• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

दुर्गममा स्वास्थ्यकर्मी : पिठ्यूँमा ‘स्पिकर’ बोकेर कोरोनाबारे सचेतना 

महेश न्यौपाने आइतबार, चैत १६, २०७६  १३:४७
1140x725

रोल्पा- कोरोना भाइरस (कोभिड १९) को गति यस्तो छ कि, थाहा छैन यो कुनबेला कहाँ पुग्छ। यसबाट जोगिने अहिलेसम्म एउटै मात्र उपाय छ-सचेत हुने। सहरमा सञ्चारको सुविधा र सामाजिक सञ्जालकै सही सूचनाले पनि धेरैले के गर्न हुन्छ र के हुँदैन भन्ने बुझिरहेकै छन्। तर दुर्गम गाउँको अवस्था त्यस्तो छैन। 

स्थानीयहरु रोजगारीका लागि खाडीका देशदेखि, भारत तथा काठमाडौंका ईंटा भट्टासम्म पुगेका रोल्पा लुंग्री गाउँपालिकामा भने सचेतनाको स्तर अहिले फेरिएको छ। कोरोना भाइरसको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने यहाँका बासिन्दाले हरेक दिन सहि सूचना सुनिरहेका छन्। 

त्यसमा विशेष बनेका छन्- लुंग्री गाउँपालिका-१ पाङमा रहेको स्वास्थ्य चौकीका अहेब दामोदर पुलामी। 

बिहान उठ्नेवित्तिकै उनी पिठ्यूमका स्पिकर बोकेर कोरोनाबारे सचेत रहन माइकिङ गर्दै हिँड्न सुरु गर्छन्। मोटरसाइकल चल्ने केही बाटोमा भने उनलाई वडाअध्यक्ष मोति पुनले साथ दिन्छन्। हिँड्नुपर्ने बाटोमा उनी एक्लै निस्किन्छन्।

बिहान निस्किएका उनी ११ बजे भने स्वास्थ्य चौकी नै पुग्छन्। त्यहाँ उपचारका लागि आएका रहेकलाई उसैगरी कोरोना भाइरसबारे बताउँछन्। सचेत र सुरक्षित रहन आग्रह गर्छन्। दिउँसो ३ बजेसम्म स्वास्थ्यचौकीमा काम गरेपछि बेलुका ८ बजेसम्म उनी उसैगरी स्पिकर बोकेर गाउँ डुल्छन्।  

दाङको घोराही उपमहानगरपालिका घर भएका दामोदर रोल्पामा स्वास्थ्य सेवाको लागि खटिएको पनि १० वर्ष पुगिसक्यो। उनी २०६७ सालमा अहेब पदमा स्थायी नियुक्ति पाएर रोल्पाको दुर्गममध्येको एक साविकको गाम गाविसमा खटिएका थिए। गामबाट बुढागाउँ हुँदै उनी अहिले पाङ स्वास्थ्य चौकीमा कार्यरत छन्। 

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको बेलामा मात्रै होइन यसअघि पनि दामोदरले स्वास्थ्यकर्मीले चाहेमा जनताको जीवन फेरिन सक्छ भन्ने उदाहरण दिइरहेकै थिए। 

कोरोनाको जोखिम यहाँ छ, यहाँ छैन भन्न सक्ने स्थिति अहिले छैन। चीनको वुहानबाट सुरु भएको भाइरसले विश्व भ्रमण गरिसक्यो। त्यस्तो जोखिममा रोल्पाका गाउँसम्म पनि परेकै छन्। त्यसैले त दामोदर जस्ता स्वास्थ्यकर्मी दिन रात नभनी त्यसको जोखिम कम गर्न सूचना प्रवाहमा खटिएका छन्। 

Ncell 2
Ncell 2

‘अहिलेको आवश्यकताअनुसार नै चेतनामूलक कार्यक्रम संचालन गरिरहेका छौँ, हाम्रो स्वास्थ्य चौकीको सेवाक्षेत्र भित्रका ठूलो संख्यामा मानिसहरु रोजगारीका लागि खाडी, भारत तथा काठमाडौँसम्म पुगेकाले र उनीहरु भर्खरै गाउँ फर्किरहेकाले पनि यहाँ जोखिम बढी छ’ दामोदरले सुनाए। 

‘साविकका सबै वडामा यातायातको सुविधा छैन। यातायातको सुविधा भएको वडामा वडाध्यक्ष मोति पुनले सघाउनुहुन्छ, सडक नपुगेको ठाउँहरुमा स्पिकर बोकेर म एक्लै निस्कन्छु’, दामोदर भन्छन्, ‘साविकको ३ नम्बर वडामा एक जना स्वास्थ्यकर्मी खटाएका छौँ,  उहाँले त्यहाँ बसेर सचेत बनाउन सूचना दिनुहुन्छ, बाँकी वडामा म आफै पुगिरहेको छु।’

साविकाको पाङ गाविस ठूलो भौगोलिक क्षेत्र र दुर्गम भएकाले एउटा वडाबाट अर्को वडामा जान घण्टौं समय लाग्छ।  

दामोदरले स्वास्थ्य सेवाको सुरुवात गरेको रोल्पाको गाम गाविस सदरमुकाम लिवाङबाट २८ कोषको दुरीमा पर्छ। उनी त्यहाँ पुग्दा जिल्ला स्वास्थ्य कार्यालयले आफ्ना सबै स्वास्थ्य संस्थाहरुको कार्यसम्पादनका आधारमा बर्सेनी स्तर निर्धारण गर्दा गामको स्वास्थ्य चौकी ५१औँ नम्बरमा थियो। 

