काठमाडौं- कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको छ। चीनको वुहान सहरबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १७७ भन्दा बढी देशमा फैलिएको छ। गत डिसेम्बरमा चीनबाट देखिन सुरू गरेको कोरोनाको संक्रमण अहिले ६ लाखभन्दा बढी मानिसमा देखिइसकेको छ।
भाइरसको संक्रमण सुरु भएको १८ हप्तासम्म ३ लाख संक्रमित थिए। अहिले पछिल्लो एकै हप्तामा ३ लाख संक्रमित बढेर संक्रमितको संख्या ६ लाख १८ हजार ४३ पुगिसकेको छ। विश्वभर अहिलेसम्म २८ हजार ८ सय २२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ भने करिब साढे एक लाख मानिस निको भएर घर फर्किसकेका छन्।
कोरोनाका कारण इटालीमा सबैभन्दा धेरै ९ हजार १ सय ३४ को मृत्यु भइसकेको छ भने ८६ हजार बढी संक्रमित भएका छन्। यसैगरी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पाइएको छ। त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।