• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस नियन्त्रणमा किन उदाहरण बन्दैछ दक्षिण कोरिया? 

64x64
नेपाल लाइभ आइतबार, चैत १६, २०७६  ०७:५६
1140x725

एजेन्सी–दक्षिण कोरियाको राजधानी सोलको एक अस्पताल पछाडी कार पार्किङबाट आफ्नो कार निकाल्दै ४५ वर्षीय रशेल किम बाहिरिए। उनी एक सातादेखि यो अस्पतालमा फ्लुको बिरामी भएर  जाँचका लागि धाइरहेका छन्। उनी अघिल्लो हप्ता काम विशेषले थेगु गएका थिए। थेगु दक्षिण कोरियाको यस्तो क्षेत्र हो, जहाँ कोरोना भाइरसको सन्त्रास छ। त्यहाँबाट फर्केलगत्तै रशेललाई खोकी लाग्यो र ज्वरो आयो । 

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको समयमा उस्तै लक्षण आफूमा देखा परेपछि उनी आत्तिदै अस्पताल पुगे। कारोना भाइरसको आशंका मेटाउन उनी अस्पतालमा एक पटक जचाउँ न त भन्दै पुगेका थिए। 

कोरोना भाइरस केन्द्रमा  टाउकादेखि खुट्टासम्म सेतो पहिरन लगाएका स्वास्थ्यकर्मी हुन्छन्। उनीहरुले हातमा उच्चस्तरको पञ्जा, आँखामा चस्मा र मुखमा सर्जिकल मास्क लगाउनु अनिवार्य छ । यीमध्ये एकले रशेललाई स्वाब स्टिक दिन्छन्। त्यसलाई मुखमा राखेर रशेलले नमुना निकाल्छन्। त्यसलाई दोस्रो व्यक्तिले सुरक्षित रुपमा ल्याबमा पठाउन लैजान्छन्। यो पहिलो परीक्षण थियो। दोस्रो परीक्षण योभन्दा कठिन हुने गर्दछ ।

यसका लागि नाकबाट बगेको पानी भित्रवाट झिकिन्छ। यति गर्दासम्म उनी आँखाबाट आँशु झारिसक्छन् । डेढ मिनेटको उक्त नमुना संकलन पुरा हुन्छ । यसपछि उनी कार पार्किङ एरियावाट झिकेर बाहिर निस्कन्छन् । यो जाँचको नमुना पोजेटिभ आएमा उनलाई अस्पतालले खबर गर्ने छ भने नेगेटिभ आएमा एउटा म्यासेजमात्र पठाउनेछ। 

नेगेटिभ प्रेशर रुम

दक्षिण कोरियामा दैनिक २० हजार मानिसको कोरोना जाँच गरिन्छ। यो नमुना परीक्षण विश्वकै धेरै मध्येको आँकडा हो । उनी पार्किङबाट बाहिर निस्केको केही समयमा नमुना परीक्षणका लागि ल्यावमा पठाइन्छ । यस्तो ल्याबमा २४ सै घन्टा काम भइरहेको हुन्छ ।

कोरोना भाइरसका कारण  दक्षिण कोरियाले उच्चस्तरीय ल्याब तयार गरेको छ । दक्षिणा कोरियाले ९६ वटा सरकारी र निजी ल्याब निर्माण गरेर काम गरिरहेको छ। स्वास्थ्य अधिकारीका अनुसार यसबाट पीडितहरुको ज्यान बचाउन सफल हुने छ। 

दक्षिण कोरियामा कोरोना भाइरसवाट मर्नेको संख्या ०.७ प्रतिशत मात्र  छ। विश्व स्वास्थ्य संगठनले जारी गरेको दर हेर्दा विश्वमा ३.४ प्रतिशत मानिसकोे मृत्यु संक्रमणका कारण भएको छ । वैज्ञानिकहरुले योभन्दा उच्च दर रहेको दाबी गर्दै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बीबीसी संवाददाता पुुग्दा डा योह येजिङ ल्यावका नमुना परीक्षण गरिरहेका थिए। उनले सवै क्षेत्रमा घुमाए, तर एउटा कोठामा प्रवेश निषेध गरेको जानकारी गराए । उक्त कोठाको नाम नेगेटिभ प्रेसर रुम हो। यसैमा मानिससँग लिइएको स्वाब टेष्ट गरिन्छ । उक्त रुममा भित्र दुई डाक्टर काम गरिरहेका थिए । उनीहरुले पहेँलो रंगको सुरक्षा कवच लगाएका थिए। यसवरपर दर्जनौँ मेसिनहरु काम गरिरहेका आवाज प्रष्ट सुनिन्थ्यो। मेसिनमार्फत् उनीहरु नमुना जाँच गरिरहेका थिए। 

