Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारलाई थाहै छैन, देशमा कति आइसियू छन्, कति भेन्टिलेटर!

कल्पना पौडेल मंगलबार, चैत १८, २०७६  १७:५०
1140x725

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने रोग (कोभिड-१९)का संक्रमित बिरामी फेला परेपछि सरकारले देशभर लकडाउन गरेको छ। कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भनेर लकडाउन भएको एक सता भइसकेको छ।

तर, लकडाउनको एक साता बितिसक्दा पनि सरकारसँग नेपालका अस्पतालहरुमा कति आइसियू र भेन्टिलेटर छन् भन्ने कुनै जानकारी नै छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बल्ल आफू माताहतका सरकारी अस्पतालसँग कति संख्यामा आइसियू र भेन्टिलेटर छ भन्ने विवरण संकलन गर्न सुरु गरेको छ। तर, सोमबार साँझसम्म पनि मन्त्रालयले सरकारी अस्पतालमा कति आइसियू र भेन्टिलेटर छन् भन्ने जानकारी दिन सकेको छैन।

नेपालमा हालसम्म पाँच जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी चारजना भने अस्पतालमा उपचाररत छन्। संक्रमण देखिएकामध्ये दुई जना काठमाडौंभित्रका छन् भने बाँकी दुई जना उपत्यका बाहिरका।

अहिलेसम्म संक्रमण देखिएका सबै विदेशबाट नेपाल आएकाहरु मात्र छन्। तर, संक्रमित देखिएका पाँचमध्ये दुई जना भने सार्वजनिक यातायातमा धेरै स्थानमा पुगेका कारण संक्रमण फैलिने खतरा बढेको छ। यसका साथै पछिल्लो समय लगातार रुपमा देखिएका चार जना संक्रमित आएको विमानमा धेरै यात्रु रहेका र उनीहरु पनि धेरै स्थानमा पुगिसकेका कारण जोखिम बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको नियिमत ब्रिफिङका क्रममा बताएका छन्।

सरकारले उनीहरुको निगरानी सुरु गरिसकेको छ। तर, अझै पनि उनीहरुको सम्पर्कमा आएकाहरु सबैको विवरण भने संकलन गरेर परीक्षण लगायतका प्रक्रिया अगाडि बढाउन सफल भएको छैन।

संक्रमण फैलिएका देशबाट आएका थुप्रै नेपाली देशका विभिन्न स्थानमा पुगिसकेका छन्। उनीहरु क्वारेन्टाइनमा बसेका छैनन् भन्ने विषय पनि बाहिर आइरहेका छन्।
यस्तो अवस्थामा नेपालमा कोरोनाको संक्रमण बढ्न सक्ने र धेरै जना संक्रमित हुने खतरा रहेको भन्दै विज्ञहरुले परीक्षणलाई अगाडि बढाउन र कन्ट्याक्ट ट्रेसिङ गर्न सुझाब दिइरहेका छन्।

विज्ञहरुका अनुसार संक्रमण फैलिँदै जाँदा भोलीका दिनमा धेरै संक्रमितलाई आइसियू र भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै देशभरका अस्पतालमा त्यसको उचित व्यवस्था गर्न पनि सुझाब दिइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, अस्पतालहरुको नियमन गर्ने र अनुगमन गर्ने स्वास्थ्य मन्त्रालयलाई नै नेपालका अस्पतालमा आइसियू र भेन्टिलेटरको संख्या, कति चलिरहेका छन्, कति बिग्रिएका छन्? त्यहाँ कति जनशक्ति छन्? लगायतका विषयमा जानकारी नै छैन।

कति आइसियू र भेन्टिलेरटर छन्?
अहिलेसम्म देखिएका संक्रमितको अवस्था सामान्य भएकाले पनि उनीहरुलाई आइसोलेसनमा मात्र राखेर उपचार भइरहेको छ। तर, भोली देखिनसक्ने संक्रमित गम्भीर खालका भए भने उनीहरुलाई आइसियू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयले यही कुरालाई मध्यनजर गरेर होला ढिलै भए पनि देशभर २ सय ३५ वटा आइसियू थप गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा मात्र १ सय २० आइसियू थप गर्नेसहित एक हजार बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जनाएको छ।

तर लकडाउनको एक साता हुँदासम्म पनि मन्त्रालयले आफू अन्तर्गतकै सरकारी अस्पतालमा कति आइसियू र भेन्टिलेटर छ भन्ने विषयमा बेखबर छ।

