काठमाडौं- नेपाल परिवार दल केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एन्जेडा मिल्ने दलसँग सहकार्य गर्ने निर्णय गरेके छ।
बैठकलले प्रस्तावित उम्मेदवारको नाम असोज २० गतेभित्र केन्द्रमा पेश गर्न सबै जिल्ला समन्वयन समितिलाई निर्देशन समेत दिएको छ। बैठकले आवश्यकता अनुसार सहकार्यका लागि विभिन्न दलसँग छलफल गरी राष्ट्रिय हित र पार्टीको हितलाई केन्द्रमा राखी उपयुक्त निर्णय गर्न दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाललाई अधिकार दिने निर्णय गरेको प्रवक्ता सन्तोषकुमार पौडेलले जानकारी दिए।
बैठकले नेपालको संविधानको मर्म अनुसार सबै तहमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी संवैधानिक व्यवस्था गर्नु उपयुक्त हुने निर्णय गरेको छ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दलका उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा महामन्त्री विनोद डाँगीको हस्ताक्षर हुने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।