• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

दुर्गममा स्वास्थ्यकर्मी : पिठ्यूँमा ‘स्पिकर’ बोकेर कोरोनाबारे सचेतना 

महेश न्यौपाने आइतबार, चैत १६, २०७६  १३:४७
1140x725

रोल्पा- कोरोना भाइरस (कोभिड १९) को गति यस्तो छ कि, थाहा छैन यो कुनबेला कहाँ पुग्छ। यसबाट जोगिने अहिलेसम्म एउटै मात्र उपाय छ-सचेत हुने। सहरमा सञ्चारको सुविधा र सामाजिक सञ्जालकै सही सूचनाले पनि धेरैले के गर्न हुन्छ र के हुँदैन भन्ने बुझिरहेकै छन्। तर दुर्गम गाउँको अवस्था त्यस्तो छैन। 

स्थानीयहरु रोजगारीका लागि खाडीका देशदेखि, भारत तथा काठमाडौंका ईंटा भट्टासम्म पुगेका रोल्पा लुंग्री गाउँपालिकामा भने सचेतनाको स्तर अहिले फेरिएको छ। कोरोना भाइरसको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने यहाँका बासिन्दाले हरेक दिन सहि सूचना सुनिरहेका छन्। 

त्यसमा विशेष बनेका छन्- लुंग्री गाउँपालिका-१ पाङमा रहेको स्वास्थ्य चौकीका अहेब दामोदर पुलामी। 

बिहान उठ्नेवित्तिकै उनी पिठ्यूमका स्पिकर बोकेर कोरोनाबारे सचेत रहन माइकिङ गर्दै हिँड्न सुरु गर्छन्। मोटरसाइकल चल्ने केही बाटोमा भने उनलाई वडाअध्यक्ष मोति पुनले साथ दिन्छन्। हिँड्नुपर्ने बाटोमा उनी एक्लै निस्किन्छन्।

बिहान निस्किएका उनी ११ बजे भने स्वास्थ्य चौकी नै पुग्छन्। त्यहाँ उपचारका लागि आएका रहेकलाई उसैगरी कोरोना भाइरसबारे बताउँछन्। सचेत र सुरक्षित रहन आग्रह गर्छन्। दिउँसो ३ बजेसम्म स्वास्थ्यचौकीमा काम गरेपछि बेलुका ८ बजेसम्म उनी उसैगरी स्पिकर बोकेर गाउँ डुल्छन्।  

दाङको घोराही उपमहानगरपालिका घर भएका दामोदर रोल्पामा स्वास्थ्य सेवाको लागि खटिएको पनि १० वर्ष पुगिसक्यो। उनी २०६७ सालमा अहेब पदमा स्थायी नियुक्ति पाएर रोल्पाको दुर्गममध्येको एक साविकको गाम गाविसमा खटिएका थिए। गामबाट बुढागाउँ हुँदै उनी अहिले पाङ स्वास्थ्य चौकीमा कार्यरत छन्। 

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको बेलामा मात्रै होइन यसअघि पनि दामोदरले स्वास्थ्यकर्मीले चाहेमा जनताको जीवन फेरिन सक्छ भन्ने उदाहरण दिइरहेकै थिए। 

कोरोनाको जोखिम यहाँ छ, यहाँ छैन भन्न सक्ने स्थिति अहिले छैन। चीनको वुहानबाट सुरु भएको भाइरसले विश्व भ्रमण गरिसक्यो। त्यस्तो जोखिममा रोल्पाका गाउँसम्म पनि परेकै छन्। त्यसैले त दामोदर जस्ता स्वास्थ्यकर्मी दिन रात नभनी त्यसको जोखिम कम गर्न सूचना प्रवाहमा खटिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिलेको आवश्यकताअनुसार नै चेतनामूलक कार्यक्रम संचालन गरिरहेका छौँ, हाम्रो स्वास्थ्य चौकीको सेवाक्षेत्र भित्रका ठूलो संख्यामा मानिसहरु रोजगारीका लागि खाडी, भारत तथा काठमाडौँसम्म पुगेकाले र उनीहरु भर्खरै गाउँ फर्किरहेकाले पनि यहाँ जोखिम बढी छ’ दामोदरले सुनाए। 

‘साविकका सबै वडामा यातायातको सुविधा छैन। यातायातको सुविधा भएको वडामा वडाध्यक्ष मोति पुनले सघाउनुहुन्छ, सडक नपुगेको ठाउँहरुमा स्पिकर बोकेर म एक्लै निस्कन्छु’, दामोदर भन्छन्, ‘साविकको ३ नम्बर वडामा एक जना स्वास्थ्यकर्मी खटाएका छौँ,  उहाँले त्यहाँ बसेर सचेत बनाउन सूचना दिनुहुन्छ, बाँकी वडामा म आफै पुगिरहेको छु।’

साविकाको पाङ गाविस ठूलो भौगोलिक क्षेत्र र दुर्गम भएकाले एउटा वडाबाट अर्को वडामा जान घण्टौं समय लाग्छ।  

दामोदरले स्वास्थ्य सेवाको सुरुवात गरेको रोल्पाको गाम गाविस सदरमुकाम लिवाङबाट २८ कोषको दुरीमा पर्छ। उनी त्यहाँ पुग्दा जिल्ला स्वास्थ्य कार्यालयले आफ्ना सबै स्वास्थ्य संस्थाहरुको कार्यसम्पादनका आधारमा बर्सेनी स्तर निर्धारण गर्दा गामको स्वास्थ्य चौकी ५१औँ नम्बरमा थियो। 

