एजेन्सी- कोरोनाको संक्रमण बढ्दो छ। तर टोकियोको पार्कमा त्यसको ठुलो प्रभाव परेको देखिन्न। चेरी फुलेको हेर्न हरेक दिन टोकियोको पार्कमा भेला हुन्छन्।
कोरोना संक्रमण नियन्त्रणको एक मात्र प्रभावकारी उपाय एक्लै बस्नुलाई लिइएको छ। भिडमा नजाने,घरमै बस्ने । कुनै समस्या परेर निस्कन परे सुरक्षाका उपाय अपनाउँदै निश्चित दुरी कायम गर्न सरकारले आग्रह गरेका गर्यै छन्।
कोरोना संक्रमण बढिरहेका केही देशमा त लक डाउन पनि लागिरहेका छन्। तै पनि किन हो किन ब्यक्तिहरु सामाजिक रुपमा केही समयका लागि पनि सम्बन्ध तोड्न राजी देखिएका छैनन्। सरकारको आदेश उलंघका घटना बढिरहेका छन्। अर्कोतिर कोरोनाको संक्रमण पनि फैलिइरहेको छ।
जापान मात्रै हैन बेलायत अनी अमेरिकासँगै अष्ट्रेलिया र इटलीमामा समेत ब्यक्तीहरु सरकारको निर्देशन उलंघन गर्दै एक अर्कासँग भेटिरहेका घटना सार्वजनिक भइरहेका छन्।
सरकार केही समय घरमै बस्न भनिरहेको छ। तर नागरिक सकेसम्म सडकमा निस्कन अनी आफन्त र प्रियजन भेट्न लालायित भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।