• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रेस्क्यू र हतियारधारी पक्राउ गर्न ल्याइएको मेसिन लकडाउनमा प्रभावकारी

64x64
नारायण अधिकारी बुधबार, चैत १९, २०७६  ११:२९
1140x725

काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई नेपाल प्रहरीले अहिले हातैले च्याप्प समात्दैन। सुरुका दिनमा हातैले समाते पनि लकडाउन भएको दुई/तीन दिनपछि भने प्रहरीले मेसिनमार्फत नियन्त्रणमा लिँदै आएको छ। 

यसरी मान्छेलाई पक्राउ गर्न प्रहरीले ल्याएको मेसिनको नाम हो- मल्टिफंसनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस।

नेपाल प्रहरीले प्रयोगमा ल्याएको यो मेसिन कोरोना भाइरसका संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न भनेर ल्याएको भने होइन। र, यो एकाएक अहिले नै आएको पनि होइन।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीका अनुसार यो मेसिन आजभन्दा तीन वर्षअघि नै नेपाल प्रहरीले विशेष प्रयोजनाका लागि भनेर ल्याएको थियो। 

तर यी मेसिन प्रयोगमा भने आएका थिएनन्। अहिले एकाएक प्रयोगमा आएको देखिएकाले कोरोना भाइरस संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न ल्याइएको होला विमर्श हुनु स्वभाविक हो।

के प्रयोजनाका लागि ल्याइएको थियो?
विशेषगरी २०७२ सालमा भूकम्प गएपछि यसप्रकारको मेसिनको आवश्यकता महसुस गरिएको थियो। भूकम्पमा घर भत्किएर बीचमा च्यापिएर अड्केका मान्छे बाहिर निकाल्न सुरक्षाकर्मीलाई निकै असहज भएको थियो। सुरक्षाकर्मी त्यो चेपमा छिर्न नै गाह्रो र जोखिम थियो। त्यसबेला नेपालमा उद्दारमा खटिएका विदेशी सुरक्षाकर्मीले समेत यसप्रकारको मेसिनमार्फत च्यापिएका मान्छेको उद्दार र शव निकाल्ने गरेका थिए।

त्यस्तै प्रयोजनाका लागि भनेर त्यसपछि नेपाल प्रहरीले यो मेसिन भित्र्याएको थियो। त्यही मेसिन नै अहिले कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न प्रयोग गरिएको हो। 

अहिलेको अवस्थामा यो मेसिनको प्रयोग निकै प्रभावकारी रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा डिआइजी विश्वराज पोखरेल बताउँछन्।

Ncell 2
Ncell 2

‘कोरोना संक्रमण फैलिन सक्ने भएकाले प्रहरीले पनि आफू जोगिदै सोसल डिस्टान्स कायम गर्दै मान्छेहरु नियन्त्रण गर्नु पर्ने अवस्थामा यो मेसिन निकै प्रभावकारी भएको छ’, पोखरेलले भने, ‘प्रहरीमा यदि संक्रमण रहेछ भने पक्राउ पर्ने सर्वसाधारणमा पनि नसर्ने भयो। सर्वसाधारणबाट पनि प्रहरीलाई नसर्ने भयो।’

यो मेसिन त्यसबेला विशेषत दुई वटा कामका लागि ल्याइएको थियो।

पहिलो, कुनै पनि संदिग्ध व्यक्ति पक्राउ गर्नुपर्ने छ। तर उ छुरा, खुकरीजस्ता धारिलो हतियार बोकेर बसेको छ। र, पक्राउ गर्न जाँदा प्रहरीलाई आक्रमण गर्ने सम्भावना छ भने यो मेसिनको प्रयोग गरेर मान्छे पक्राउ गरिन्छ।

दोस्रो, गुफा तथा खोँचमा मान्छे फसेको वा च्यापिएको छ तर सुरक्षाकर्मीले मात्रै उद्दार गर्न सम्भव छैन भने यो मेसिनको सहयताले उद्दार गर्न सहज हुन्छ। यिनै प्रयोजनका लागि प्रहरीले यो मेसिन भित्र्याएको हो।

तर अहिले विश्वभर माहामारीको रुपमा लिएको कोरोना भाइरसको संक्रमणबाट जोखिन यही मेसिनमार्फत प्रहरीले पक्राउ गर्न थालेको छ। बोगटी भन्छन्, ‘यसबाट पक्राउ गर्ने सुरक्षाकर्मी पनि सुरक्षित हुने भए। सोसल डिस्टान्स पनि कामय हुने भयो। यो निकै प्रभावकारी भएको छ।’

हेडक्वाटरमा थन्काएर राखेको ६ वटा मेसिन ल्याएर काठमाडौं प्रहरीले सुरुमा काम गरेको थियो। यो निकै प्रभावकारी भएपछि थप तीन वटा मेसिन ल्याएर काम गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाका मान्छेको बढी चाप हुने क्षेत्रका वृत्तहरुलाई अहिले यो डिभाइस उपलब्ध गराइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।

के छ यसको विशेषता?
प्रहरीले प्रयोगमा ल्याएको मल्टिफंसनल मेसिन ३ मिटर लामो छ। तर यसलाई आवश्यकता अनुसार यसभदा छोटो पनि बनाउन मिल्छ। अर्थात्, यो मेसिन फोल्ड गर्न मिल्ने किसिमको छ। 

यसले अटोमेटिक स्वीचमार्फत काम गर्छ। स्वीचमार्फत तै फोल्ड हुने, स्वीचमार्फत नै चोक खुल्ने र मान्छे पक्राउ गरिसकेपछि चोक लक हुने गर्छ।

यसरी चोक खुल्ने र च्याप्ने काम स्प्रीङमार्फत हुन्छ। मान्छेलाई नियन्त्रणमा लिएपछि दायाँबाँया चहलपहल गर्न सक्दैन। त्यसपछि प्रहरीले आफूले चाहेको ठाउँमा धकेलेर लान सक्छन्।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ११:२९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
झापा–५ बाट ओलीको नाम एकल सिफारिस शनिबार, पुस १९, २०८२
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सर्वत्र आलोचनापछि रास्वपाको समानुपातिक सूचीबाट धमाधम नाम फिर्ता लिँदै, को–को हुन् नाम फिर्ता लिनेहरु? शनिबार, पुस १९, २०८२
रास्वपाको बन्दसूचीबाट सचिन ढकालले पनि फिर्ता लिए उम्मेदवारी शनिबार, पुस १९, २०८२
अमेरिकी डलरको भाउ निरन्तर उकालो शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्