जिल्लाकै सबैभन्दा पुछारमा रहेको स्वास्थ्य संस्थामा काम गर्नु दामोदरका लागि चुनौतीपूर्ण काम बनेको थियो। मगर खामभाषी जनताको बसोबास रहेको गामका अधिकांश महिलाले नेपाली खस भाषा राम्रोसँग बुझ्दैन थिए। दामोदर खाम भाषा नबुझ्ने। समस्या सञ्चारमा नै परिदियो। 

यतिसम्म कि असार साउनको बर्खे बिदामा विद्यालय बन्द हुँदा स्वास्थ्य चौकीसमेत बन्द गर्ने चलन जस्तो भएको थियो। त्यसरी स्वास्थ्य संस्था नै बन्द गर्नु राम्रो नभएको भन्दै दामोदरले सबै समय स्वास्थ्य चौकी खुला राख्न सुरु गरे। हरेक महिनाको १५ गते स्वास्थ्य  संस्थामा मात्रै संचालन हुँदै आएको खोप सेवा थप पाँच वटा केन्द्रमा विस्तार गरे। 

दामोदरले नै तत्कालिन गाविससँग समन्वय गरेर एक जना अनमी भर्ना गरी सुरक्षित मातृत्व कार्यक्रम सुरु गरे। २०६९ सालमा गाम गाविसलाई जिल्लाकै पहिलो पूर्ण खोपयुक्त  गाविसको रुपमा घोषणा गर्न सफल भए। जिल्ला विकास समितिसँग समन्वय गरेर वर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य संस्थामा प्रसुती गर्ने कामको थालनी गरे। गाम स्वास्थ्य चौकीमा सुरक्षित मातृत्व शून्य प्रतिशत थियो, उनले गरेको पहल स्वारुप उनी त्यहाँ रहँदा सुरक्षित मातृत्व ३४ प्रतिशत पुगेको थियो। उनले काम गरेको चार वर्षमा गाम स्वास्थ्य चौकीको स्तर २१ औं तहमा उक्लियो।

दामोदरले केही समय रोल्पाको सुगम भनिएको बुढागाउँ स्वास्थ्य चौकीमा काम गरे। लगत्तै पुनः अर्को दुर्गम गााविसमा रहेको स्वास्थ्य चौकी पठाइयो, रोल्पाको पाङ स्वास्थ्य चौकी।

उनी पाङ स्वास्थ्य चौकी आउँदा अवस्था पहिलेको गाम स्वास्थ्य चौकीको जस्तै थियो। अधिकांश वडामा आमा समूह गठन भएका थिएनन्। भएका पनि कागजमा सीमित थिए। एकाघरका धेरै सदस्य समावेश गरेर आमा समूह गठन गरिएको थियो। 

जिल्ला स्वास्थ्य कार्यालयमा प्रगती विवरण बुझाउनका लागि मात्रै गठन गरिएका ती आमा समूहहरु निस्कृय थिए। दामोदरले नै सबै वडाहरुमा आमा समूह गठन गरे। त्यसपछि पनि मौसमी बसाईंसराइले संस्थागत प्रसूती, पूणै खोप, गर्भवती जाँच र सरसफाइका काममा निकै चुनौती थियो। 

त्यसबेला आर्थिक वर्ष ०७०/०७१ मा पाँच जना मात्रै संस्थागत सुत्केरी भएको थियो। प्रसुती सेवाको कुनै कार्यक्रम र प्रचार प्रसार थिएन। सक्नेले स्वास्थ्यकर्मी घरमै बोलाएर प्रसुती सेवा लिन्थे। सेवा लिए वापत स्वास्थ्यकर्मीलाई पैसा दिनु पर्ने चलन थियो। 

दामोदर त्यहाँ पुगेपछि घरमा नै प्रस्तुति गराउने काम पूर्ण रुपमा बन्द गरेर संस्थागत प्रसुतीलाई प्रवद्र्धन गरे। पाङ स्वास्थ्य चौकीमा रहेको पाँच प्रतिशत संस्थागत सुत्केरीलाई निकै बढाए। पाङ अहिले पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भइसकेको छ। यस्तै राम्रा कामको निरन्तरतका कारण उनले २०७६ साल पुसमा पाङलाई संस्थागत प्रसुतीयुक्त वडा घोषणा गराउन सफल भएका थिए।

पहिले त गर्भवती जाँचको अवस्था पनि उस्तै थियो। आर्थिक वर्ष ०७०/०७१ मा तीन जना गर्भवतीले मात्रै नियमानुसार चार पटक गर्भजाँच गराएका थिए । अघिल्लो आर्थिक वर्षमा गर्भवती रहेका १५४ जना सबैले जाँच  गराएकाले पाङ स्वास्थ्य संस्थाले पूर्ण संस्थागत प्रसुती गराउन सफल भएको थियो।

दामोदरले नै बालविवाह न्यूनीकरणका लागिसमेत अभियानको थालनी गरे। घरभित्रको धुँवामुक्त गाविस घोषणाका लागि सुधारिएको चुल्हो कार्यक्रम, पूर्ण सरसफाइ जस्ता कार्यक्रम निरन्तर संचालन भइरहेका छन्। 

तर अहिले ती सबै कार्यक्रम थाँति राखेर उनी कोरोना सचेतनामा लागिपरेका छन्। सरसफाइमा ध्यान दिने र एकआपसमा दुरी बनाएर सजग रहन गाउँलेलाई भनिरहेका छन्। 
 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १३:४७
  • ##coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्