थामा बाहेक घर बाहिर निस्कन रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।