Xtrem

Xtrem

सरकारी अस्पतालमा कति आइसियू र भेन्टिलेटर छन्, कति चालु छन् लगायतका विषयमा कुनै अध्ययन नै नगरी हचुवाका भरमा अहिले देशभर २ सय ३५ आइसियू थप्ने निर्णय भएको मन्त्रालयका एक कर्मचारी बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशभर सानाठूला गरी १ सय २२ सरकारी अस्पताल छन्। त्यसमध्ये १५ वेडदेखि जिल्ला तहसम्मका गरी ८५ अस्पताल छन्। ती सबै अस्पतालमा गरी कहाँ कति शय्याका आइसियू, भेन्टिलेटर र जनशक्ति छन् भन्ने एकिकृत तथ्यांक संकलन भएर आउने क्रममा छ।

स्वास्थ्य मन्त्रालयबाट आइसियू र भेन्टिलेटरको तथ्यांक नआएपछि स्वास्थ्यखबरले विभिन्न अस्पताल, संघसंस्था र तथ्यांकहरु संकलन गर्ने प्रयास गरेको छ। जसअनुसार भरतपुर, भेरी, धौलागिरी, हेटौंडा, हुम्ला, जनकपुर, कर्णाली, कटारी, कोशी, लुम्बिनी, महाकाली, मध्यपश्चिमाञ्चल, नारायणी, राप्ती प्रादेशिक, सगरमाथा, सेती, डडेलधुरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ९६ वटा आइसियू भेन्टिलेटर रहेको तथ्यांक फेला परेको छ। यो संख्या केही पुरानो भएकाले केही तलमाथि हुन सक्ने स्वास्थ्य सेवा विभागका एक कर्मचारीले जानकारी दिए।

नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले केही समय काठमाडौंका ५० शय्याभन्दा माथिका अस्पतालमा रहेको आइसियू र भेन्टिलेटरको संख्याबारे सर्वे गरेको थियो। सोसाइटीका महासचिव डा हेमराज पनेरुका अनुसार काठमाडौंका ४६ वटा अस्पतालमा फोन सर्वे भएको थियो । जसमा निजी र सरकारी समेत गरेर काठमाडौंका ५० शय्याभन्दा माथिका अस्पतालमा जम्मा ४८० वटा आइसियू वेड रहेको पाइएको छ। जसमध्ये झण्डै वेड  चाहिँ सरकारी अस्पतालहरुमा छन। भेन्टिलेटरको संख्या झण्डै २६० रहेको उनले जानकारी दिए।

उनले सर्वेका क्रममा निजी अस्पतालमा आइसियू र भेन्टिलेटरको संख्या धेरै देखिएको बताए। उक्त सर्वेमा सबैभन्दा धेरै सहिद गंगालाल हृदय केन्द्रमा ३५ आइसियू वेड र २० भेन्टिलेटर रहेको पाइएको थियो। त्यसैगरि निजामती अस्पतालमा ७ आइसियू र ५ भेन्टिलेटरको व्यवस्था छ।

स्वास्थ्यखबरले जिज्ञासा राख्दा वीर अस्पतालले ३२ आइसियू  र १६ भेन्टिलेटर भएको जानकारी दिएको छ। जसमा १० वेडको आइसियू कोरोना संक्रमणका बिरामीको उपचारका लागि तयार गरिएको हो।

स्वास्थ्यका क्षेत्रमा कलम चलाउँदै आएका दिपक महतले विभिन्न अस्पतालका बायोमेडिकल इन्जिनियर र टेक्निसियनहरुलाई सम्पर्क गरेर संकलन गरेको तथ्यांक अनुसार  राष्ट्रिय ट्रमा सेन्टरमा १०, टिचिङ अस्पतालमा २२, कान्ति बाल अस्पतालमा २२, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २२, भक्तपुर अस्पतालमा २, प्रसुति गृहमा ९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा १३, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३ (कोरोना लक्षित गरी थप ५), लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ८, सेती प्रादेशिक अस्पतालमा १ वटा भेन्टिलेटर रहेका छन्।

किन चाहिन्छ आइसियू र भेन्टिलेटर?
कोरोना भाइरसका संक्रमित देखिन थालेसँगै निजी अस्पतालले ज्वरो बिरामी हेर्न आनाकानी गरिरहेका छन्। यस्तो अवस्थामा भोलीका दिनमा कोरोना संक्रमितको स‌ख्या धेरै देखिएमा सरकारी अस्पतालमा चाप बढ्ने देखिन्छ। सरकारी अस्पतालमा हाल ज्वरो क्लिनिक सञ्चालन भइसकेका छन्। शंकास्पद व्यक्तिको ल्याब परीक्षण गरिएको छ। उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ।

