• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसबाट निको भएकी महिला भन्छिन्- मेरो रगतले रहस्य पत्ता लगाउनेछ

64x64
नेपाल लाइभ शुक्रबार, चैत २१, २०७६  १४:१२
1140x725
टिफानी पिन्क्नी

न्यूयोर्क- कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ। न्यूयोर्क सहरकी यी ३९ वर्षीया आमा निको मात्र भइनन् उनले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रचिन्। उनले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पुर्‍याउन आफ्नो रगत दान गरेकी छन्।

पिन्क्नीले एसोसिएटेड प्रेसलाई भनिन्, 'मेरो रगतमा सायद कोरोनाको उपचारसँग जोडिएका प्रश्नहरुको उत्तर हुन सक्दछ। यो कुरा थाहा पाउँदा मलाई अति खुसी लागेको छ।'

विश्वभरका चिकित्सकहरूले संक्रामक रोगलाई फैलिन नदिन शताब्दियौं पुरानो उपचार पद्धतिलाई बेवास्ता गरिरहेका छन्ः अर्थात् नयाँ कोरोनाभाइरसलाई परास्त गर्न रक्त प्लाज्माको प्रयोग। हुनत यसले बिरामी व्यक्ति ठीक भइहाल्छ भन्ने कुनै प्रामाणित तथ्य त छैन। तर ह्युस्टन र न्यूयोर्कमा उपचारपछि ठीक भएका धेरै व्यक्तिहरु आफ्नो रगत दान गर्न उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन्। अस्पताल र रक्त केन्द्रहरू पनि यसको नतिजालाई पर्खेर तयारी अवस्थामा बसेका छन्। 

न्यूयोर्कको माउन्ट सिनाई अस्पतालका अध्यक्ष डा डेभिड राइखले भने, 'अहिले यो विधिका बारेमा चौतर्फी चासो छ, र मानिसहरु यो विधि अपनाउन भनिरहेका छन्।' यही अस्पतालमा टिफानीको उपचार गरिएको र निको पनि भएकी थिइन्। 

'यो रोग लागेपछि मानिसहरु निःसहाय अनुभव गर्दछन्। कतिपयले जीवनको आशा मार्छन्। रक्तदानले अरु हजारौंको जीवन बचाउन सक्ने सम्भावना छ।' उनले भने, 'उपचार चलिरहेको बेला, हामी केवल यो आशा गर्छौं कि यसले काम गर्छ।'

इतिहासका पुस्तकहरूमा 'कन्भलेसेन्ट सेरम' भनिने यो प्लाज्मालाई सन् १९१८ को महामारीका दिनहरुमा पनि प्रयोग गरिएको थियो। नयाँ आधुनिक औषधि प्रयोगमा आउनुअघि दादुरा, ब्याक्टेरियल निमोनिया र अरु धेरै किसिमका संक्रमण विरुद्ध पनि यसलाई प्रयोग गरिएको थियो। किन? 

जब संक्रमणले मानिसलाई आक्रमण गर्न थाल्छ, शरीरले प्राटिनको रुपमा एन्टीबडी उत्पादन गर्दछ र यसले शरीरभित्र प्रवेश गरेका विषाणु विरुद्ध लड्छ। यी एन्टिबडी मानिसको शरीरको रगतमा तैरिरहेको हुन्छ, र विशेषगरी यो प्लाज्मामा रहेको हुन्छ अर्थात् रगतको पहेंलो तरल भाग। यो एन्टिबडी तत्व रगतमा महिनौं, वर्षौंसम्म रहन्छ।  

'जब नयाँ रोगहरू देखा पर्दछन् र वैज्ञानिकहरू खोपहरू वा औषधिहरूको लागि दौडिरहेका हुन्छन् त्यसबखत यो 'एक द्रुतगतिको पहिलो उपाय हो जुन हामी चाँडै राख्न सक्छौं,' सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालय स्कूल अफ मेडिसिनका डा जेफ्री हेन्डरसनले बताए। यस विश्वविद्यालयले प्लाज्माको सम्भावनाका बारेमा देशव्यापी अध्ययनको नेतृत्व गरिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो 'आफैँमा उपचार पक्कै होइन, तर यो रोगको गम्भीरतालाई कम गर्ने एक तरिका हो,' हेन्डरसनले भने।

चिकित्सकहरुलाई यद्यपि कोरोना भाइरसबाट निको भएका व्यक्तिको एन्टिबडीले कहिलेसम्म काम गर्दछ भन्ने थाहा छैन।तर, अहिलेका लागि, 'तिनीहरू सडकमा सबैभन्दा सुरक्षित व्यक्तिहरू हुन्' सियाटलमा ब्लडवर्क नर्थवेस्टका डा रेबेका हेलीले भनाइ छ। यो संस्थाले रक्तदाताको पहिचान गर्दछ।

