काठमाडौं- सरकारले लकडाउनको घोषणा गरेसँगै विभिन्न देशबाट नेपाल भ्रमणमा आई अलपत्रमा परेका १ सय ३६ विदेशी नागरिकलाई पोखराबाट काठमाडौं ल्याइएको छ।
पोखरामा श्रीले ४ वटा उडान गर्ने भने पनि दुईवटा उडान‚ यती एयरको एउटा उडानबाट विदेशी नागरिकको उद्धार गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजन पोखरेलले जनाकारी दिए।
पोखराबाट विदेशी नागरिकसँगै ५ जना नेपालीलाई पनि काठमाडौं ल्याइएको छ। श्रीले ४ वटा उडान मार्फत २ सय ८० जना पर्यटक उद्धार गर्ने भनिएपनि नेपाल पर्यटन बोर्डले विभिन्न स्थानमा अलपत्र परेको विदेशी नागरिक जम्मा पर्न नसक्दा ४ उडानमध्ये दुईवटा मात्रै उडान भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।