चिकित्सकहरुका अनुसार कोरोना संक्रमण देखिएका सबै बिरामीलाई आइसियू वा भेन्टिलेटर आवश्यक पर्दैन। संक्रमणका कारण गम्भिर अवस्थामा पुगेका बिरामीलाई मात्र आइसियूमा राख्नुपर्ने हुनसक्छ। 

हालसम्म नेपालमा देखिएका संक्रमितलाई आइसियूको आवश्यता परेको छैन।

कोरोनाका गम्भीर बिरामीलाई सास फेर्न समस्या हुने, शरीरमा अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या हुने देखिएको अवस्थामा भेन्टिलेटरको आवश्यकता पर्दछ।

नेप्लिज सोसाइटी अफ त्रिटिकल केयर मेडिसिनका महासचिव डा हेमराज पनेरुका अनुसार सिकिस्त र गम्भीर प्रकृतिका बिरामीलाई राखेर उपचार गर्ने ठाउँ आइसियू हो।

उनी भन्छन,‘सबै आइसियूमा उपचार गर्नुपर्ने बिरामीलाई भेन्टिलेटर चाहिँदैन, जो बिरामीलाई सास फेर्न गह्रो भएको छ, आफैं सास फेर्न सक्दैन भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ।’

हब अस्पताल र आइसोलेसनको तयारी
सरकारले देशभरका २५ अस्पताललाई कोरोना संक्रमितको हब अस्पतालको रुपमा  तयार गर्न १० लाखका दरले हरेक अस्पताललाई बजेट निकासा गरेको जनाएको छ। मन्त्रालयले ती अस्पताललाई त्यहाँको आइसियू, भेन्टिलेटरको अवस्था, बेड संख्याबारे गत साता विवरण मागेको छ। 

‘हामीले विवरण पठाउन पत्राचार गरेका छौं, केही विवरण आयो केही आउनेक्रममा छ। सबैको विवरण आयो भने एकमुष्ट  संख्या थाहा पाउन सकिएला,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘धेरै अस्पतालले आइसियू र भेन्टिलेटरको विवरण नपठाएर आइसोलेसन वार्डको मात्र तथ्यांक पठाएकाले पनि समस्या परेको छ।’

मन्त्रालयले पछिल्लो समय कोरोना भाइरससँग सम्बन्धित सबै विवरण आफैंले दिने भन्दै कर्मचारीलाई सुचना दिन कडाई गरेको छ। त्यसैले पनि यो विषयमा काम गरेका कर्मचारीले नाम सार्वजनिक हुने डरले सुचना दिन डराइरहको अवस्था छ।

कतिपय हब अस्पतालले आइसोलेसन, आइसियू र भेन्टिलेटरको व्यवस्था भएपनि शंकास्पद बिरामीको नमुना लिएर परीक्षण  गर्नका लागि पठाउन समस्या भएको बताएका छन्।

मेची अस्पतालका मेसु डा पिताम्बर ठाकुरले भने,‘हामीसँग एउटा भेन्टिलेर छ, त्यसैले ३ वेडको आइसियू चलाइरहेका छौं, मुख्य समस्या लिइएको नमुना पठाउनका लागि भएको छ। धरानमा परीक्षण सुरु भएको छ। अब भने स्वाबको नमुना पठाउन केही सहज हुन्छ।’

उनले कोरोना भाइरसको रोकथाम र उपचारका लागि ८ वटा आइसोसेलन वेड सञ्चालनमा ल्याएको र त्यसलाई २० वेड बनाउने तयारी गरेको बताए।

कस्तो छ एम्बुलेन्सको अवस्था?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सका लागि स्वीकृती दिने गर्छ। नेपालमा अस्पतालको मात्र होइन विभिन्न संघसंस्थाका पनि एम्बुलेन्स सञ्चालनमा छन्।

मन्त्रालयका अनुसार  आर्थिक वर्ष ०७५/७६ सम्ममा दुई हजार ३९७ एम्बुलेन्स नेपालमा दर्ता भएका छन्। तर, तीमध्ये कति सञ्चालनमा छन् र कति बिग्रिएका छन् भन्ने बारे पनि जानकारी छैन।

आर्थिक वर्ष ०७५/७६मा नेपालमा ३ सय ५७, ०७४/७५मा २ सय ८२, ०७३/७४ मा २सय १४, ०७२/७३मा १ सय ६१ र ०७१/७२ मा १ सय ४ एम्बुलेन्स नेपाल भित्रिएका थिए।

दुई हजार ३९७ एम्बुलेन्समध्ये कति नेपाल सरकारको मातहतमा र कति निजी अन्तरगत सञ्चालनमा छन् भन्नेबारेमा पनि स्वास्थ्य मन्त्रालयसँग तथ्यांक छैन।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्