जिल्लाकै सबैभन्दा पुछारमा रहेको स्वास्थ्य संस्थामा काम गर्नु दामोदरका लागि चुनौतीपूर्ण काम बनेको थियो। मगर खामभाषी जनताको बसोबास रहेको गामका अधिकांश महिलाले नेपाली खस भाषा राम्रोसँग बुझ्दैन थिए। दामोदर खाम भाषा नबुझ्ने। समस्या सञ्चारमा नै परिदियो। 

यतिसम्म कि असार साउनको बर्खे बिदामा विद्यालय बन्द हुँदा स्वास्थ्य चौकीसमेत बन्द गर्ने चलन जस्तो भएको थियो। त्यसरी स्वास्थ्य संस्था नै बन्द गर्नु राम्रो नभएको भन्दै दामोदरले सबै समय स्वास्थ्य चौकी खुला राख्न सुरु गरे। हरेक महिनाको १५ गते स्वास्थ्य  संस्थामा मात्रै संचालन हुँदै आएको खोप सेवा थप पाँच वटा केन्द्रमा विस्तार गरे। 

दामोदरले नै तत्कालिन गाविससँग समन्वय गरेर एक जना अनमी भर्ना गरी सुरक्षित मातृत्व कार्यक्रम सुरु गरे। २०६९ सालमा गाम गाविसलाई जिल्लाकै पहिलो पूर्ण खोपयुक्त  गाविसको रुपमा घोषणा गर्न सफल भए। जिल्ला विकास समितिसँग समन्वय गरेर वर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य संस्थामा प्रसुती गर्ने कामको थालनी गरे। गाम स्वास्थ्य चौकीमा सुरक्षित मातृत्व शून्य प्रतिशत थियो, उनले गरेको पहल स्वारुप उनी त्यहाँ रहँदा सुरक्षित मातृत्व ३४ प्रतिशत पुगेको थियो। उनले काम गरेको चार वर्षमा गाम स्वास्थ्य चौकीको स्तर २१ औं तहमा उक्लियो।

दामोदरले केही समय रोल्पाको सुगम भनिएको बुढागाउँ स्वास्थ्य चौकीमा काम गरे। लगत्तै पुनः अर्को दुर्गम गााविसमा रहेको स्वास्थ्य चौकी पठाइयो, रोल्पाको पाङ स्वास्थ्य चौकी।

उनी पाङ स्वास्थ्य चौकी आउँदा अवस्था पहिलेको गाम स्वास्थ्य चौकीको जस्तै थियो। अधिकांश वडामा आमा समूह गठन भएका थिएनन्। भएका पनि कागजमा सीमित थिए। एकाघरका धेरै सदस्य समावेश गरेर आमा समूह गठन गरिएको थियो। 

जिल्ला स्वास्थ्य कार्यालयमा प्रगती विवरण बुझाउनका लागि मात्रै गठन गरिएका ती आमा समूहहरु निस्कृय थिए। दामोदरले नै सबै वडाहरुमा आमा समूह गठन गरे। त्यसपछि पनि मौसमी बसाईंसराइले संस्थागत प्रसूती, पूणै खोप, गर्भवती जाँच र सरसफाइका काममा निकै चुनौती थियो। 

त्यसबेला आर्थिक वर्ष ०७०/०७१ मा पाँच जना मात्रै संस्थागत सुत्केरी भएको थियो। प्रसुती सेवाको कुनै कार्यक्रम र प्रचार प्रसार थिएन। सक्नेले स्वास्थ्यकर्मी घरमै बोलाएर प्रसुती सेवा लिन्थे। सेवा लिए वापत स्वास्थ्यकर्मीलाई पैसा दिनु पर्ने चलन थियो। 

दामोदर त्यहाँ पुगेपछि घरमा नै प्रस्तुति गराउने काम पूर्ण रुपमा बन्द गरेर संस्थागत प्रसुतीलाई प्रवद्र्धन गरे। पाङ स्वास्थ्य चौकीमा रहेको पाँच प्रतिशत संस्थागत सुत्केरीलाई निकै बढाए। पाङ अहिले पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भइसकेको छ। यस्तै राम्रा कामको निरन्तरतका कारण उनले २०७६ साल पुसमा पाङलाई संस्थागत प्रसुतीयुक्त वडा घोषणा गराउन सफल भएका थिए।

पहिले त गर्भवती जाँचको अवस्था पनि उस्तै थियो। आर्थिक वर्ष ०७०/०७१ मा तीन जना गर्भवतीले मात्रै नियमानुसार चार पटक गर्भजाँच गराएका थिए । अघिल्लो आर्थिक वर्षमा गर्भवती रहेका १५४ जना सबैले जाँच  गराएकाले पाङ स्वास्थ्य संस्थाले पूर्ण संस्थागत प्रसुती गराउन सफल भएको थियो।

दामोदरले नै बालविवाह न्यूनीकरणका लागिसमेत अभियानको थालनी गरे। घरभित्रको धुँवामुक्त गाविस घोषणाका लागि सुधारिएको चुल्हो कार्यक्रम, पूर्ण सरसफाइ जस्ता कार्यक्रम निरन्तर संचालन भइरहेका छन्। 

तर अहिले ती सबै कार्यक्रम थाँति राखेर उनी कोरोना सचेतनामा लागिपरेका छन्। सरसफाइमा ध्यान दिने र एकआपसमा दुरी बनाएर सजग रहन गाउँलेलाई भनिरहेका छन्। 
 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १३:४७
  • ##coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्