• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा पनि रोकिएन सीमा क्षेत्रमा आवागमन

घर आएर लुक्नेलाई प्रहरीको सहयोगमा क्वारेन्टाईनमा पठाईदै
64x64
दिनेश शर्मा सोमबार, चैत १७, २०७६  १२:३२
1140x725

राजविराज–कोरोना भाईरसको संक्रमणले माहामारीको रुप लिन थालेपछि चैत ११ गतेदेखि सरकारले पहिलो चरणको लकडाउन घोषणा गर्‍यो। लगत्तै भारतले पनि २१ दिन लामो लकडाउन घोषणा गरेको छ। तर, अहिले पनि नेपाल–भारत सीमा क्षेत्रमा मानिसको आवागमन रोकिएको छैन।

रोजगारीका लागि लामो समयदेखि भारतमा रहेका सप्तरीको कञ्चनरुप नगरपालिका ४ का ३० वर्षीय पुरुषोत्तम सिंह शनिबार राति घर आए। उनी न त स्वास्थ्य जाँच गर्न गए, न कसैसँग समन्वय नै गरे। कोरोना भाईरसका कारण चौतर्फी त्रास फैलिरहेका बेला उनी घरमै बसेको जानकारीपछि स्वास्थ्यकर्मीको टोली उनको घर पुग्यो र तत्कालै क्वारेन्टाईनमा राखेर निगरानी सुरु गरेको छ।

सिंहमात्र होईन, तीन दिनभित्र घर आएका ७ जनालाई कञ्चनरुप नगरपालिकाले क्वारेन्टाईनमा राखेर निगरानी सुरु गरेको नगरपालिकाका स्वास्थ्य संयोजक डम्वर गुप्ताले बताए।

राति–राति घर आउने र लुकेर बस्न थालेपछि नगरपालिकाले पछिल्लो समय घरमै पुगेर त्यस्ता ब्यक्तिलाई क्वारेन्टाईनमा पुर्‍याउने गरेको छ भने सूचना नै जारी गरेर त्यस्ता ब्यक्तिले अनिवार्य क्वारेन्टाईनमा बस्न  सूचित गरेको उनले जानकारी दिए । ‘लकडाउन अघि आएकाभन्दा पनि लकडाउन सुरु भएपछि घर आउनेका कारण अहिले नागरिक असुरक्षित छन्’ उनले भने, ‘सुटुक्क घर आउने र लुकेर बस्ने गरेका छन्। छिमेकीसम्मलाई उनीहरु आएको जानकारी हँुदैन।’

घर आएका ब्यक्तिलाई फर्काउन नमिले पनि अनिवार्य रुपमा १४ दिन क्वारेन्टाईनमा राख्ने निर्णय अनुसार हाल सातै जनालाई नगरपालिकाले क्वारेन्टाईनमा राखेको उनले जानकारी दिए । ‘कतिपयलाई वोलाएर राख्यौ, नमान्नेलाई प्रहरी लगाएर ल्याएका छौं,’गुप्ताले भने।

लकडाउन सुरु हुनुअघि घर आएकालाई पनि होम क्वारेन्टाईनमा राखिएको नगरपालिकाले जनाएको छ। कोरोना भाईरसको संक्रमण सुरु भएपछि घर आएका ७४ जनालाई हाल होम क्वारेन्टाईनमा राखिएको गुप्ताले जानकारी दिए। ‘हामीले उनीहरुको सम्पुर्ण विवरण राखेका छौं र निगरानी पनि गरिरहेका छौं’ उनले भने, ‘अवस्था हेरेर उनीहरुलाई वोलाउन वा अन्यत्र पठाउनु परे पनि हामी तयारी अवस्थामा छौं।’

यसबाहेक सप्तरीका अन्य स्थानीय तहले पनि भारतलगायत अन्य मुलुकबाट आएका नागरिकको पहिचान र उनीहरुको निगरानी गर्ने काम सुरु गरेका छन् । ९ नगरपालिकासहित १८ वटै स्थानीय तहमा रहेका त्यस्ता ब्यक्तिको पहिचान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । ‘हामीले आफनो संयन्त्र प्रयोग गरेर बाहिरवाट आएका ब्यक्तिको वारेमा जानकारी संकलन गरिरहेका छौं’ उनले भने, ‘अब स्थानीय तहसँग पनि समन्वय गरेर उनीहरुको तथ्यांक संकलन गरी निगरानीमा राख्ने योजना छ ।’

जिल्लाभरि विभिन्न क्वारेन्टाईनमा रहेकाहरुको सोमबारसम्म र अन्यका हकमा स्थानीय तहको समन्वयमा तथ्यांक संकलन गर्ने यादवले वताए। ‘जिल्ला सुरक्षा समितिको बैठकबाट स्थानीय तहलाई त्यस विषयमा आग्रह गर्ने योजना छ’, उनले भने।

nimb
nimb

बााहिरबाट आएकाहरुलाई निगरानी गर्न थालेकै कारण क्वारेन्टाईनमा हरेक दिन संख्या थपिदै गएको उनले स्पष्ट पारे । आईतबार दिउँसोसम्म विभिन्न क्वारेन्टाईनमा गरी सप्तरीमा ८ महिलासहित १ सय २९ जना रहेको यादवको भनाइ छ। आईतबार वोदेवरसाईन नगरपाकिलामा ६ र तिरहुत गाउँपालिकाको क्वारेन्टाईनमा १ जना थप भएका छन्। शनिबारसम्म क्वारेन्टाईनमा ८ महिलासहित १ सय २२ जना थिए ।

अलपत्र परेका ५० जनाको उद्दार
लकडाउनका कारण अलपत्र परेका ५० जना नेपाली नागरिकलाई प्रहरीले उद्दार गरेको छ ।

विराटनगर, ईटहरी, राजविराज लगायत विभिन्न स्थानवाट घर हिडेका तर लकडाउनका कारण बाटोमै अलपत्र परेकालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले उद्दार गरेको हो ।

सर्लाहीका ३८, रौतहटका ४, बाराका ४ र सिरहाका ४ गरी ५० जनालाई उद्दार गरी ना १ क ६२६७ नं. को ट्रिपरमार्फत सर्लाहीको लालबन्दीसम्म पु¥याईएको जिल्ला प्रहरी  कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

स्थानीय तहसँग समन्वय गरी उनीहरुलाई खाजा÷नास्ता पनि खुवाईएको भारतीले वताए । 
 

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १२:३२
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्