• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

६ दिनसम्म पनि उठ्न सकेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव

परिवार र आफन्तद्वारा छानबिनको माग 
64x64
दीपक घिमिरे शुक्रबार, चैत २१, २०७६  १३:१८
1140x725

बुटवल–रुपन्देहीको सैनामैना ४ सैसौडाडाका ३४ बर्षीय बाबुराम थापाको गत १६ चैतमा बुटवलको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। बुटवलको धागो कारखानामा निर्माण गरिएको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका थापाको शव ६ दिन बित्दा पनि उठेको छैन। कोरोनाको लक्षण देखिएपछि कोरोना अस्पतालको आईसोलेसन वार्डमा उपचारमा लगिएका उनको भर्ना गरिएको चार दिनमा मृत्यु भएको थियो। 

चैत ६ गते दुबईबाट काठमाडौं आएका थापा ७ गते बसबाट रुपन्देहीको मुर्गिया आएका थिए। काठमाडौंबाट आउने क्रममै सामान्य ज्वरो आएपछि झण्डै एक हप्ता घरमै बसेर उपचार गराएका उनलाई एक्कासी उच्च ज्वरो र सास फेर्न समस्या भएपछि १३ चैतमा अस्पतालमा उपचारका लागि लगिएको थियो। 

कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका थापाको स्वाब परीक्षण गर्दा कोरोनाको लक्षण देखिएन। उनको कोरोना रिपोर्ट नेगेटिभ आयो । कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनको के कारणले मृत्यु भयो भनेर अस्पतालले भन्न सकिरहेको छैन। 

थापाको मृत्युको कारण नखुलेपछि उनका परिवार र आफन्तले अहिलेसम्म शव बुझेका छैनन्। परिवार र आफन्तले उपचार नपाएर मृत्यु भएको भन्दै घटनाको सत्य तथ्य छानबिनको माग गर्दै आएका छन्।   

मृतक थापाकी श्रीमती रिताले रुघाखोकी र ज्वरो आएर अस्पताल गएका श्रीमानको उपचार नपाएकै कारण मृत्यु भएको दावी गर्दै आएकी छन्। 

‘चारदिन अघि आफै रिक्सा चढेर हाँसीखुसी जानुभएका श्रीमानलाई अस्पतालले उपचारै नगरेर मारेको हो। सरकारले मलाइ न्याय दिनुपर्‍यो। उपचारमा गल्ती गर्नेलाई कारबाही हुनुपर्छ,’ श्रीमती रीताले भनिन्। 

मृतकका माईला दाजु बिमल थापाले भाइको मृत्युको कारण अस्पतालले बताउनु पर्ने बताए । उनले भाइका दुइ छोराको पढाइ खर्च र बुहारीलाई जागीरको व्यवस्था गरिदिनु पर्ने माग गरे। ‘भाइ त फर्केर आउदैनन् तर अस्पतालकै लापरबाहीले सहाराविहीन बनाएकी बुुहारी र छोराहरुको त बिजोग हुन दिनु भएन नि’ क्वारेन्टाईनमा रहेका मृतकका दाजु बिमलले भने।

श्रीमती रिताका अनुसार अस्पतालका डाक्टर, नर्सहरुले हेरविचार नगरेको र खानपिनको राम्रो व्यवस्था नभएको समेत गुनासो गरिन। उनले फोन सम्बादमा भनिन्,‘म बसेको ढोकाभित्र कोही पस्दैनन्। ज्वरो नाप्ने थर्मामिटर दिएका छन् आफै नापेर टिपाउनु पर्छ,’ खाना र औषधि पनि टाढैबाट हुत्याइदिन्छन्। तै पनि चिन्ता नलिनु, उपचार गर्नैपर्‍यो भन्नुहुन्थ्यो,’ रीताले आफना श्रीमानसँगको फोनबार्ता सुनाइन्।

nimb
nimb

बाबुरामले शनिबार साँझ साढे ८ बजेतिर फोनमा आफू छिट्टै निको भएर फर्कने भन्दै रीतालाई चिन्ता नलिन र छोराहरुको ख्याल गर्न भनेका थिए। आइतबार बिहानै रिताले फोन गर्दा बाबुराम बोल्न सक्ने स्थितिमा थिएनन्। श्रीमान नबोलेपछि उनी हतार–हतार एम्बुलेन्स चढेर अस्पताल पुगिन्। 

बिहान साढे ११ बजेतिर अस्पतालका डाक्टरले उनका श्रीमानको अवस्था गम्भीर भएको भनेका थिए। त्यसपछि उनी अस्पताल परिसरमा छट्पटाईन्। रातिसम्म पनि उनलाई सम्झाउन तथा समवेदनासमेत दिन आफन्त तथा जनप्रतिनिधि कोही पनि नआएपछि उनलाई अस्पतालले एम्बुलेन्स खोजेर उनी बस्ने ठाँउ मुर्गिया पठाएको थियो। 

कोरोना अस्पतालमा मृत्यु भएको खबर फैलिएपछि बुटवलमै रहेका उनका आफन्त, छिमेकी र साथीहरु समेत मृत्यु भएको ४ दिनसम्म कोही पनि अस्पताल आएनन्। घरमा ६ र ७ बर्षका दुइ छोराहरुलाइ पनि पानी खान दिने कोही भएनन् । 

