काठमाडौं– सरकारले बैशाख १ गतेदेखि लागू हुने गरी भिजिट नेपाल २०२० को सचिवालय खारेज गर्ने निर्णय गरेको छ। सरकारले मार्च र अप्रिल महिनाको लागि भन्दै भिजिट नेपाल २०२० स्थगन गर्ने निर्णय गरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालय सचिव केदार बहादुर अधिकारीले ट्विटरमार्फत बैशाख १ गतेबाट सचिवालय विघटन हुने जानकारी दिएका हन्।
सरकारले भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजकमा सुरज वैद्यको नियुक्तिसँगै वैद्यले केशरमहलमा सचिवालय खोलेको थिए।
सचिवालयलाई सरकारले चालू आवमा मात्रै ६७ करोड बजेट दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।