गत हप्ता, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले अस्पतालहरूलाई सम्भावित प्लाज्मा प्रयोग कसरी गर्ने भन्ने बारेमा एउटा निर्देशिका नै जारी गरेको छ। एफडिएले हरियो बत्ती बाल्नासाथ ह्युस्टन मेथोडिष्ट अस्पताल र माउन्ट सिनाई अस्पतालले प्लाज्माको प्रयोगको सम्भावना खोज्न थालेका छन्। 

निराश मानिसहरु आफ्ना बिरामी प्रियजनको जीवन बचाउन रक्तदातालाई अनुरोध गर्दै सामाजिक सञ्जालमा सोध्न थालेका छन्। मिसिगन स्टेट युनिभर्सिटीका अनुसार एक हजारभन्दा बढी व्यक्तिले नेसनल कोविड–१९ कन्भलेसेन्ट प्लाज्मा प्रोजेक्टमा प्लाज्मा दान गर्नेगरी हस्ताक्षर गरेका छन्।  प्लाज्मा दान र अनुसन्धानलाई प्रोत्साहित गर्न दर्जनौं अस्पतालहरूले मिलेर उक्त समूह गठन गरिएको हो।

Xtrem

Xtrem

निको भएका र रक्तदान गर्न चाहने दाताहरू रक्तदान केन्द्रमा आउनै पर्छ भन्ने छैन। सर्वप्रथम उनीहरुले आफूलाई कोरोनाभाइरस नभएको प्रमाणित गर्नु पर्दछ। त्यसका लागि उनीहरुको केही हप्ता परीक्षण गरी भाइरस नरहेको सुनिश्चित गरिने छ। तिनीहरू रक्तदानका लागि अन्य आवश्यकताहरू पूरा गर्न पर्याप्त स्वस्थ पनि हुनु पर्दछ। साथै उनीहरूको एन्टिबडीको स्तर पर्याप्त छ कि छैन भनेर जाँच गर्न थप परीक्षण लिइन्छ। 

'तपाईं त्यस्तो व्यक्तिबाट प्लाज्मा लिन सक्नुहुन्न जसको औसत रोग–प्रतिरोधात्मक क्षमता छ। त्यो सहयोगी हुने छैन,' राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच)की डा जुली लेजरवुडले बताइन्।

चिनियाँ चिकित्सकहरूले गत हप्ता कन्भलेसेन्ट प्लाज्मा दिएका पाँच जना बिरामीमा केही हप्ता पछि केही सुधार भएको बताएका छन्। तर तिनीहरूलाई अन्य थेरापी पनि दिइएको थियो, र व्यापक अध्ययन बिना प्लाज्माले काम गरेको छ छैन भन्न सकिन्न। 

कन्भलेसेन्ट प्लाज्माले काम गरेको छ छैन भन्ने जाँच्न बिरामीहरूको नियमित हेरचाह, परीक्षण गर्ने योजना अघि बढाइएको छ। 

अर्कोतर्फ, एनआइएच अनुसन्धानकर्ताहरूले कोरोनाबाट बाँचेकाहरुको एन्टिबडी स्तर मापन गर्दैछन्। बेइजिङको सिंघुवा विश्वविद्यालयमा अन्य टोलीहरूले प्लाज्माको प्रयोग मार्फत् एन्टिबडी बनाउन र त्यसलाई औषधिमा राख्न सकिने वा नसकिने भन्दै अध्ययन गरिरहेका छन्। 

तर टिफानी जस्ता व्यक्तिहरूले गर्ने रक्तदानलाई रक्त केन्द्रहरूले कति चाँडो प्रशोधन गर्न सक्छन् भन्नेमा पनि निर्भर हुनेछ। मार्चको पहिलो हप्ता उनी बिरामी परेकी थिइन्। उनलाई सुरुमा ज्वरो आएको थियो। श्वास फेर्न कठिन हुनुका साथै लामो श्वास लिँदा छातीको दुःखाई अनुभव भएको थियो। एकल आमा टिफानीलाई आफ्ना ९ र १६ वर्षका छोराहरुको चिन्ता थियो। 

'मलाई मेरो बाथरूमको भुइँमा रोइरहेको र प्रार्थना गरेको याद छ,' ३९ वर्षीया टिफानीले सुनाइन्। 

त्यसपछि उनलाई परीक्षण र उपचारका लागि माउन्ट सिनाई अस्पताल पुर्‍याइयाे। उनी अस्पतालमा ठीक भइन्, र अस्पतालले रक्तदान गर्नुहुन्छ भनी उनलाई सोध्यो। उनले अस्पतालको अनुरोधलाई तत्कालै स्वीकार गरिन्।

'यो अरू कसैका लागि आशाको एक प्रकाश हो,' उनी आफ्नो रगतले अरुको जीवन बाँचेको खबर सुन्न व्यग्रताका साथ पर्खिरहेकी छन्। 

लाउरान नीगार्ड र मार्शल रिजेल (रासस–एपी)

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्