टेष्ट¬ट्युबमा नमुना स्टोर गरेपछि परीक्षण गरेर नतिजा आउन पाँचदेखि छ घन्टा लाग्ने हुन्छ ।

प्रोफेसर गे चियोल  कोन ल्याबोरेटरी मेडिसिन फाउन्डेसनका प्रमुख हुन् । यति छिटो दक्षिण कोरियामा ल्याबहरु निर्माण हुनु र परीक्षण भई नियन्त्रणको प्रयास हुनुलाई उनले दक्षिण कोरियाली जीन भएको भन्न रुचाउँछन् । यसलाई कोरियामा ‘बाली बाली’ भन्ने गरिन्छ । बाली एक कोरियाली शव्द हो जसको अर्थ छिटो भन्ने हुन्छ । यसो भन्नुको कारण दक्षिण कोरियाले छिटो टेष्टको समाधान खोज्न सफल भएको भन्ने हो। पूरै दक्षिण कोरियामा प्रयोगशालाको यस्तो नेटवर्क निर्माण भयो  जसले  १७ दिनभित्र काम थालेको थियो ।  ‘हामीले नयाँ संक्रमणसँग लड्न २०१५मै सिकेका हौ जुन समयमा यहाँ सार्स फैलियो’ चियोलले भने । 

पहिला संक्रमितको अनुभवः डराउनुस् तर सावधान हुनुस् 

Xtrem

Xtrem

मानिसहरुको नमुना जम्मा गरिएको छ र तिनको परीक्षण भइरहेको छ । उनीहरुमाथि पनि भ्याक्सिनको परीक्षण गरिएको छ। वैज्ञानिकको एक युनिट यसको खोजीमा लागिरहेको छ। आस गरिएको छ कि निकट भविष्यमै यसको भ्याक्सिन तयार हुने छ।  ली नामा (एक परिवर्तित नाम) हरेक हप्ता रगत जाँच गर्न जान्छन् । उनी चीनको वुहानमा काम गर्दथे ।  

डिसेम्बर महिनामा उनी कोरिया आएका थिए। जब यो भाइरस चीनमा सुरु भएर विश्वभर फैलियो, दक्षिण कोरिया सरकारले उनलाई देश फिर्ता ल्यायो। परीक्षण गरिँदा उनमा पोजेटिभ देखियो । यो सुनेर उनकी आमा निकै दुःखी भइन् । उनी २८ वर्षका थिए र भर्खरमात्र संक्रमित भएका थिए। उनको संक्रमण सरुवाती अवस्थामा थियो । उनमा  कोरोना भाइरसको कुनै पनि लक्षण देखिएको थिएन । केही समयदेखि सुख्खा खोकी भने लागिरहेको थियो। 

‘मेरो अनुभव भन्नुपर्दा तपाईं आफै सचेत हुने हो धेरै डराउनु पर्ने अवस्था होइन,’ लीले भने, ‘ममा भाइरसको लक्षण तीव्र थिएन तर उमेर घर्केका मानिसले ज्यादा सावधानी अपनाउन जरुरी छ उनीहरुलाई धेरै खतरा हुने रहेछ ।’ युवाहरुले धेरै डराउनेुभन्दा सावधानी अपनाउनु पर्ने उनको सुझाव छ। 

कोरोना भ्याक्सिनको तयारी

जुन समयमा मार्सको प्रकोप फैलियो दक्षिण कोरियामा ३६ जनाले ज्यान गुमाए । ती ३६ जनाको मृत्युले दक्षिण कोरियाले संक्रमणसँग लड्ने उपयोगी तरिका सिक्न सफल भयो । यही संक्रमणसँगै दक्षिण कोरिया आफ्नो दृष्टिकोण बदल्न सफल भयो । दक्षिण कोरियाको सेन्टर फर डिजिज  कन्ट्रोल विभागको स्थापना नै भयो। यस्ता संक्रमणविरुद्ध यही विभागले काम गर्न थाल्यो। जब कोरोना भाइरसले विश्वभर आतंक मच्चाउन सुरु ग¥यो, तव दक्षिण कोरियाले यही विभागलाई सक्रिय बनायो।

