एजेन्सी- कोरोना भाइरसका कारण स्पेनमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या हालसम्मकै सबैभन्दा धेरै भएको छ। शनिबारमात्रै स्पेनमा कोरोना संक्रमणबाट ८ सय ३२ जनाको मृत्यु भएको हो।
योसँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। स्पेनमा कोरोना भाइरसका कारण अहिलेसम्म ५ हजार ६ सय ९० जना पुगेका छन् भने संक्रमितको संख्या ७२ हजार २ सय ४८ पुगेको छ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा पहिलो नम्बरमा इटाली रहेको छ भने त्यसपछि स्पेन रहेको छ। अहिले इटालीमा आपतकालीन अवस्था लागू भएको छ। १२ अप्रिलसम्म यो अवस्था जारी रहने सरकारको निर्णयमा उल्लेख छ।
पसल, व्यापारिक प्रतिष्ठान र आम मानिसको गतिविधीमा कडा प्रतिबन्ध लगाइएको छ। अस्पताल , सफाइका कर्मचारी र सेनामात्र जिम्मेवारीमा खटिइरहेका छन्। स्पेनमा पनि अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा उपकरण अभाव भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।