काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपालमा कोरोना भइरसबाट संक्रमितको संख्या पाँच पुग्यो, बेल्जियमबाट कतार हुँदै आएकी संक्रमित युवती बागलुङ जिल्लाकी, एउटै फ्लाइटका दुई युवतीमा देखियो संक्रमण । (नेपालमा भेटिए पाँचौ संक्रमित)
२) नेपाल एयरलाइन्सको वाइडबडी कोरोना परीक्षणका लागि आवश्यक सामग्री लिनका लागि चीन प्रस्थान, रातको करिब १ बजे नेपाल फर्किने पर्यटनमन्त्री भट्टराईको भनाइ । (नेपाल एयरलाइन्स चीन प्रस्थान)
३) संकटमा सहयोग गर्न निजी क्षेत्रलाई नेकपा अध्यक्ष प्रचण्डको अपिल, श्रमजिवीको खाद्यन्न व्यवस्थापनमा आवश्यक राहत विशेष प्याकेज निर्माण गर्न सरकारलाई आग्रह । (प्रचण्डको अपिल)
४) कोरोना भाइरसका कारण रोकिएको विश्व फुटबलमा अझ कठीन परिस्थितिहरु आउने संभावना, प्रिमियर लिगमा ‘केही अप्ठ्यारो निर्णय लिनुपर्ने अवस्था आएको’ भन्दै संयुक्त विज्ञप्ती जारी । (प्रिमियर लिगमा अप्ठ्यारो निर्णय हुँदै)
५) र, संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोरोना भाइरसबाट संक्रमित, सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेको राष्ट्रसंघले दियो जानकारी । (राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।