‘सुरुवाती संक्रमित मानिसको पहिचान गरेर उनीहरुकोे सही जाँच र त्यसपछि आइसोलेसनमा राखेर मृत्युदरलाई रोक्न सकिन्छ । त्यसैबाट यो भाइरस प्रसारलाई नियन्त्रण गर्न सकिन्छ ’ प्रोफेसर ओहोले भने। 

सुरुवाती समयमा कोरियामा एक जनामा यो देखिएको थियो । उसलाई ‘विरामी ३१’ नाम दिइयो । यी महिला कुनै ठाउँमा गएको ट्राभल हिस्ट्री थिएन ।  न उनी कुनै शंकास्पद कसैको सम्र्पकमा गएकी थिइन्।  तर उनमा कोरोना पोजेटिभ देखियो। उनी शिन्चेओंजी चर्च अफ जिसससँग जोडिएकी थिइन्। यस धार्मिक समुदायमा दुई लाख मानिस छन्। यो एक जानकारीले नै यहाँको कोरोना भाइरस फैलने स्रोतको खोजीका लागि जानकारी दियो। अहिलेको अवस्था पहिलाको भन्दा निकै नियन्त्रणमा रहेको डा ओहको तर्क  छ । सुरुवातमा यहाँको ल्यावले २४ घन्टा नै सेवा दिएको र अहिले केही आराम मिलेको उनको अनुभव छ ।

सवैका लागि रोल मोडल 

दक्षिण कोरियामा परीक्षण किट्सको कुनै कमि छैन। चार कम्पनीलाई यो किट्स बनाउने जिम्मा दिइएको छ । दक्षिण कोरियामा जुन परीक्षण भइरहेको छ त्यो ९० प्रतिशत प्रमाणित भएको प्रो कोनको दाबी छ। यति कम समयमा यति धेरै मात्रामा मानिसको परीक्षण गर्ने क्षमता र योग्यता अन्य देशका लागि रोल मोडलको रुपमा स्थापित हुने उनको तर्क छ । तर यसबीचमा सबै राम्रो मात्र नभएर केही गल्ती भने भएको उनको तर्क छ। थेगुमा दुई संक्रमित बिरामीले अस्पतालको पर्खाइमै ज्यान गुमाउन वाध्य भएको नमिठो उदाहारण कोरियासँग रहेको उनले बताए। सुरुवातमा जस–जसमा संक्रमण देखिएको थियो ती बिरामीलाई अस्पतालमै क्वारेन्टाइनमा राखिएको थियो । 

तर अहिले डाक्टरहरुले सही तरिका अपनाएका छन्। कोरोना भाइरसको कम संक्रमित भएका मानिसलाई घरमै क्वारेन्टाइनमा राख्ने र जसमा अधिक मात्रामा छ उनलाई अस्पतालमा राख्ने । जसका कारण अस्पतालमा वेड अभाव हुने समस्या समाधान भएको उनको अनुभव छ । कोरिया नेशनल मेडिकल सेन्टरका  डा किम योनका अनुसार सवैको एकै पटक उपचार सम्भव नहुने भएकाले कम भएकालाई घरमै राख्ने र धेरै संक्रमितलाई अस्पतालमा राखेर उपचार गरिनु नै उत्तम विकल्प हो। यो रणनीति आवश्यक परेमा परिर्वतन पनि हुनुपर्ने उनको तर्क छ ।

रशेलको रिपोर्ट के आयो?

रशेल किमको टेस्टपछि भोलिपल्ट उनको रिपोर्ट आयो। रशेलको मोवाइलमा ल्याबले गरेको परीक्षणमा उनी नेगेटिभ सूचीमा परे। उक्त प्रतिवेदन हेरेपछि उनी ढुक्क र खुसी छन्। 

बीबीसी हिन्दीवाट अनुवाद गरिएको हो । 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्