एजेन्सी-भारतको मध्यप्रदेशको एक शहर भोपालका एक चिकित्सकको तस्बिर अहिले भाइरल भइरहेको छ। जसले उनको तस्बिर देखेका छन् मन परेर सेयर गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले समेत उनको तस्बिर सेयर गरेर कोरोना वारियर भन्दै प्रशंसा गरेका छन्।
तस्बिर हो चिकित्सक सुधिर डेहरियाको। उनी पाँच दिनपछि घर पुगेका थिए। तर उनी सरासर घरमा गएनन्। उनी घर बाहिरै बसे र उनको श्रीमतीले उनलाई घर बाहिरै चिया दिइन्। उनी घरको गेट बाहिर बसेर चिया पिइरहेको अनी गेटमा उभिएर उनको श्रीमती र सन्तानहरुले हेरिरहेको तस्बिर सार्वजनिक भए लगत्तै भाइरल भएको थियो।
उनी भोपालको सिएमएचओ हुन्। भोपालमा कोरोना भाइरस संक्रमितको संख्या त्यति धेरै त छैन तर शंका लागेर परिक्षण गर्न आउनेको संख्या बढीरहेको छ। यस्तो बेलामा उनी नियिमत घरमा आउन पाएका छैनन्। घरमा आएको बेलामा पनि सोसियल डिस्ट्यान्स राख्दै परिवारसँग भेटेर गफ गरे ।
उनले बिबिसी हिन्दीलाई भने' म सबैलाई नियम पालना गर्न आग्रह गर्न चाहन्छु। घरमा बस्दा नियम पालना गर्नुस् कुनै समस्या भए अस्पताल आउनुस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।