मृतक थापाको कोरोना ल्याब रिपोर्ट नेगेटिभ आए पनि कोरोना अस्पतालमा मृत्यु भएको भन्दै आफू र आफना बालबच्चालाई कसैले नहेरेको उनले बताईन्। ‘कोरोना नै नभएका मेरा श्रीमानलाई किन त्यसरी अस्पतालमा थुनेर राखियो? समयमै ल्याब परीक्षण गरेर  किन औषधि चलाइएन?’ रीता पटक–पटक प्रश्न गर्ने गर्छिन्। 

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले थापाको उपचारको अभावका कारण मृत्यु नभएको दाबी गरे। ‘उपचार नपाएर मृत्य भयो भन्ने आरोप केवल आरोपमात्र हो, दुबईबाट आएका व्यक्ति, त्यो पनि नेपाल आएदेखि नै ज्वरो आएको व्यक्तिलाई अस्पताल नल्याएर किन घरमा राखेको त? अहिले आएर उपचार नपाएर म¥यो भन्ने,’ उनले भने, ‘समयमा उपचार गर्न नल्याउने, उपचारका क्रममा मृत्यु भएपछि उपचार नपाएर म¥यो भन्ने?’ उनले छानबिनको कुराका बिषयमा आफुहरुलाई केही थाहा नभएको बताए। छानबिन गर्ने भए घरबाटै छानबिन सुरु गर्नुपर्ने उनको भना छ। 

लकडाउनको समस्याले सवारीसाधनको अभावका कारण स्वाब परस्क्षणका लागि पठाउन ढिलाइ भएको मेसु खनालले स्वीकार गरे। नजिक प्रयोगशाला नभएका कारण स्वाब परीक्षणका लागि पठाउन समस्या भएको उनले बताए । 

आइसोलेसन अस्पताल भनिए पनि सो अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण, आइसीयु लगायतका सुविधा भने नभएको अस्पतालका एक चिकित्सकले बताए। 

अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले सो अस्पतालमा क्वारेन्टाइनतहको सेवा सुविधा उपलब्ध भएको बताए पनि अस्पताल विकास समिति र बुटवल उपमहानगरले भने आइसियु थपेर सुविधासम्पन्न बनाइने भन्दै प्रचारबाजी गरिरहेका छन्। 

चैत ६ गते दुबईबाट काठमाडांै आएका थापा ७ गते सैनामैना नगरपालिका ४ सिसौडाडास्थित डेरामा आएका थिए। सोही दिनदेखि उनलाइ ज्वरो आएको थियो। स्थानीय मेडिकलमा उपचार गराइ टाइफाइडको औषधि खाँदा पनि निको नभएपछि उनी मुर्गीया स्वास्थ्य चौकी पुगेका थिए। कोरोनाको लक्षण देखिएको र ट्राभल हिष्ट्रि भन्दै स्वास्थ्य चौकीले १३ गते बुटवलको कोरोना अस्पतालको आइसोलेसन वार्ड पठाएको थियो। १३ गते एक्लै  रिक्सा चढेर असपताल पुगेका थापा त्यही दिन भर्ना भए। तर भर्ना भएको चौथो दिन १६ गते मात्रै उनको स्वाब परीक्षणका लागि निकालेर पठाईएको थियो। स्वाब निकालेको केही समय पछाडि उनको मृत्यु भएको थियो । 

काग्रेस सांसदद्वारा छानबिनको माग 

कोरोना अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएपछि आफ्न्त र स्थानीयले छानबिनको मागसँंगै उपचार प्रक्रियाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत् छानबिन गर्न र पीडित परिवारलाई उचित राहत दिन कांग्रेस सांसदले माग गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका प्रदेशसभा सदस्य फखरुद्दिन खान र रमा अर्यालले थापाको उपचारमा अस्पतालको लापरवाही भएको भन्दै सर्वपक्षीय स्वतन्त्र छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारबाही गर्न माग गरेका छन्। 

उनीहरुले पीडित परिवारलाई उचित राहत प्याकेजको व्यवस्था गरी मृतकको शव उठ्ने वातावरण बनाउन मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षणसमेत गराएका छन्।

उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा ‘कोरोना विशेष नामकरण गरिए पनि भेन्टिलेटर, आइसीयूजस्ता आवश्यक उपकरण जडान नै नगरी अस्पतालमा बिरामी भर्ना गर्नु, १३ गते भर्ना भएका बिरामीको चार दिनसम्म स्वाब परीक्षण गर्न नपठाउनु अस्पताल र चिकित्सकको गम्भिर लापरवाही हो,’ भनिएको छ । 

उनीहरुले मृतक परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गर्दै दुई जना नाबालक छोराको पालनपोषण र शिक्षाको प्रबन्धका लागि प्रदेश सरकारले राहत दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १३:१८
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड शुक्रबार, भदौ १२, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी शुक्रबार, भदौ १२, २०८३
रसुवाबाट तिब्बत गएकाहरुलाई हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्